६५ युक्रेनी युद्धबन्दी बोकेको रुसी विमान दुर्घटना, ७४ जनाको मृत्यु
किएभ । युक्रेनसँगको सीमामा रहेको दक्षिणी बेल्गोरोड क्षेत्रमा रुसी सेनाको विमान दुर्घटना भएको छ। रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रिपोर्टहरूका अनुसार इलुसिन(७६ नामको यो सैन्य विमानमा सवार ७४ जनाको मृत्यु भएको छ।
स्टिभ रोजेनबर्गले विमानमा ६५ जना युक्रेनी युद्धबन्दी रहेको र उनीहरुलाई आदानप्रदानका लागि लगिएको बीबीसीले जनाएको छ। उक्त विमानमा ६ जना चालक दलका सदस्य र तीन सहायक पनि थिए।
सामाजिक सञ्जालमा शेयर भइरहेको भिडियोमा विमान एक्कासी तल झरेर विस्फोट भएको देखिन्छ। रुसी रक्षा मन्त्रालयले ‘इल–७६’ सैन्य विमानले ६५ युक्रेनी युद्धबन्दी बोकेर युक्रेनसँग आदानप्रदानका लागि लगिएको पुष्टि गरेको छ।
बेल्गोरोभ प्रान्तीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले पनि आफ्नो टेलिग्राम च्यानलमा सोरोचान्स्की जिल्लामा घटना भएको बताए। स्थानीय च्यानल ब्लेटगोरोभले एक भिडियो पोस्ट गरेको छ, जसमा अचानक एउटा विमान तल झरेर जमिनमा ठोक्किएको र त्यसपछि आगो लागेको देखिन्छ।
विमानमा तीनवटा मिसाइल प्रहार भएको रुसको दाबी
रुसी संसदका सदस्य तथा सेवानिवृत्त जनरल आन्द्रेई कार्तपोलोभले दुर्घटनाग्रस्त विमानमा तीनवटा मिसाइल प्रहार भएको दाबी गरेका छन्। उनले यी क्षेप्यास्त्रहरू पश्चिमी देशहरूले युक्रेनलाई दिएजस्तै भएको दाबी गरेका छन्।
कार्तपोलोभले आफूले यो जानकारी कहाँबाट पाएको बताएनन्, न त उनले आफ्नो दाबीलाई समर्थन गर्ने कुनै प्रमाण प्रदान गरे। ती ‘प्याट्रियट’ मिसाइल हुन् वा ‘आइरिस–टी’ हुन् भन्ने कुरा अनुसन्धानपछि मात्र थाहा हुने उनले बताए।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












