लागुऔषध रोकथाम गर्न लालटिन समन्वय डेक्स समिति गठन
काठमाडौं । जुम्लामा लागुऔषध रोकथाम तथा दुरुपयोग हुन नदिन जिल्ला लालटिन समन्वय डेक्स समिति गठन गरिएको छ । कर्णालीमा लालटिन अभियान कार्ययोजना २०८० अन्तर्गत जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश चन्दको संयोजकत्वमा नौ सदस्यीय सो समिति गठन गरिएको प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।
समितिको अन्य सदस्यमा चन्दननाथ नगरपालिका–४ का वडाध्यक्ष नवराज देवकोटा, नागरिक समाजका जिल्ला अध्यक्ष राजबहादुर महत, नेपाल पत्रकार महासङ्घका शाखा अध्यक्ष नेत्रबहादुर शाही, जिल्ला प्रशासन कार्यालयका खरिदार रामकृष्ण पाण्डे, चन्दननाथ माविका शिक्षक पवन न्यौपाने, कर्णाली टिन चयालेन्ज ड्रग रिहाविलिटेशन समितिका अध्यक्ष सुवास बुढा, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सनत न्यौपाने र अर्का एक प्रहरी सहायक निरीक्षक रहेको उनको भनाइ थियो ।
सुर्खेतस्थित कर्णाली प्रदेश कार्यालयबाट निर्माण गरिएको उक्त कार्ययोजनामा लागुऔषध विरुद्ध जुम्ला जिल्लामा हुने गतिविधि अनुगमन गर्न र आवश्यक नीति तथा कार्यक्रम बनाउन सो समिति गठन गरिएको उनको भनाइ थियो ।
पछिल्लो समय जुम्लामा लागुऔषध प्रयोगकर्ता बढिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उमेश चन्दका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सातवटा आर्थिक वर्ष २०७९/८० मा १२ वटा र गत साउनदेखि हालसम्म आठ वटा लागुऔषधका मुद्दा दर्ता भएकोे छ ।
Comments
अरु समाचार
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...
-
राजनीतिक नियुक्ति खारेजी हुँदै, को जोगिए- को पदमुक्त हुँदैछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पाैडेलले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ ले अब राजनीतिक नियुक्ति लिएका...
-
‘सम्पत्ति छानबिन आयोग विघटन भए अख्तियारमा अभिलेख बुझाउने व्यवस्था’
काठमाडौं । गत वैशाख २ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा गठित पाँच सदस्यीय सम्पत्ति छानबिन आयोगसम्बन्धी कार्यदेश सार्वजनिक...
-
पिपुल अफ नेपाली ओरिजिन ‘पीएनओ’ को अध्यक्ष कुमार कार्की चयन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पिपुल अफ नेपाली ओरिजिन 'पीएनओ’ को अध्यक्ष कुमार कार्कीलाई तोकेको छ । एनआरएनएका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
सदैव राष्ट्र र राष्ट्रिय एकताको पक्षमा : अध्यक्ष रामेश्वर थापा,अन्नपूर्ण मिडिया नेटवर्क
- अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गतको प्रमुख प्रकाशन अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकका लागि आजको दिन ऐतिहासिक हो। यो प्रकाशन आजबाट २५ वर्ष...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
चीन–नेपाल सुरक्षा सहकार्यमा जोड
काठमाडौं । नेपालका लागि चीनका राजदूत चाङ माओमिङले चीन–नेपाल सुरक्षा सहकार्यमा जोड दिँदै त्यसलाई अझ सुदृढ बनाउन हरसम्भव प्रयत्न गर्ने...












