आयुर्वेदिक औषधी कम्पनीले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनिवार्य पूरा गर्नुपर्ने
काठमाडौँ । अब आयुर्वेदिक औषधी उद्योगले पनि अनिवार्य रूपमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को गुणस्तरसम्बन्धी मापदण्ड (जिएमपी) पूरा गर्नुपर्ने भएको छ । हाल नेपालमा सञ्चालित आयुर्वेदिक औषधी कम्पनीहरूले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पूरा गर्न सकेका छैनन् । नेपालमा ८० वटा आयुर्वेदिक औषधी उद्योग दर्ता भए पनि ५५ वटा कम्पनी सञ्चालनमा रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड गुड म्यानिफ्याक्चरिङ प्राक्टिस ९जिएमपी० लागु भएपछि जडीबुटीजन्य तथा परम्परागत औषधीजन्य उद्योगले समेत अनिवार्य जिएमपी लागु गर्नैपर्ने छ ।
सर्वोच्च अदालतले यसअघि नै परम्परागत तथा आयुर्वेदिक औषधी कम्पनीमा अनिवार्य विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार जिएमपी अनिवार्य गर्न आदेश दिएको छ । नेपालमा सञ्चालित औषधी उद्योगलाई दुई वर्षभित्र जिएमपी प्रक्रियामा आइसक्न सर्वोच्चले आदेश दिएको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा। वासुदेव उपाध्यायले आयुर्वेदिक औषधी उद्योगलाई पनि जिएमपी लागु गराउँदा आयुर्वेदसम्बन्धी औषधी गुणस्तरीय हुने बताउनुभयो । हाल दुई वटा आयुर्वेदिक कम्पनी मात्र विश्व स्वास्थ्य सङ्गठनको जिएमपी मान्यताप्राप्त छन् । औषधी व्यवस्था विभागका आयुर्वेदतर्फका अधिकृत डा। रूपेन्द्र पुरीले सर्वोच्च अदालतले जिएमपीमा जान आदेश दिइसकेकाले सबै आयुर्वेदिक औषधी कम्पनी विश्व स्वास्थ्य सङ्गठनको जिएमपीमा जानुपर्ने बताउनुभयो । विभागले आयुर्वेदिक औषधी कम्पनीका लागि मापदण्ड तयार गरिरहेको जानकारी दिँदै उहाँले अदालतले पनि मापदण्ड बनाएर लागु गर्न निर्देशन दिएकाले मापदण्ड तयार गरेर लागु गर्ने बताउनुभयो । हाल जिएमपी मान्यताप्राप्त आयुर्वेदिक औषधी कम्पनीमा भास्कर हर्बास्युटिकल्स र ग्रेड फर्मास्युटिकल्स मात्र रहेका छन् ।
सर्वोच्चको फैसलामा एलोपेथिक औषधी र परम्परागत औषधीका लागि एउटै मापदण्ड रहेकामा परम्परागत औषधीका लागि डब्लुएचओले जारी गरेको मापदण्ड तयार गरी लागु गराउन भनिएको छ । परम्परागत नयाँ औषधी कम्पनी दर्ता गर्दा जीएमपी मापदण्ड अनिवार्य हुनुपर्ने उल्लेख छ । पुराना आयुर्वेदिक कम्पनीका हकमा भने थप अवधि बढीमा दुई वर्ष तयारीका लागि समय पाउने प्रबन्ध गर्न औषधी व्यवस्था विभागलाई निर्देशन दिएको छ ।
आयुर्वेदिक औषधी उत्पादक सङ्घका अध्यक्ष मानबहादुर साउदले सरकारले आयुर्वेदिक औषधी कम्पनीका हकमा राष्ट्रिय मापदण्ड बनाउनुपर्ने बताउनुभयो । उहाँले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डभन्दा पनि राष्ट्रिय मापदण्ड बनाएर लागु गर्नुपर्नेमा जोड दिनुभयो । साउदले नयाँ आउने आयुर्वेद उद्योगलाई जिएमपी लागु गर्न सर्वोच्चले आदेश दिएको बताउनुभयो । सरकारी खरिद प्रक्रियामा भाग लिनका लागि भने रिट दायर गरेका १० कम्पनीलाई मापदण्ड पुगेको खण्डमा मात्रै सहभागी गराउनु भन्ने आदेश गरेको थियो ।
औषधी व्यवस्था विभागका डा. पुरीका अनुसार नयाँ आयुर्वेद औषधी कम्पनी दर्ता गर्दा अनिवार्य विश्व स्वास्थ्य सङ्गठनको जिएमपी सर्टिफाइड हुनैपर्ने बताउनुभयो । पुराना कम्पनीका लागि जिएमपीमा जानका लागि दुई वर्ष अवधि दिएको उहाँको भनाइ छ । उहाँले आयुर्वेदिक औषधी कम्पनीमा जिएमपी लागु गर्दा आयुर्वेदमा पनि गुणस्तरीय औषधी प्राप्त गर्ने बताउनुभयो ।
गत वर्ष गण्डकी प्रदेश र बागमती प्रदेश सरकारले आयुर्वेदिक औषधी खरिद प्रक्रियामा जिएमपी भएका कम्पनीलाई मात्रै प्रतिस्पर्धामा सहभागी गराउने निर्णय गरेकामा त्यसविरुद्ध १० वटा आयुर्वेदिक तथा परम्परागत औषधी उद्योगले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सर्वोच्च अदालतले सोही मुद्दाको फैसला गर्दै परम्परागत आयुर्वेदिक औषधीमा जीएमपी अनिवार्य लागु गर्न आदेश दिएको थियो ।
अदालतले औषधी खरिद प्रक्रियामा जीएमपी भएकालाई मात्रै सहभागी गराउनसमेत सरकारका नाममा निर्देशनात्मक आदेश दिएको थियो । निर्देशिका अनुसार मन्त्रालयले औषधी खरिद गर्दा गुणस्तरीय जिएमपी सर्टिफाइड वा नेपाल सरकार÷प्रदेश सरकार अन्तर्गतको औषधी उत्पादन केन्द्रसँग मात्रै औषधी खरिद गर्ने र गुणस्तर सुनिश्चित भएपछि मात्र भुक्तानी गर्ने भन्ने निर्देशनात्मक परिपत्र मातहतका निकायलाई गरेको थियो ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












