भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि
काठमाडौं । फाइनलमा भारतलाई हराउँदै अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकप २०२३ को उपाधि जितेको छ । ओपनर ट्राभिस हेडको शतकप्रेरित अस्ट्रेलियाले फाइनलमा घरेलु टिम भारतलाई ६ विकेटले हराएको हो ।
आइतबार अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा सम्पन्न खेलमा भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो।
अस्ट्रेलियाको जितमा ओपनर हेडले १३७ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हेडको यो पाँचौँ शतक हो । ४७–३ को नाजकु अवस्थामा रहँदा हेडले मानुर्स लाबुसचेज्नसँग चौथो विकेटका लागि १९२ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई जिततर्फ अग्रसर गराएका थिए ।
लाबुसचेज्नले अविजित ११० बलमा चार चौकासहित ५८ रन थपे । त्यसअघि अस्ट्रेलियाले ओपनर डेविड वार्नरलाई सात, स्टिम स्मिथलाई चार र मिचेल मार्सलाई १५ रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो । ग्लेन म्याक्सवेल दुई रनमा अविजित रहे ।
भारतका जसप्रित बुमराहले दुई विकेट लिए । यस्तै, मोहम्मद सिराज र मोहम्मद सामीले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रनको योगफल खडा गरेको थियो ।
अस्ट्रेलियन बलरसामु निरीह देखिएका भारतका ब्याटर खुलेर खेल्न सकेका थिएनन् । भारतका केएल राहुलले १०७ बलमा एक चौकासहित ६६ रन बनाएका थिए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा राहुलको यो १७औँ अर्धशतक हो ।
८१–३ को कठिन अवस्थामा रहँदा राहुलले चौथो विकेटका लागि विराट कोहलीसँग ६७ रनको साझेदारी गर्दै भारतको इनिङ सम्हालेका थिए ।
कोहलीले भारतीय टिमको खातामा ५४ रन थपे । उनले ६३ बलमा चार चौका प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कोहलीको ७२औं अर्धशतक हो ।
ओपनर तथा कप्तान रोहित शर्माले ३१ बलमा चार चौका र तीन छक्कासहित ४७ रन बनाए । सुर्यकुमार यादवले १८ र कुलदीप यादवले १० रन थप्दा अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।
अस्ट्रेलियाका मिचेल स्टार्कले तीन विकेट लिए । १० ओभर बलिङ गरेका स्टार्कले ५५ रन खर्चिए । कप्तान प्याट कुमिन्स र जस हेजलवुडले दुई–दुई विकेट लिँदा ग्लेन म्याक्सवेल र एडम जाम्पाले समान एक विकेट लिए ।
फाइनल प्रवेशका क्रममा सेमिफाइनलमा भारतले न्युजिल्यान्डलाई ७० रनले र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तीन विकेटले हराएको थियो ।
विश्वकपको १३औँ संस्करण समाप्त हुँदा भारत दोस्रोपटक फाइनलमा पराजित भएको हो । यसअघि भारतले सन् २००३ मा पनि फाइनलमा अस्ट्रेलियासँगै हार बेहोरेको थियो ।
दुईपटकको च्याम्पियन भारतले यसअघि सन् १९८३ र २०११ मा विश्वकपको उपाधि जितेको थियो ।
यता, आठौँपटक एकदिवसीय विश्वकपको फाइनलमा प्रवेश गरेको अस्ट्रेलियाले छैटौं पटक उपाधि जितेको हो । प्रतियोगिताको सर्वाधिक सफल टिमसमेत रहेको अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकपको उपाधि जितेको थियो ।
Comments
अरु समाचार
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...












