ताजा समाचार

एनसेल सम्बन्धमा आज सार्वजनिक लेखा समितिमा छलफल हुँदै

काठमाडौं । सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा आज प्रारम्भिक छलफल गर्ने भएको छ । समितिको बैठक दिउँसो २ बजे बस्नेछ ।

एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर मलेसियन कम्पनी आजियाटाले पाँच करोड डलरमा हाल एनसेलकै साझेदार सतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्ने सहमति भएको छ ।

तर, नेपाल दूरसञ्चार प्राधिकरणलाई भने हालसम्म जानकारी दिइएको छैन । यसबारे समितिले आज बैठकमा छलफल गर्न लागेको हो । सरकारले छानबिनका लागि निर्देशन दिइसकिएको भन्दै दोषी पाइए कारबाही गर्ने स्पष्ट पारिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org