वर्षान्त २०२३: इजरायल–हमास युद्ध धेरै नलम्बिने संकेत
काठमाडौँ । गाजामा हमाससँग इजराइलको युद्ध दिनप्रतिदिन रक्तपातपूर्ण बन्दै गइरहेको छ । बेन्यामिन नेतान्याहु नेतृत्वको इजराइली सरकार विश्वव्यापी युद्धविरामका बारेमा चिन्तित देखिएको छैन । उसले गाजामा हवाई तथा स्थल आक्रमण जारी राखेको छ ।
गाजामा इजराइलको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २१ हजारभन्दा बढी पुगिसकेको छ । मृत्यु सङ्ख्या निरन्तर बढ्दै जाँदा अमेरिका जस्ता इजराइलका निकटतम सहयोगीले युद्धबारे आफ्नो स्थितिमा पुनर्विचार गरिरहेका छन् । यद्यपि यो संयुक्त राष्ट्र सङ्घमा उनीहरूको मतमा प्रतिविम्बन भएको छैन ।
नेतान्याहु र उहाँको सरकारका मन्त्रीहरूले इजराइलको उद्देश्य हमासलाई विश्वको नक्साबाट हटाउनु रहेको स्पष्ट पारेका छन् । गत अक्टोबर ७ मा इजराइलमा क्रूर आक्रमण गरी एक हजार चार सय इजराइलीलाई मार्ने लडाकु समूह हमासको गाजा क्षेत्रमा गहिरो प्रभाव छ । जवाफमा व्यापक बमबारीसँगै इजराइल डिफेन्स फोर्स ९आआइडिएफ० ले गाजामा हमास कार्यकर्तालाई लक्ष्य गर्दै रणनीतिकस्थलमा आक्रमणसमेत शुरू गरेको छ ।
इजरायल–हमास द्वन्द्व लम्बिँदै जाँदा र प्यालेस्टाइनीको मृत्यु बढ्दै जाँदा भूराजनीतिक अवस्था बिग्रने छ । यसले पश्चिम एसिया ९मध्यपूर्व० मा द्वन्द्व फैलिने ठूलो जोखिमलाई बढाउने छ । इजराइली हवाई आक्रमण र स्थल कारबाहीमा मारिने नागरिकको वृद्धि र इजराइली घेराबन्दीका कारण खाद्यान्न, पानी र औषधिको चरम अभावका कारण गाजामा मानवीय सङ्कट दिनप्रतिदिन बढ्दै गइरहेको छ । राष्ट्रसङ्घ जस्ता बहुपक्षीय निकायले गाजामा मानवीय सङ्कटका बारेमा धेरै चेतावनी जारी गरेका छन् । यद्यपि इजराइलले आफ्नो अभियान अन्त्य गर्न अथक प्रयास जारी राखेको छ ।
राष्ट्रसङ्घको बढ्दो आलोचनाका बिच इजराइली सरकारले विश्वव्यापी निकायका कर्मचारीका लागि स्वचालित प्रवेशाज्ञा समाप्त गर्ने निर्णय गरेको तथा ‘केस–टु–केस’ आधारमा त्यसमाथि विचार गर्ने जनाएको छ । चीनको मध्यस्थतामा दुई कट्टर प्रतिद्वन्द्वी इरान र साउदी अरेबियाबिचको सम्बन्ध ऐतिहासिक सामान्यीकरण हुँदै गर्दा अक्टोबरमा इजराइल–हमास द्वन्द्वको सुरुआतले मध्यपूर्वमा शान्तिपूर्ण आशालाई ध्वस्त पारेको छ ।
त्यस्तै अमेरिकी मध्यस्थतामा इजराइल र साउदी अरेबियाबिचको सम्बन्धलाई सामान्य बनाउन सम्झौता नजिकै रहेको बताइएका बेला अक्टोबरमा दक्षिणी इजराइलमा हमासको आकस्मिक आक्रमणले वर्षको अन्त्यसम्म चलेको घातक द्वन्द्वलाई निम्त्याएको छ । गाजा द्वन्द्व सुरु भएपछि साउदी अरेबियाले विरोधमा इजरायलसँग सामान्यीकरण प्रक्रिया रोक्ने निर्णय गरेको छ ।
इजराइलसँग शान्ति सन्धिमा हस्ताक्षर गरेका इजिप्ट र जोर्डन गाजामा भएको इजराइली आक्रमण र प्यालेस्टिनीको सामूहिक विस्थापनपछि इजराइलसँग चिढिएका छन् । मोरक्को, बहराइन र संयुक्त अरब इमिरेट्स जस्ता हालै इजराइलसँगको सम्बन्धलाई सामान्य बनाएका अन्य अरब राष्ट्रले पनि गाजापट्टीमा इजराइली आक्रमणको निन्दा गरेका छन् ।
हमासले अक्टोबर पहिलो हप्ता इजराइलमा घातक आक्रमण सुरु गरेपछि वर्तमान युद्ध सुरु भएको हो । कतारको नेतृत्वमा रहेका मुलुक इजराइल र हमासबिच अस्थायी युद्धविराम गर्न सफल भएपछि यस क्षेत्रमा हत्याका घटना केही समयका लागि रोकिएको थियो । युद्धविरामका क्रममा युद्धरत पक्षहरूले कैदीबन्दी आदानप्रदानसमेत गरे पनि बन्दी सम्झौतालाई लिएर मतभेद उत्पन्न भएपछि युद्धविराम भङ्ग भयो र फेरि हिंसाको क्रम सुरु भयो ।
