रवि लामिछाने भन्छन् ‘रास्वपामा खसआर्य र पुरुषको बाहुल्यता देखियो सच्याउँछौ’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीमा क्षेत्री–बाहुन, अर्थात् खसआर्यको बाहुल्यता देखिएको स्विकारेका छन्। पार्टीमा पुरुषहरु समेत हावी भएको लामिछानेको स्वीकारोक्ति छ । पार्टीभित्रको यो अवस्थालाई उनले ‘ठूलो कमजोरी’ भन्दै सच्याउनुपर्ने बताएका छन् ।
यसै साता महोत्तरीको जलेश्वरमा सम्पन्न रास्वपाको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै सभापति लामिछानेले भनेका छन्, ‘केन्द्रदेखि वडासम्मको संरचनामा हाम्रो पार्टीमा खस आर्य तथा पुरुषहरुको बाहुल्यता देखिएको छ । समावेशितालाई व्यवहारमा लागू गर्न नसक्नु हाम्रो ठूलो कमजोरी हो ।’
संविधानले नै प्रत्याभूत गरेको समावेशितालाई उपेक्षा गर्न नहुने लामिछानेको भनाइ छ । उनले प्रतिवेदनमा भनेका छन्, ‘जानेर वा नजानेर समावेशितालाई उपेक्षा गर्ने कार्यले लोकतन्त्रको उपहास गर्दछ।’
जलेश्वर बैठकपछि सामाजिक सञ्जालमा रास्वपा पदाधिकारीको तस्बिर राखेर मानसिहरुले पार्टीको नेतृत्व समावेशी नभएको भन्दै आलोचना गरेका थिए । तर, लामिछाने स्वयंले यो कमजोरी स्वीकार गर्दै यसलाई सच्याउने प्रतिवद्धता प्रतिवेदनमा जनाएका हुन् ।
पार्टीमा खस आर्य र पुरुषहरुको बाहुल्यता रहेको स्थितिलाई सच्याउन लामिछानेले कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । ‘यसलाई यथाशीघ्र सुधार गर्न म सबैमा आग्रह गर्दछु ।‘आगामी दिनमा यस्तो कमजोरी नहुने प्रतिबद्धता म सबै साथीहरुबाट चाहन्छु ।’
Comments
अरु समाचार
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
एमाले महाधिवेशन : चुनावी प्रक्रिया सुरु !
काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा...
-
एमाले केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङको उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । करिब ४ दशक लामो...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
एमाले महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज उम्मेद्वारी दर्ता
काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...
-
एमाले महाधिवेशनः गठन भयो माइन्युट कमिटी, के गर्नेछ काम ?
काठमाडौं । नेकपा (एमाले)ले एघारौँ महाधिवेशनको निर्णय र छलफलहरूलाई औपचारिक रूपमा अभिलेखीकरण (माइन्युट) गर्न माइन्युट कमिटी गठन गरेको छ। महाधिवेशनअन्तर्गत...












