मुलुकको विकास र समृद्धिका लागी झुलाघाट -चिवाभञ्ज्याङ पदयात्राः प्रचार विभाग प्रमुख गौतम
कैलाली । मुलुकको विकास र समृद्धिको लागि एमालेले पदयात्रा गर्न लागेको नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।
कैलालीको धनगढीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले झुलाघाट देखी चिवाभञ्ज्याङ सम्मको पदयात्राले मुलुकमा समृद्धिको थप आधार तय हुने विश्वास व्यक्त गरे । आगामी १४ गते बैतडीको झुलाघाटमा एमाले अध्यक्ष केपी शर्माले उक्त पदयात्राको उद्घाटन गर्ने छन् ।
तीन सातासम्म जारी रहने पदयात्राका क्रममा मध्य पहाडी राजमार्ग क्षेत्रमा अवस्थित विभिन्न ठाउँमा सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाबारे छलफल र अन्तरक्रिया गरिने उनले जानकारी दिए ।
पहाडको विकास नभई देशको विकास सम्भव नभएको भन्दै यस क्षेत्रको विकास गर्न जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय बस्तुमा गहन छलफल गरिने गौतमले बताए ।
‘राष्ट्रिय अभियान हो । १० वटा नयाँ सहरले पहाडी क्षेत्रको समृद्धि तय गर्ने छ’ उनले भने, ’यो अभियानमा हामी युवा विद्यार्थी, प्राज्ञिक व्यक्तित्व, उद्योगी व्यवसायी, किसानहरूसँग गर्छौ र समृद्धिका अन्य पाटाहरू पनि पहिचान गर्छौ ।‘
जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प र त्यसले पारेको प्रभावका विषयमा पनि कर्णाली प्रदेशमा बहस हुने उनले बताए ।
‘चौरजहारीमा भूकम्पले त्यहाँ पारेको प्रभाव, उद्धार, राहत , पुनर्निर्माणको विषयमा अन्तरक्रिया गर्छौ । जनताको पक्षबाट सरकारको ध्यानाकर्षण गराउँछौँ ’पत्रकार सम्मेलनमा गौतमले जानकारी दिए ।
अभियानले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो हुने र आर्थिक पुनर्निर्माणका लागि सम्भावना बढ्ने गौतमले बताए ।
अभियानको पूर्व सन्ध्यामा प्रेस चौतारी नेपालले केन्द्रीय कमिटीको बैठक दार्चुलामा राखेको छ ।
१२ र १३ गते हुने बैठकमा देशभरिका प्रेस चौतारीका नेता कार्यकर्ता उपस्थित भएको भन्दै गौतमले उक्त बैठकले पनि पनि झुलाघाट -चिवाभञ्ज्याङ पदयात्राको महत्त्व बढाउने विश्वास व्यक्त गरे ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको आदेश
काठमाडों । सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी...
-
कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता, मानबहादुर र शेरबहादुरको टोलीलाई उपाधि (तस्बिरहरु)
काठमाडौँ । कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । जस नेपालद्वारा आयोजित प्रतियोगिताको उद्घाटन ललितपुर उच्च अदालत...
-
रास्वपा सभापति लामिछानेले पार्टी सांसदलाई निर्देशन दिँदै भने- गुटबन्दीमा नलाग्नुस्
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिनुभएको छ । आइतबार पार्टीका सांसदहरूका लागि...












