अमेरिकी राष्ट्रपति निर्वाचन जित्ने जो कोहीसँग युक्रेनले काम गर्ने
किएभ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले यस वर्षको अन्त्यमा अमेरिकी राष्ट्रपति निर्वाचन जित्ने जो कोहीसँग युक्रेनले काम गर्ने बताउनुभएको छ । डाभोसमा विश्व आर्थिक मञ्चका अवसरमा एएफपीसँग कुरा गर्दै बिहीबार उहाँले सो कुरा बताउनुभएको हो ।
पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकन उम्मेदवार जित्ने अग्रपङ्क्तिमा रहेकाले उहाँले निर्वाचन जित्नुभएको अवस्थामा युक्रेनबारे वासिङ्टनको नीति परिवर्तन हुने आशङ्का गरिएको छ । युक्रेनलाई हतियार दिने विषयमा कांग्रेस पहिला नै विभाजित भएकाले किएभलाई समर्थन गर्ने ट्रम्पको इच्छा अझ कम हुने चिन्ता व्यक्त गरिएको छ ।
यद्यपि विदेशमन्त्री कुलेबा ट्रम्पको कुनै पनि जितलाई लिएर आशावादी देखिनुभएको छ । “म अमेरिकी जनताको राय स्वीकार गर्छु र हामी निर्वाचनपछि आउने कुनै पनि वास्तविकतासँग काम गर्नेछौँ”, स्विस अल्पाइन रिसोर्टमा वार्षिक ‘डाभोस युक्रेनी ब्रेकफास्ट’ कार्यक्रमपछि उहाँले भन्नुभयो, “युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ट्रम्प एकअर्कालाई चिन्नुहुन्छ र एकअर्कालाई सम्मान गर्नुहुन्छ ।”
ट्रम्प सशरीर डाभोसमा उपस्थित नभए पनि उहाँको सम्भावित जित मञ्चमा धेरै निजी र सार्वजनिक चर्चाहरूमा आएको छ । कुलेबाले पश्चिमाहरूसँग युक्रेनलाई आफ्नो समर्थन बढाउन पनि आह्वान गर्नुभयो । “मुद्दा व्यापक मात्रामा विकास र स्थिरता सुनिश्चित गर्न हो”, उहाँले भन्नुभयो । मस्कोको सेनाविरुद्धको युद्धमा आफ्नो आकाशमा नियन्त्रण हासिल गर्नु सन् २०२४ को प्राथमिकता रहेको किएभले बताएको छ ।
विदेशमन्त्री कुलेबाले युक्रेनलाई थप हवाई रक्षा प्रणालीहरूको आवश्यकता रहेको बताउनुभयो । “एफ–१६ तथा अन्य पश्चिमी विमानहरूलाई रुसी क्षेप्यास्त्र र विमानहरूमा फायर गर्न सक्ने पर्याप्त मात्रामा रकेट दबाउन इलेक्ट्रोनिक युद्धको आवश्यकता पनि थियो”, उहाँले भन्नुभयो ।
क्रोएसियाका प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिकले भन्नुभयो, “युक्रेनको सफलता र विजयको मुख्य पक्ष भनेको पश्चिमाहरू यसको समर्थनमा एकजुट रहनु हो ।” अमेरिकी निर्वाचनका बारेमा सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, “अमेरिका युक्रेनलाई समर्थन गर्नका लागि प्रतिबद्ध रहन्छ भन्ने मलाई लागेको छ ।”
युक्रेनको आर्थिक सुधारका लागि अमेरिकी राजदूत पेनी प्रिट्जकरले कार्यक्रमका क्रममा वासिङ्टनमा युक्रेनका लागि द्विदलीय समर्थन रहेकामा जोड दिनुभयो । “अमेरिकाले युक्रेनप्रति आफ्ना प्रतिबद्धताहरू पूरा गर्नुपर्दछ, उसले यस्तै गर्छ भन्ने मेरो विश्वास छ ।”युक्रेनलाई समर्थन जुटाउन र युद्ध थकानको सामना गर्न सन् २०२२ फेब्रुअरीमा रुसको आक्रमणपछि पहिलो पटक जेलेन्स्की व्यक्तिगतरूपमा डाभोसमा उपस्थित हुनुभयो ।
कुलेबाले डाभोस र युक्रेनमा राजनीतिज्ञहरू तथा लगानीकर्ताहरूसँगको ‘फलदायी’ बैठकमा ‘आशावादी मनस्थिति’ को प्रशंसा गर्नुभयो । उहाँका अनुसार यसबाट थप वित्तीय सहयोग प्राप्त हुनेछ । “मानिसहरू युक्रेनको जितमा थप लगानी गर्न इच्छुक छन्, उनीहरू युक्रेनमा विश्वास गर्छन्”, उहाँले भन्नुभयो ।
ब्रेकफास्ट कार्यक्रममा प्लेन्कोभिक, पोल्यान्डका राष्ट्रपति एन्ड्रेज डुडा र बेलायती विदेशमन्त्री डेभिड क्यामरुनसहित धेरै शीर्ष युरोपेली अधिकारीहरू सहभागी हुनुहुन्थ्यो । प्यानलका क्रममा पोल्यान्डका राष्ट्रपति डुडाले रुसी आक्रमणविरुद्ध लड्नका लागि पश्चिमाहरू युक्रेनलाई लामो समयसम्म समर्थन गर्न तयार रहनुपर्ने चेतावनी दिनुभयो ।
“हामी लामो दौडका लागि तयार हुनुपर्छ जसमा हामी आफ्ना नागरिकहरूको सुरक्षा गर्छौं र युक्रेनको सङ्घर्षमा उसलाई समर्थन गर्नेछौँ”, डुडाले रुस र यसका राष्ट्रपति भ्लादिमिर पुटिनमाथिको टिप्पणीमा कुनै कसर नराखी भन्नुभयो, “कुनै शङ्काबिना पुटिनले विश्वमा आगो लगाउने निर्णय गर्नुभयो ।”
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