अमेरिका र युरोपेली देशहरूले इजराइल र हमासलाई वार्ताको टेबुलमा फिर्ता ल्याउन धेरै प्रयास गरे पनि युद्धको तीव्रताले दुवै पक्षले केही सुन्न मानेनन् । यस पटक युद्धले अपेक्षाकृत शान्तिपूर्ण पश्चिम किनारलाई पनि घेरेको देखिन्छ । यहाँ इजराइली सेनाले क्रिसमसका अवधिमा केही घातक आक्रमण गरेको छ । युद्धविरामका लागि अरब देशहरूले राष्ट्र सङ्घमा धेरै प्रस्ताव पेस गरे । तीमध्ये केही पारित पनि भए । केहीलाई भने अमेरिकाले रोकिदियो ।
यसैबिच इजिप्टले नयाँ शान्ति योजना प्रस्ताव गरेको छ र दुवै पक्षले योजनालाई विचार गर्न इच्छा देखाएका छन् । पछिल्लो शान्ति योजनामा बन्धकहरूको क्रमशः रिहाइ र इजराइली नियन्त्रणमा रहेका गाजापट्टी र पश्चिम किनार दुवैको निरीक्षण गर्न दक्ष पेसेवारहरूले बनेको अन्तरिम प्यालेस्टिनी प्रशासनको स्थापना समावेश छ ।
इजरायली सरकार पनि गाजामा लामो युद्धका लागि आर्थिक रूपमा तयार छ कि छैन भनेर निश्चित छैन । इजराइल–हमास युद्धले सन् २०२४ मा ५० अर्ब सेकेल ९१४ अर्ब अमेरिकी डलर० खर्च गर्ने बताइएको छ । यस रकमले इजराइलको बजेट घाटा तीन गुणा बढाउने अनुमान गरिएको छ । इजराइलको वित्त मन्त्रालयको हालको तयारीले आइडिएफलाई सन् २०२४ फेब्रुअरीसम्म मात्र लड्न अनुमति दिएको छ । आगामी वर्षको पहिलो दुई महिनापछिको आर्थिक अवस्था अन्योल छ ।
उपबजेट आयुक्त इटाइ टेम्किनका अनुसार गाजा युद्धले कुल रक्षा खर्च ४८ अर्ब सेकेलभन्दा धेरैले बढेको छ । मुलुकको वित्तीय सन्तुलनमा गम्भीर प्रभाव पार्न सक्ने भएकाले टेम्किनले सन् २०२४ फेब्रुअरीपछि विस्तार हुने इजराइल–हमास युद्धको सम्भावनाबारे केही बताउन चाहनुभएको छैन ।
इजराइलले गाजामा आफ्नो युद्धका लागि ३० अर्ब सेकेलभन्दा बढी छुट्याइसकेको तथा रक्षा मन्त्रालयको बजेट बढाउन केही आर्थिक उपाय विचार गरिरहेको छ । प्रमुख कुरा, युद्धले इजराइलको अर्थतन्त्रमा गम्भीर असर पार्ने सम्भावना छ । विज्ञहरूले यस वर्ष इजराइलको अर्थतन्त्र दुई प्रतिशतले घट्ने अनुमान गरेका छन् ।
अमेरिकाले हालसम्म इजराइललाई आफ्ना प्रयासमा समर्थन गरे पनि आगामी राष्ट्रपति चुनावले यथास्थितिमा केही गम्भीर प्रभाव पार्न सक्ने अनुमान गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन सरकारले युक्रेन युद्धका समर्थनमा ७५ अर्ब डलरभन्दा बढी खर्च गरिसकेको छ । यद्यपि उसको घरेलु राजनीतिमा अब किएभलाई दिइएको लगातार सहयोगमाथि प्रश्न उठिरहेको छ । यसबाहेक गाजामा विशेष गरी महिला र बालबालिकाको बढ्दो मृत्युका कारण अमेरिकालाई अन्तरराष्ट्रिय मञ्चमा इजराइलको रक्षा गर्न कठिन भएको हुन सक्छ ।
रुससँग युक्रेन युद्धका लागि तयारी गर्न बढी समय भएकाले रुस–युक्रेन युद्ध लामो समय जारी रहे पनि इजरायल–हमास युद्ध धेरै लम्बिने देखिँदैन । घरेलु राजनीतिक बाध्यता र अपमानले इजराइली प्रधानमन्त्री नेतन्याहुलाई गाजामा हमासका लक्ष्यविरुद्ध पूर्ण शक्ति प्रयोग गर्न बाध्य तुल्याएको अनुमान गर्न सकिन्छ । इजिप्टको शान्ति योजना एक सुरुआत भए पनि इजराइलले थप युद्धविराम योजनाहरूमा विचार गर्न र सन् २०२४ को पहिलो छ महिनाभित्रै आफ्नो अभियान समाप्त गर्न इच्छुक हुने अनुमान गरिएको छ ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












