रास्वपाको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा आज पनि बस्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आज पनि बस्ने भएको छ । मधेश प्रदेशको महोत्तरीस्थित जलेश्वरमा सोमबारदेखि संयुक्त बैठक चलिरहेको छ ।
रास्वपाका उपसभापति डिपी अर्यालका अनुसार बैठकमा रास्वपामा पदाधिकारीसहित ३९ केन्द्रीय सदस्य र २१ संसाद सहभागी छन् । यसका साथै संयुक्त बैठकमा पार्टीका प्रदेश सभापतिहरूको सहभागिता छ । सोमबारको बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ ।
प्रदेश सभापतिहरुले सम्बन्धि प्रदेशको राजनीति तथा सांगठनिक अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरेका छन् । सोमबारको बैठकमा सांसदहरुले रिपोर्ट पनि प्रस्तुत गरेका थिए ।
रास्वपाका संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीका अनुसार आज बस्ने बैठकमा सभापति रवि लामिछानेले पार्टीको राजनीति प्रतिवेदन प्रस्ताव पेस गर्ने छन् । बुधबारसम्म चल्ने बैठकमा पार्टीको आर्थिक प्रतिवेदन, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल एवं आवश्यक निर्णय हुने बुर्लाकोटी बताउँछन् ।
Comments
अरु समाचार
-
मधेशका मुख्यमन्त्री यादवले गरे शपथ ग्रहण !
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र...
-
मधेशका नवनियुक्त मुख्यमन्त्रीले आज शपथ ग्रहण गर्दै
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एनपिएल उद्घाटन खेलमा काठमाडौंको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको...
-
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभलाई नियुक्त गर्न सिफारिस, सुमित्रा भण्डारी पदमुक्त
काठमाडौं । सरकारले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभको नाम सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि...
-
कांग्रेस एमालेलाई जिल्याउदै मधेसमा लोसपाका सोनलको मुख्यमन्त्रीमा दाबी पेश
धनुषा । मधेस प्रदेशमा लोसपाका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । कांग्रेस एमालेले सरकार निर्माणको तयारी...
-
मधेसका मुख्यमन्त्री सिंहले आज विश्वासको मत लिने !
काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत प्रयोजनका लागि...
-
वीरगञ्जबाट भन्सार छली गरेको दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद !
काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पर्सा र पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले भन्सार छली गरेर गोदाममा राखेको भन्दै दुई हजार...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...












