नेप्से परिसूचकमा गिरावट: कारोबार रकम एक अर्बभन्दा कम
काठमाडौं । आइतबार सेयर बजारको परिसूचक नेप्से परिसूचकमा गिरावट आएको छ । लामो समय देखि लगातार ओरालो लागि रहेको परिसूचक नेप्से आज ७.२९ अंक घटेको हो । यो सहित लगातार पाँचौ कारोबार दिन नेप्से घटेको छ । अघिल्ला कारोबार दिनहरु सोमबार ११, मंगलबार २, बुधबार १७.९ र बिहीबार १८ अंकले बजार घटेको थियो ।
आइतबारको कारोबारपछि नेप्से १८५१ विन्दुमा कायम भएको छ । कुल ९६ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भयो । यसअघि बिहीबार १ अर्ब ३२ करोडको कारोबार भएको थियो । कुल ९४ कम्पनीको मूल्य बढ्दा १३६ को घट्यो भने १० को स्थिर रह्यो ।
माइक्रोफाइनान्स समूह जम्मा २ अंक बढ्यो भने अरु सबै समूहहरु घटेका छन् । बैंकिङ ५, विकास बैंक १६, फाइनान्स ९, होटल तथा पर्यटन २७, जलविद्युत् ९, जीवन बीमा २५, उत्पादन ११, निर्जीवन बीमा ४२, अन्य ७ र ब्यापार उपसमूह १३ अंक घटे ।
थ्रीस्टार हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९.६ प्रतिशत बढ्यो । सबैको लघुवित्तको ९, इङ्वा हाइड्रोपावरको ८.६, माइखोला हाइड्रोपावरको ६.२, मोलुङ हाइड्रोपावरको ५.६ तथा पञ्चकन्या माइको ५ प्रतिशत मूल्य बढ्यो ।
माउन्टेन इनर्जी, युनाइटेड इदी मर्दी र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको मूल्य १० प्रतिशत घट्यो । गुराँस लघुवित्तको ५.७ प्रतिशत घट्दा मञ्जुश्री फाइनान्सको मूल्य ५ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा सोनापुर मिनरल्स, हाथवे इन्भेस्टमेन्ट, सिटिजन लाइफ, युनाइटेड इदी मर्दी र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स क्रमशः अगाडि रहे ।
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
आजदेखि बजेट अधिवेशन, आजै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको...
-
बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित सरकारले ‘सुझाव सङ्कलन पोर्टल’...
-
बजार सुशासनका लागि आजदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने...
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...












