अमेरिकी राष्ट्रपति निर्वाचन जित्ने जो कोहीसँग युक्रेनले काम गर्ने
किएभ । युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले यस वर्षको अन्त्यमा अमेरिकी राष्ट्रपति निर्वाचन जित्ने जो कोहीसँग युक्रेनले काम गर्ने बताउनुभएको छ । डाभोसमा विश्व आर्थिक मञ्चका अवसरमा एएफपीसँग कुरा गर्दै बिहीबार उहाँले सो कुरा बताउनुभएको हो ।
पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रिपब्लिकन उम्मेदवार जित्ने अग्रपङ्क्तिमा रहेकाले उहाँले निर्वाचन जित्नुभएको अवस्थामा युक्रेनबारे वासिङ्टनको नीति परिवर्तन हुने आशङ्का गरिएको छ । युक्रेनलाई हतियार दिने विषयमा कांग्रेस पहिला नै विभाजित भएकाले किएभलाई समर्थन गर्ने ट्रम्पको इच्छा अझ कम हुने चिन्ता व्यक्त गरिएको छ ।
यद्यपि विदेशमन्त्री कुलेबा ट्रम्पको कुनै पनि जितलाई लिएर आशावादी देखिनुभएको छ । “म अमेरिकी जनताको राय स्वीकार गर्छु र हामी निर्वाचनपछि आउने कुनै पनि वास्तविकतासँग काम गर्नेछौँ”, स्विस अल्पाइन रिसोर्टमा वार्षिक ‘डाभोस युक्रेनी ब्रेकफास्ट’ कार्यक्रमपछि उहाँले भन्नुभयो, “युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र ट्रम्प एकअर्कालाई चिन्नुहुन्छ र एकअर्कालाई सम्मान गर्नुहुन्छ ।”
ट्रम्प सशरीर डाभोसमा उपस्थित नभए पनि उहाँको सम्भावित जित मञ्चमा धेरै निजी र सार्वजनिक चर्चाहरूमा आएको छ । कुलेबाले पश्चिमाहरूसँग युक्रेनलाई आफ्नो समर्थन बढाउन पनि आह्वान गर्नुभयो । “मुद्दा व्यापक मात्रामा विकास र स्थिरता सुनिश्चित गर्न हो”, उहाँले भन्नुभयो । मस्कोको सेनाविरुद्धको युद्धमा आफ्नो आकाशमा नियन्त्रण हासिल गर्नु सन् २०२४ को प्राथमिकता रहेको किएभले बताएको छ ।
विदेशमन्त्री कुलेबाले युक्रेनलाई थप हवाई रक्षा प्रणालीहरूको आवश्यकता रहेको बताउनुभयो । “एफ–१६ तथा अन्य पश्चिमी विमानहरूलाई रुसी क्षेप्यास्त्र र विमानहरूमा फायर गर्न सक्ने पर्याप्त मात्रामा रकेट दबाउन इलेक्ट्रोनिक युद्धको आवश्यकता पनि थियो”, उहाँले भन्नुभयो ।
क्रोएसियाका प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिकले भन्नुभयो, “युक्रेनको सफलता र विजयको मुख्य पक्ष भनेको पश्चिमाहरू यसको समर्थनमा एकजुट रहनु हो ।” अमेरिकी निर्वाचनका बारेमा सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, “अमेरिका युक्रेनलाई समर्थन गर्नका लागि प्रतिबद्ध रहन्छ भन्ने मलाई लागेको छ ।”
युक्रेनको आर्थिक सुधारका लागि अमेरिकी राजदूत पेनी प्रिट्जकरले कार्यक्रमका क्रममा वासिङ्टनमा युक्रेनका लागि द्विदलीय समर्थन रहेकामा जोड दिनुभयो । “अमेरिकाले युक्रेनप्रति आफ्ना प्रतिबद्धताहरू पूरा गर्नुपर्दछ, उसले यस्तै गर्छ भन्ने मेरो विश्वास छ ।”युक्रेनलाई समर्थन जुटाउन र युद्ध थकानको सामना गर्न सन् २०२२ फेब्रुअरीमा रुसको आक्रमणपछि पहिलो पटक जेलेन्स्की व्यक्तिगतरूपमा डाभोसमा उपस्थित हुनुभयो ।
कुलेबाले डाभोस र युक्रेनमा राजनीतिज्ञहरू तथा लगानीकर्ताहरूसँगको ‘फलदायी’ बैठकमा ‘आशावादी मनस्थिति’ को प्रशंसा गर्नुभयो । उहाँका अनुसार यसबाट थप वित्तीय सहयोग प्राप्त हुनेछ । “मानिसहरू युक्रेनको जितमा थप लगानी गर्न इच्छुक छन्, उनीहरू युक्रेनमा विश्वास गर्छन्”, उहाँले भन्नुभयो ।
ब्रेकफास्ट कार्यक्रममा प्लेन्कोभिक, पोल्यान्डका राष्ट्रपति एन्ड्रेज डुडा र बेलायती विदेशमन्त्री डेभिड क्यामरुनसहित धेरै शीर्ष युरोपेली अधिकारीहरू सहभागी हुनुहुन्थ्यो । प्यानलका क्रममा पोल्यान्डका राष्ट्रपति डुडाले रुसी आक्रमणविरुद्ध लड्नका लागि पश्चिमाहरू युक्रेनलाई लामो समयसम्म समर्थन गर्न तयार रहनुपर्ने चेतावनी दिनुभयो ।
“हामी लामो दौडका लागि तयार हुनुपर्छ जसमा हामी आफ्ना नागरिकहरूको सुरक्षा गर्छौं र युक्रेनको सङ्घर्षमा उसलाई समर्थन गर्नेछौँ”, डुडाले रुस र यसका राष्ट्रपति भ्लादिमिर पुटिनमाथिको टिप्पणीमा कुनै कसर नराखी भन्नुभयो, “कुनै शङ्काबिना पुटिनले विश्वमा आगो लगाउने निर्णय गर्नुभयो ।”
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












