रवि लामिछाने भन्छन् ‘रास्वपामा खसआर्य र पुरुषको बाहुल्यता देखियो सच्याउँछौ’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीमा क्षेत्री–बाहुन, अर्थात् खसआर्यको बाहुल्यता देखिएको स्विकारेका छन्। पार्टीमा पुरुषहरु समेत हावी भएको लामिछानेको स्वीकारोक्ति छ । पार्टीभित्रको यो अवस्थालाई उनले ‘ठूलो कमजोरी’ भन्दै सच्याउनुपर्ने बताएका छन् ।
यसै साता महोत्तरीको जलेश्वरमा सम्पन्न रास्वपाको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै सभापति लामिछानेले भनेका छन्, ‘केन्द्रदेखि वडासम्मको संरचनामा हाम्रो पार्टीमा खस आर्य तथा पुरुषहरुको बाहुल्यता देखिएको छ । समावेशितालाई व्यवहारमा लागू गर्न नसक्नु हाम्रो ठूलो कमजोरी हो ।’
संविधानले नै प्रत्याभूत गरेको समावेशितालाई उपेक्षा गर्न नहुने लामिछानेको भनाइ छ । उनले प्रतिवेदनमा भनेका छन्, ‘जानेर वा नजानेर समावेशितालाई उपेक्षा गर्ने कार्यले लोकतन्त्रको उपहास गर्दछ।’
जलेश्वर बैठकपछि सामाजिक सञ्जालमा रास्वपा पदाधिकारीको तस्बिर राखेर मानसिहरुले पार्टीको नेतृत्व समावेशी नभएको भन्दै आलोचना गरेका थिए । तर, लामिछाने स्वयंले यो कमजोरी स्वीकार गर्दै यसलाई सच्याउने प्रतिवद्धता प्रतिवेदनमा जनाएका हुन् ।
पार्टीमा खस आर्य र पुरुषहरुको बाहुल्यता रहेको स्थितिलाई सच्याउन लामिछानेले कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । ‘यसलाई यथाशीघ्र सुधार गर्न म सबैमा आग्रह गर्दछु ।‘आगामी दिनमा यस्तो कमजोरी नहुने प्रतिबद्धता म सबै साथीहरुबाट चाहन्छु ।’
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












