अनुचित व्यापारिक क्रियाकलाप गर्ने सात कम्पनी तथा फर्मलाई काठमाडौं महानगरको कारबाही
काठमाडौं । काठमाडौं महानगरपालिकाले बितेको साढे तीन महिनामा अनुचित व्यापारिक क्रियाकलाप गर्ने व्यापारी तथा व्यवसायीहरुलाई नौ लाख ६० हजार रुपैयाँ जरिबाना तिराएको छ । खानेकुरामा स्वच्छताको पहलका लागि महानगरले शुरु गरेको अभियानमा चार महिनामा ७ वटा कम्पनी तथा फर्मलाई कारबाही गरेको महानगरको कृषि तथा पशुपन्क्षी विभागका प्रमुख एवम् खाद्य निरीक्षक डा अवधेश झाले जानकारी दिनुभयो ।
डा झाका अनुसार शिलबन्दी पानीमा कीरा र लेउ भेटिएपछि त्रिकोण वेभरेज इन्डष्ट्री ९बालाजु० ले १ लाख रुपैयाँ जरिबाना तिरेको छ । यसैगरी पेय पदार्थमा ढुसी भेटिएपछि कालिञ्चोक ट्रेडिङ् नेपाल ९पुतली सडक० ले १ लाख ५० हजार जरिबाना तिरेको छ । टिपटप समोसा पसलमा बिग्रिएको दूधवरी बिक्री गरेको अवस्थामा पाइएपछि २ लाख रुपैयाँ, बरुण वेभरेजलाई पेय पदार्थमा अखाद्य वस्तु भेट्टाएपछि २ लाख रुपैयाँ जरिबाना तिराइएको झाले बताउनुभयो ।
यस्तै भीम स्टोरलाई म्याद सकिएका बियर आपूर्ति गरेकोले २ लाख रुपैयाँ, भृकुटीमण्डपको पीजी खाजा घरलाई समोसामा साङ्ला भेटिएपछि १० हजार रुपैयाँ, र बुढानीलकण्ठको पशुपति स्प्रिङ् वाटरलाई खानेपानीमा कीरा र लार्भा भेटिएकोले १ लाख रुपैयाँ जरिबाना गरिएको हो ।
महानगरको अनुगमन टोलीले साउनदेखि अहिलेसम्ममा ४३ दिन अनुगमन गरेको अनुगमन टोलीका सम्पर्क व्यक्ति पुष्कर खड्काले जानकारी दिनुभयो । महानगरले अनुगमन सम्बन्धी जानकारी दिन आयोजना गरेको बैठकमा तिहारमा प्रयोग गरिने भाइ मसला, मिठाइ, फलफूल, जुसजस्ता खाद्य वस्तुमा हुन सक्ने मिसावट तथा अनुचित लाभ रोक्नु पर्नेमा जोड दिइएको थियो ।
कार्यक्रममा काठमाण्डौ महानगरपालिकाकी उपप्रमुख एवम् बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलले बजारमा अनुचित क्रियाकलाप गर्ने, मूल्य, गुणस्तर, नाप तौलमा उपभोक्तालाई ठगी गर्ने तथा कृतिम अभाव सिर्जना गर्ने व्यापारीलाई जरिबाना गर्नुपर्ने तर त्यसबेला कसुरका आधारमा कारबाही गर्नुपर्ने बताउनुभयो ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












