तीन महिनामा विदेशी मुद्रा सञ्चिति ६.७ प्रतिशतले वृद्धि
काठमाडौं । तीन महिनामा मुलुकको विदेशी मुद्रा सञ्चिति ६.७ प्रतिशतले बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय प्रतिवेदनअनुसार असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको विदेशी मुद्रा सञ्चिति असोज मसान्तसम्म बढेर १६ खर्ब ४३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ ।
सो अवधिमा अमेरिकी डलरमा भने यस्तो सञ्चिति ५.३ प्रतिशतले बढेर १२ अर्ब ३३ करोड डलर पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग १४ खर्ब ३३ अर्ब ३६ करोड रुपैयाँ बराबर छ भने अरु बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ९ अर्ब ७३ करोड रुपैयाँ बराबर छ ।
हालको विदेशी मुद्रा सञ्चितिले अहिलेकै आयातलाई आधार मान्दा १२.४ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
Comments
अरु समाचार
-
रोजगारीका लागि युरोप जानेको संख्या बढ्दो
काठमाडौँ । मध्यपूर्वका देश र मलेसियामा सीमित नेपाली युवाको वैदेशिक रोजगारी युरोपतिर मोडिएको छ । गएको एक वर्षदेखि नेपाली युवाको...
-
एनसेल प्रकरणमा आजियटा र सुनिभेराविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता
काठमाडौं । एनसेलको लगानीकर्ता टेलिया सोनेराले नेपालबाट बाहिरिने क्रममा सरकारलाई पूँजीगत लाभकर तिर्न दिएको ५३ अर्ब २० करोड रुपैयाँ बाँडेर...
-
एनसेल सम्बन्धमा आज सार्वजनिक लेखा समितिमा छलफल हुँदै
काठमाडौं । सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा आज प्रारम्भिक छलफल गर्ने भएको छ । समितिको बैठक दिउँसो २...
-
संस्थाविरुद्ध भ्रामक समाचार सम्प्रेषण गरियोः अध्यक्ष शर्मा, सिवाईसी नेपाल लघुवित्त संस्था
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एक सञ्चारमाध्यमले संस्थाका विरुद्ध भ्रामक समाचार लेखेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको...
-
खाद्य कम्पनीद्वारा चार हजार क्विन्टल धान खरिद
काठमाडौं । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हालसम्म चार हजार क्विन्टल धान खरिद गरेको छ । मङ्सिर ६...
-
नेप्से परिसूचकमा गिरावट: कारोबार रकम एक अर्बभन्दा कम
काठमाडौं । आइतबार सेयर बजारको परिसूचक नेप्से परिसूचकमा गिरावट आएको छ । लामो समय देखि लगातार ओरालो लागि रहेको परिसूचक...
-
सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, प्रतितोला एक लाख २० हजार नाघ्यो
काठमाडौं । स्थानीय बजारमा सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन...
-
अख्तियारमा दाङका १ सय ५८ उजुरी दर्ता, कुन स्थानीय तहमा कति ?
बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दाङका डेढ सयभन्दा बढी उजुरी परेका छन् । मङ्सिर १० गतेसम्मको तथ्याङ्क अनुसार जिल्लाका...
-
हिमालय एयरलाइन्सले चीनको सांघाई सहरमा सिधा उडान सुरु गर्यो
काठमाडौं । हिमालय एयरलाइन्सले चीनको सांघाई सहरमा सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले चीनको ठूलो सहर सांघाईमा आजदेखि नियमित...