अनुचित व्यापारिक क्रियाकलाप गर्ने सात कम्पनी तथा फर्मलाई काठमाडौं महानगरको कारबाही
काठमाडौं । काठमाडौं महानगरपालिकाले बितेको साढे तीन महिनामा अनुचित व्यापारिक क्रियाकलाप गर्ने व्यापारी तथा व्यवसायीहरुलाई नौ लाख ६० हजार रुपैयाँ जरिबाना तिराएको छ । खानेकुरामा स्वच्छताको पहलका लागि महानगरले शुरु गरेको अभियानमा चार महिनामा ७ वटा कम्पनी तथा फर्मलाई कारबाही गरेको महानगरको कृषि तथा पशुपन्क्षी विभागका प्रमुख एवम् खाद्य निरीक्षक डा अवधेश झाले जानकारी दिनुभयो ।
डा झाका अनुसार शिलबन्दी पानीमा कीरा र लेउ भेटिएपछि त्रिकोण वेभरेज इन्डष्ट्री ९बालाजु० ले १ लाख रुपैयाँ जरिबाना तिरेको छ । यसैगरी पेय पदार्थमा ढुसी भेटिएपछि कालिञ्चोक ट्रेडिङ् नेपाल ९पुतली सडक० ले १ लाख ५० हजार जरिबाना तिरेको छ । टिपटप समोसा पसलमा बिग्रिएको दूधवरी बिक्री गरेको अवस्थामा पाइएपछि २ लाख रुपैयाँ, बरुण वेभरेजलाई पेय पदार्थमा अखाद्य वस्तु भेट्टाएपछि २ लाख रुपैयाँ जरिबाना तिराइएको झाले बताउनुभयो ।
यस्तै भीम स्टोरलाई म्याद सकिएका बियर आपूर्ति गरेकोले २ लाख रुपैयाँ, भृकुटीमण्डपको पीजी खाजा घरलाई समोसामा साङ्ला भेटिएपछि १० हजार रुपैयाँ, र बुढानीलकण्ठको पशुपति स्प्रिङ् वाटरलाई खानेपानीमा कीरा र लार्भा भेटिएकोले १ लाख रुपैयाँ जरिबाना गरिएको हो ।
महानगरको अनुगमन टोलीले साउनदेखि अहिलेसम्ममा ४३ दिन अनुगमन गरेको अनुगमन टोलीका सम्पर्क व्यक्ति पुष्कर खड्काले जानकारी दिनुभयो । महानगरले अनुगमन सम्बन्धी जानकारी दिन आयोजना गरेको बैठकमा तिहारमा प्रयोग गरिने भाइ मसला, मिठाइ, फलफूल, जुसजस्ता खाद्य वस्तुमा हुन सक्ने मिसावट तथा अनुचित लाभ रोक्नु पर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा काठमाण्डौ महानगरपालिकाकी उपप्रमुख एवम् बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलले बजारमा अनुचित क्रियाकलाप गर्ने, मूल्य, गुणस्तर, नाप तौलमा उपभोक्तालाई ठगी गर्ने तथा कृतिम अभाव सिर्जना गर्ने व्यापारीलाई जरिबाना गर्नुपर्ने तर त्यसबेला कसुरका आधारमा कारबाही गर्नुपर्ने बताउनुभयो ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











