विद्यालयमा किशोरीहरुको पहुँच सुनिश्चित गर्न तालिवान समूहसँग अन्तर्राष्ट्रिय संघसंस्थाको आग्रह
काबुल । अन्तर्राष्ट्रिय संस्थाहरूले अफगानी किशोरीहरूको शिक्षामा लगाइएको प्रतिबन्ध हटाउन आह्वान गरेका छन् । अफगानिस्तानमा दुई वर्षभन्दा बढी समयदेखि किशोरीाहरूलार्ई शिक्षाको पहुँचमा प्रतिबन्ध लगाइएको टोलो न्यूजले जनाएको छ । विश्वले जनवरी २४ मा अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाउँदै गर्दा विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले बालिकाहरूका लागि विद्यालयहरू खोल्न आग्रह गरेका हुन् ।
अफगानिस्तानका लागि संयुक्त राष्ट्रका विशेष दूत रोजा ओटुनबायेभा, एम्नेस्टी इन्टरनेसनल, शरणार्थीका लागि संयुक्त राष्ट्र उच्चायुक्त, विश्व खाद्य कार्यक्रम र अन्य अन्तर्राष्ट्रिय समूहहरूले तालिबान समूहलाई किशोरीाहरूको शिक्षामा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेका हुन् ।
रोजा ओटुनबायेभाले सामाजिक सञ्जाल एक्समा युएनएएमए न्यूजले जारी गरेको भिडियोमा सबैलाई शिक्षा प्रदान गर्नु नै अफगानिस्तानको भविष्यको आधार भएको कुरामा जोड दिनुभयो ।
अफगानिस्तानमा, सबैका लागि शिक्षा मौलिक अधिकार मात्र नभई अफगानिस्तानको भविष्यको आधार भएको उहाँले बताउनुभयो । टोलो न्यूजका अनुसार अन्तर्राष्ट्रिय शिक्षा दिवसका अवरसमा विद्यालयहरू खोल्न पश्चिमी राष्ट्रहरूको मात्र नभई मुस्लिम समुदायको पनि माग रहेको ओटुनबायेभाले बताउनुभएको छ ।
उहाँले शिक्षा केवल नैतिक अनिवार्य मात्र नभई समृद्धि र शान्तिका लागि महत्वपूर्ण छ भनेर चिन्नसमेत तालिबानसँग आग्रह गर्नुभयो । वर्तमान मार्गलाई कायम राख्दा अफगानहरूलाई थप हानि पुग्ने तथा अफगानिस्तानलाई इस्लामिक विश्व र अन्तर्राष्ट्रिय समुदाय दुवैबाट अलग्गै राख्ने जोखिम बढ्ने उहाँले बताउनुभयो ।
एम्नेस्टी इन्टरनेसनलले बिहीबार जारी विज्ञप्तिमा अफगान सरकारलाई स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न, विद्यालय र विश्वविद्यालयहरू पुनः खोल्न र महिलाहरूलाई काम गर्न अनुमति दिन आग्रह गरेको छ ।
सबै विद्यालय तथा विश्वविद्यालयहरू तुरुन्तै पुन ः खोलेर, स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गरेर महिलाहरूलाई काममा फर्कन अनुमति दिदै महिला र सबै उमेरका केटीहरूको शिक्षामा पहुँचसहित उनीहरूको पूर्ण अधिकार प्रदान गर्न, सङ्गठनले सुझाएको छ ।
महिला अधिकार कार्यकर्ता तफसिर सेयापोसले इस्लामको पवित्र धर्ममा हरेक दिन शिक्षाको दिन हो, दुर्भाग्यवश, आज अन्तर्राष्ट्रिय शिक्षा दिवसमा विद्यालय र विश्वविद्यालयहरू बन्द रहेको बताउनुभयो । उहाँले आफुहरू इस्लामिक सरकारले सकेसम्म चाँडो बिशोरीहको शिक्षाको सुनिश्चितता गर्ने विषयमा आशावादी रहेको बताउनुभएको छ ।
तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले छैटौँ कक्षाभन्दा माथिका बालिकाहरूको शिक्षामा कुनै विषय उठान गर्नु भएन । यद्यपि, उहाँले शिक्षाको व्यवस्था वर्तमान सरकारको प्राथमिकतामध्ये एक रहेको बताउनुभएको छ ।
मुजाहिदले शिक्षा धेरै आवश्यकतामध्ये एक भएको बताउदै इस्लामिक इमिरेट्सले शिक्षालाई प्राथमिकता दिएको र बजेटलाई शिक्षा क्षेत्रमा बढी केन्द्रित गर्ने प्रयास गरिरहेको बताउनुभयो । अफगानिस्तानमा छैटौँ कक्षाभन्दा माथिका केटीहरूलाई विद्यालय जान नदिई ८०० दिन बितिसकेको छ । लगभग चार सय दिन विश्वविद्यालयहरू महिला विद्यार्थीहरूका लागि बन्द गरिएका छन् ।
Comments
अरु समाचार
-
विमान उडानमा वैज्ञानिकहरूको नयाँ प्रयास, प्रभावकारी उडानका लागि एआईको प्रयोग
काठमाडौं। विमानले बनाउने लामो समय टिक्ने ‘कन्ट्रेल’ अर्थात विमान आकाशमा उड्दा बन्ने बादलजस्तो धर्का बाट हुने जलवायु प्रभाव घटाउन कृत्रिम...
-
नेपाली मदिराको लोगो वा ट्रेडमार्कमा ‘Scotch’ वा ‘Scottish’ शब्द प्रयोग गर्न नपाइने: सर्वोच्च
काठमाडौं । नेपालमा उत्पादित मदिराजन्य पेय पदार्थको ट्रेडमार्क वा लोगोमा अन्तर्राष्ट्रिय रूपमा संरक्षित भौगोलिक संकेत (Geographical Indication- GI) का रूपमा...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६ः फ्रान्स र मोरक्कोबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने
काठमाडौँ । विश्वकप फुटबल २०२६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुने भएको छ । शनिबार राति भएका...
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतले किन जनायो आपत्ति ?
नयाँदिल्ली । भारत सरकारले अनलाइन ठगी, फिसिङ र नक्कली परिचयमार्फत हुने साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको...
-
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा
काठमाडौं। २०१० को च्याम्पियन स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न राउन्ड अफ ३२...
-
सेनालाई बलियो बनाउने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने चिनियाँ राष्ट्रपतिको प्रतिबद्धता
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको...
-
विभिन्न जेलमा रहेका ३३ नेपाली कैदीलाई साउदी सरकारले दियो माफी
काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका ३३ जना नेपाली कैदीलाई 'माफी' दिएको छ । रमजान महिनाको...
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...












