सर्लाहीमा गाडीले ठक्कर दिँदा छठ बर्तालुको मृत्यु
काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा आज बिहान गाडीले ठक्कर दिँदा एक छठ बर्तालु महिलाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत हरिवनको नोचामा गाडीले ठक्कर दिँदा स्थानीय ५२ वर्षीया लक्ष्मी पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सविण कार्कीले जानकारी दिएका छन् । नोचास्थित छठ घाटमा छठ पूजा गरेर घर फर्किंदै गरेकी पोखरेललाई मधेस प्रदेश–०३–००१ ज ०३४२ नम्बरको गाडीले ठक्कर दिएको हो ।
महिलालाई ठक्कर दिइ चालक भाग्ने क्रममा सोही गाडीको ठक्करबाट सडक सुरक्षार्थ खटिएका ट्राफिक प्रहरी हवल्दार सुबोधकुमार यादव घाइते भएको प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।
बायाँ खुट्टा भाँचिएका हवल्दार यादवलाई उपचारका लागि लालगढ अस्पताल लगिएको छ । सडक छेउमा रोकिराखेको बागमती प्रदेश–०२–०३८ प ०३११ नम्बरको मोटरसाइकललाई समेत सो ठक्कर दिएर क्षति पुर्याएको छ । चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।
Comments
अरु समाचार
-
जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन आजदेखि सुरु
काठमाडौं । जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आजदेखि सुरु गरेको छ । पार्टीको साङ्गठनिक काम कारबाहीलाई अगाडि बढाउन,...
-
रास्वपाको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा आज पनि बस्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आज पनि बस्ने भएको छ ।...
-
एमालेको संकल्प यात्रा कार्ययोजना पारित,अध्यक्ष ओलीले झुलाघाटमा उद्घाटन गर्ने
काठमाडौं । नेकपा एमालेले १४ मंसिरबाट मध्यपहाडी लोकमार्गमा सुरु गर्ने झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको कार्ययोजना पारित गरेको छ...
-
छठले राष्ट्रिय एकता सुदृढ गर्ने प्रधानमन्त्री दाहालको विश्वास
काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन सबैलाई...
-
मिथिला क्षेत्रमा छठ पर्वको रौनक सुरु, आज ‘नहाय–खाय’ विधि गर्दै
काठमाडौं । मिथिला क्षेत्रमा छठ पर्वको रौनक सुरु भएको छ । सूर्यको उपासना गरी मनाइने यस वर्ष अन्तर्गत व्रतालुले आज...
-
प्रधानाध्यापकद्वारा विद्यालयमै झुण्डिएर आत्महत्या
काठमाडौं । गोलबजार नगरपालिका–३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । विद्यालयको...
-
तराईमा आज यमोसा पर्व धुमधामका साथ मनाईदै
काठमाडौं । नवलपुर र चितवनका थारु समुदायले आज यमोसा पर्व धुमधामका साथ मनाउन थालेका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर र...
-
एमालेको मधेस प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै
काठमाडौं । नेकपा (एमाले)को मधेस प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै छ । अधिवेशनको जनकपुरस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा अध्यक्ष...
-
आज देशका केही पहाडी भूभागमा वर्षाको सम्भावना
काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पूर्वी तथा मध्य भागमा बङ्गलादेश र आसपास रहेको न्यून चापीय...