रविको राजनीतिक प्रतिवेदन: मध्यावधि हुन सक्छ, तयार बसौं
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०८४ साल अगाडि नै मध्यावधि चुनाव हुन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
महोत्तरीको जलेश्वरमा सम्पन्न केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा सभापति रवि लामिछानेले २०८४ अघि नै मध्यावधि चुनाव हुन सक्ने भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई स्ट्याण्डवाइ रहन निर्देशन दिएका हुन् । उनले भनेका छन्, ‘सरकारको नेतृत्वकर्ता दल नै ०८४ को चुनावमा लागेको छ । सत्तासाझेदार दलका शीर्ष नेताहरु सरकारको कामबाट व्यापक असन्तुष्ट छन् । अर्को चुनावमा गठबन्धन हुँदैन भन्दै ०८४ कै चुनाव ताकिरहेका छन् ।
प्रमुख प्रतिपक्षी दल पनि मिसन ०८४ नै भन्दैछ । अन्य दल पनि ०८४ तिरै हेरिरहेका छन्,’ उनले भनेका छन् । लामिछानेले अगाडी भनेका छन्, ‘सरकारमा सहभागी र प्रतिपक्षी दल समेत मिसन २०८४ मा लाग्नुको मतलव यो संसदबाट काम गर्न नसकिने निष्कर्ष प्रमुख दलहरूको छ,’ मध्यावधि हुन सक्छ । त्यसैले हामी सचेत भएर प्रस्तुत हुन जरुरी छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीमा समावेशितालाई व्यवहारमा लागू गर्न नसकेको स्वीकार गरेका छन् । बैठकमा पारित राजनीतिक प्रतिवेदनमा उनले पार्टीको केन्द्रदेखि वडासम्मको संरचनामा खस–आर्य तथा पुरुषहरुको बाहुल्यता देखिएको र समावेशितालाई व्यवहारमा लागू गर्न नसकेको स्वीकार गरेका हुन् । साथै उनले समावेशितालाई व्यवहारमा लागू गर्न नसक्नु आफुहरुको ठूलो कमजोरी भएको भन्दै यसलाई यसलाई यथाशीघ्र सुधार गर्न आग्रह गरेका छन् ।
‘केन्द्रदेखि वडासम्मको संरचनामा हाम्रो पार्टीमा खस–आर्य तथा पुरुषहरुको बाहुल्यता देखिएकोछ । समावेशितालाई व्यवहारमा लागू गर्न नसक्नु हाम्रो ठूलो कमजोरी हो,’ उनले भनेका छन्, ‘यसलाई यथाशीघ्र सुधार गर्न म सबैमा आग्रह गर्द्छु । जानेर वा नजानेर समावेशितालाई उपेक्षा गर्ने कार्यले लोकतन्त्रको उपहास गर्दछ । आगामी दिनमा यस्तो कमजोरी नहुने प्रतिबद्धता म सबै साथीहरूबाट पनि चाहन्छु ।’
साथै उनले आफ्नो पार्टीको प्रमुख प्राथमिकतामा मधेश प्रदेशलाई राखेका छन् । त्यसैगरि लैंगिक, जातीय, वर्गीय र क्षेत्रीयलगायत सबै प्रकारका संरचनात्मक विभेद अन्त्य गर्न पहलकदमी लिने प्रतिवद्धता जनाएका छन् । साथै उनले शून्य सहनशीलताको नीति लागु गर्ने भन्दै पार्टीका कुनै पनि तह र तप्कामा रहेका कुनै पनि सदस्यबाट विभेदयुक्त व्यवहार गरे त्यो स्वीकार्य नहुने चेतावनी समेत दिएका छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












