नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशतले हुने आईएमएफको प्रक्षेपण
काठमाडौं । सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशतले हुने अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले प्रक्षेपण गरेको छ । यो प्रक्षेपण आईएमएफले मंगलबार सार्वजनिक गरेको वर्ल्ड इकोनोमिक आउटलुक २०२४ मा उल्लेख छ ।
नेपाल राष्ट्र बैंकले पनि गत महिना जारी गरेको प्रक्षेपणमा नेपालको आर्थिक वृद्धिदर चारदेखि पाँच प्रतिशतको बीचमा हुने जनाएको थियो । आईएमएफका प्रमुख अर्थशास्त्री पीएरे ओलिभर गुरान्चासले विश्व अर्थतन्त्रमा मुद्रास्फिति निरन्तर घट्दै वृद्धितर्फ उन्मुख भएर सफ्ट ल्यान्डिङतर्फ उन्मुख भएको जारी प्रतिवेदनमा उल्लेख गरेका छन् ।
साथै, उनले अर्थतन्त्र विस्तार सुस्त भएको जनाउँदै अगाडि बाधाहरू हुनसक्ने उल्लेख गरे । वर्ल्ड इकोनोमिक आउटलुकका अनुसार विश्व अर्थतन्त्र सन् २०२४ मा तीन दशमलव एक प्रतिशतले वृद्धि हुने जनाइएको छ । प्रतिवेदनले अमेरिकाको आर्थिक वृद्धिदर दुई दशमलव एक प्रतिशत हुने देखाएको छ ।
त्यसैगरी सन् २०२४ को मुद्रास्फिति दर ६ दशमलव सातले बढ्ने जनाएको छ । नेपालका दुई छिमेकी राष्ट्रहरू भारत र चीनको आर्थिक वृद्धिदर साढे ६ प्रतिशत र चार दशमलव ६ प्रतिशत हुने आईएमएफको प्रक्षेपण छ । भारत निरन्तर तीब्र र आर्थिक वृद्धि गर्ने राष्ट्रमध्ये एक बनेको छ ।
Comments
अरु समाचार
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
‘फ्लोरा एक्स्पो’ : एक करोड २२ लाख बढीको कारोबार
काठमाडाैं । पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाख रुपैयाँ बढीको कारोबार गर्दै...
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा सडक विस्तार भइरहेको छ । तीन वर्षअघि सुरु गरिएको जम्मा...
-
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्क
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबदेखि नेपाली मूलका नागरिकका लागि अलग्गै डेस्कको व्यवस्था गरिने भएको छ । विश्वमा रहेका नेपाली...
-
आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब, कुन-कुन देशसँग व्यापार नाफा ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले करिब रू ११ खर्बको व्यापार घाटा बेहारेको छ ।...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
मुस्ताङमा पटकपटक हिमपात, किसान र पशुपालक व्यवसायीलाई राहत
मुस्ताङ । मुस्ताङमा जारी सिजनको छैटौँ पटकको हिमपातले यहाँका किसान र पशुपालक व्यवसायीलाई राहत मिलेको छ । यस वर्ष अनुकूल...
-
अमेरिकी डलरको भाउ १५० नाघ्यो, अरू कुन मुद्राको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (चैत ७)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार, अमेरिकी...












