तेस्रो पटक सर्किट ब्रेक लागेपछि आजलाई सेयर कारोबार बन्द
काठमाडौं । सेयर बजारमा आइतवार ३ पटक ‘सर्किट ब्रेक’ लागेको छ । तेस्रो पटक सर्किट ब्रेक लाग्दा शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेपछि आइतवारलाई कारोबार बन्द भएको छ ।
आइतवार बजार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । ११ बजेर २५ मिनेटमा खुलेको बजार २ मिनेटमै ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेर ४० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यसपछि फेरि १२ बजेर ७ मिनेटमा खुलेको बजार ६ प्रतिशतले बढ्दै सर्किट ब्रेक लागेपछि आइतवारका लागि कारोबार भन्द भएको हो ।
अहिले कार्यान्वयनमा रहेको ुसर्किट ब्रेकु सम्बन्धी व्यवस्थाअनुसार कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ । त्यस्तै दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार बन्द हुने व्यवस्था छ ।
योसँगै आइतवार शेयर बजार परिसूचक नेप्से १ सय ११ दशमलव २० अङ्कले बढेर १ हजार ९ सय ६३ दशमलव ९८ विन्दुमा पुगेको छ । आज ९ मिनेटको कारोबारमा १३ लाख कित्ता शेयर ४८ करोड २४ लाख रुपैयाँमा कारोबार भयो ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि शेयर बजार बढेको हो । शेयर धितोमा जाने कर्जाको जोखिमभार १ सय ५० प्रतिशतबाट झारेर १ सय २५ प्रतिशत कायम गरेसँगै लागनीकर्तामा उत्साह देखिएको हो ।
आज बीमा,होटल तथा पर्यटन,विकास बैंक,उत्पादन तथा प्रशोधन,माइक्रोफाइनान्स, हाइड्रोपावर,व्यापार,फाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ । आज रिलायन्स फाइनान्स,जोशी हाइड्रोपावर,राप्ती हाइड्रो,शुभम् पावर र कालिञ्चोक दर्शनको शेयर १० प्रतिशतले बढेको छ । शेयर बजारमा सर्किट ब्रेक लागेको दिन ५ वटा कम्पनीको शेयर सामान्य घटेको छ ।
Comments
अरु समाचार
-
दुबईबाट पोखरा अवतरण गरेको ‘फ्लाई दुबई विमान’लाई गरियो भव्य स्वागत
काठमाडौं । फ्लाई दुबईमार्फत पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमान तथा यात्रुलाई भव्य स्वागत गरिएको छ । असोज...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...












