लगानीयोग्य पुँजी थुप्रिन थालेपछि वाणिज्य बैंकहरूले ब्याजदर घटाए
काठमाडौं । लगानीयोग्य पुँजी थुप्रिन थालेपछि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाउन थालेका छन् । पुसमा बैंकहरूको ब्याजदर मंसिर महिनाको तुलनामा घटेको छ । पुस महिनाका लागि २० मध्ये १८ वाणिज्य बैंकहरूले ब्याजदर घटाएका हुन् । सबैभन्दा बढी हिमालयन बैंकले घटाएको छ ।
हिमालयन बैंकले पुसमा ब्यजादर २ प्रतिशत बिन्दु घटाएर ८ दशमलव ६०३ प्रतिशत कायम गरेको छ । त्यसैगरी, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबीआई बैंकले १ प्रतिशत बिन्दु ब्याजदर घटाएका छन् । प्रभु बैंक र सानिमा बैंकले भने मंसिर महिनाकै ब्याजलाई निरन्तरता दिएका छन् । यी दुवैको अधिकतम ब्याजदर ९ प्रतिशत रहेको छ ।
व्यक्तिगत मुद्दतितर्फ एनआईसी एसियाले ब्याजदर घटाएर ८ दशमलव ६७ प्रतिशत पुर्याएको छ । एनएमबिको ब्याजदर ९ प्रतिशत, नबिल बैंकको ब्याजदर ८ दशमलव ६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ८ दशमलव ६१ प्रतिशत र नेपाल इनभेष्टमेन्ट मेगा बैंकको ९ दशमलव ५ प्रतिशत कायम भएको छ ।
त्यस्तै, ग्लोबल आईएमईको ब्याजदर ८ दशमलव ६ प्रतिशत पुगेको छ भने हिमालयन बैंकको ब्याजदर ८ दशमलव ६०३ प्रतिशत कायम भएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याजदर ८ दशमलव ५६ प्रतिशत, कृषि विकास बैंकको ब्याजदर ९ दशमलव ०१२ प्रतिशत, एभरेस्टको ८ प्रतिशत, नेपाल एसबीआई बैंकको ९ दशमलव ६ प्रतिशत, सिटिजन्सको ९ दशमलव ३५ प्रतिशत, कुमारीको ९ दशमलव ३१ प्रतिशत र लक्ष्मी सनराइजको ९ प्रतिशत कायम भएको छ । त्यस्तै, सिद्धार्थ बैंकको ब्याजदर ९ दशमलव २५ प्रतिशत, प्राइमको १० प्रतिशत र माछापुच्छ्रे बैंकको ब्याजदर ९ दशमलव ६ प्रतिशत कायम भएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












