‘नेपालले सधैँ एक-चीन सिद्धान्तलाई समर्थन गर्दै आएको छ’
काठमाडौं । नेपाल–चीन मिडिया फोरमले आज (आइतबार) ताइवानको निर्वाचन र त्यसको सम्भावित परिणामबारे विज्ञप्ति जारी गरेको छ । अध्यक्ष किशोर श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालले एक चीन सिद्धान्तलाई अनुमोदन गरेको अवस्थामा ताइवान क्षेत्रमा हालै सम्पन्न ‘निर्वाचन’ ले नेपाली नागरिक,मिडिया र नेपाल र चीनबीच मित्रता र जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन समर्पित व्यक्तिहरुमा चिन्ता पैदा गरेको छ ।’
‘हामी ताइवानको प्रश्न चीनको आन्तरिक मामिला हो र हामी विश्वमा एउटा मात्र चीनलाई मान्यता दिन्छौं भन्ने कुरा दोहोर्याउँछौं’, अध्यक्ष श्रेष्ठ विज्ञप्तिमा लेख्छन्, ‘हामी जनवादी गणतन्त्र चीनको सरकारलाई सम्पूर्ण चीनको प्रतिनिधित्व गर्ने एकमात्र कानूनी सरकारको रूपमा समर्थन गर्दछौं र ताइवान चीनको भूभागको अविभाज्य भाग हो भन्ने पुष्टि गर्दछौं। फलस्वरूप, हामी ताइवान स्वतन्त्रताको कडा विरोध गर्दछौं। तसर्थ, हामी निरन्तर चीनको पूर्ण एकीकरणको समर्थनमा उभिएका छौं र यसको निरन्तर समृद्धिको आशा गर्दछौं।’
जनवरी १३, २०२४ मा ताइवानका जनताले सत्तारुढ डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) का उम्मेदवार लाई चिङ–तेलाई आफ्नो राष्ट्रपतिमा मतदान गरेका छन् ।
Comments
अरु समाचार
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...
-
चलचित्र पत्रकार संघ सुनसरीमा नयाँ नेतृत्व, अध्यक्षमा सुवास संकल्प श्रेष्ठ र सचिवमा मनोज दाहाल चयन
धरान । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनले चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा...
-
प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको आधार अपनाउन वरिष्ठ अधिवक्ता भट्टराईको जोड
काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति वरिष्ठताको आधारमा हुनुपर्नेमा जोड दिएका छन्। उनले हाल वरिष्ठताको मापदण्ड...












