लगानीयोग्य पुँजी थुप्रिन थालेपछि वाणिज्य बैंकहरूले ब्याजदर घटाए
काठमाडौं । लगानीयोग्य पुँजी थुप्रिन थालेपछि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाउन थालेका छन् । पुसमा बैंकहरूको ब्याजदर मंसिर महिनाको तुलनामा घटेको छ । पुस महिनाका लागि २० मध्ये १८ वाणिज्य बैंकहरूले ब्याजदर घटाएका हुन् । सबैभन्दा बढी हिमालयन बैंकले घटाएको छ ।
हिमालयन बैंकले पुसमा ब्यजादर २ प्रतिशत बिन्दु घटाएर ८ दशमलव ६०३ प्रतिशत कायम गरेको छ । त्यसैगरी, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबीआई बैंकले १ प्रतिशत बिन्दु ब्याजदर घटाएका छन् । प्रभु बैंक र सानिमा बैंकले भने मंसिर महिनाकै ब्याजलाई निरन्तरता दिएका छन् । यी दुवैको अधिकतम ब्याजदर ९ प्रतिशत रहेको छ ।
व्यक्तिगत मुद्दतितर्फ एनआईसी एसियाले ब्याजदर घटाएर ८ दशमलव ६७ प्रतिशत पुर्याएको छ । एनएमबिको ब्याजदर ९ प्रतिशत, नबिल बैंकको ब्याजदर ८ दशमलव ६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ८ दशमलव ६१ प्रतिशत र नेपाल इनभेष्टमेन्ट मेगा बैंकको ९ दशमलव ५ प्रतिशत कायम भएको छ ।
त्यस्तै, ग्लोबल आईएमईको ब्याजदर ८ दशमलव ६ प्रतिशत पुगेको छ भने हिमालयन बैंकको ब्याजदर ८ दशमलव ६०३ प्रतिशत कायम भएको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको ब्याजदर ८ दशमलव ५६ प्रतिशत, कृषि विकास बैंकको ब्याजदर ९ दशमलव ०१२ प्रतिशत, एभरेस्टको ८ प्रतिशत, नेपाल एसबीआई बैंकको ९ दशमलव ६ प्रतिशत, सिटिजन्सको ९ दशमलव ३५ प्रतिशत, कुमारीको ९ दशमलव ३१ प्रतिशत र लक्ष्मी सनराइजको ९ प्रतिशत कायम भएको छ । त्यस्तै, सिद्धार्थ बैंकको ब्याजदर ९ दशमलव २५ प्रतिशत, प्राइमको १० प्रतिशत र माछापुच्छ्रे बैंकको ब्याजदर ९ दशमलव ६ प्रतिशत कायम भएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












