खोटाङमा १ अर्ब ५ करोड बढीको अलैंची उत्पादन
काठमाडौं । खोटाङ जिल्लामा यस वर्ष १ अर्ब ५ करोड बढीको अलैंची उत्पादन भएको छ । जिल्लाको १ हजार ६५ हेक्टरमा ६ सय १.६४ मेट्रिक टन उत्पादन हुँदा १ अर्ब ५ करोड २८ लाख ७० हजार रुपैयाँ बराबरको अलैंची उत्पादन भएको हो ।
कृषि ज्ञान केन्द्र खोटाङका प्राविधिक सहायक कृष्ण तामाङका अनुसार सबैभन्दा बढी केपिलासगढी गाउँपालिकामा उत्पादन भएको छ । उक्त पालिकाको ६ सय ९ हेक्टरमा ३ सय ४४.९ मेट्रिकटन अलैंची उत्पादन भएको छ । खोटेहाङ गाउँपालिकामा २ सय ९६ हेक्टरमा १ सय ६७ दशमलव २४ मेट्रिक टन अलैंची उत्पादन भएको छ । साकेला गाउँपालिकामा ४० हेक्टरमा २५.९९ मेट्रिकटन उत्पादन भएको छ । त्यस्तै दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ४५ हेक्टरमा २५.४३ मेट्रिकटन अलैंची उत्पादन भएको तामाङले बताए ।
बराहापोखरी गाउँपालिकामा २५ हेक्टरमा १४.१३ मेट्रिक टन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १७ हेक्टरमा ९.५२ मेट्रिक टन, ऐसेलुखर्क गाउँपालिकामा १५ हेक्टरमा ८.४८ मेट्रिक टन, जन्तेढुंगा गाउँपालिकामा १० हेक्टरमा ५.६५ मेट्रिक टन र रावाबेसी गाउँपालिकामा २ हेक्टरमा १.१३ मेट्रिकटन अलैंची उत्पादन भएको कृषि ज्ञान केन्द्र खोटाङको रेकर्डमा उल्लेख छ ।
केपिलासगढी गाउँपालिका–१ फेदीमा ३ करोड रुपैयाँ भित्रिएको वडाध्यक्ष निरकुमार राईले बताए । यस वर्ष अघिल्लो वर्षको तुलनामा अलैंची उत्पादन बढेको उनले बताए । उनका अनुसार यस वर्ष १० प्रतिशतले अलैंची उत्पादनमा वृद्धि भएको छ । यसबाट राम्रो आम्दानी भएको उनको भनाइ छ । ‘पोहोरको तुलनामा यस वर्ष १० प्रतिशतले अलैंची उत्पादन बढेको छ,’ वडाध्यक्ष राईले भने, ‘ठेकेदारले घरमै आएर प्रतिमन ६७ हजार रुपैयाँका दरले किनेर लग्यो ।’
उक्त पालिकाकै वडा नं ७ सुङदेलमा पनि अलैंची उत्पादन बढेको छ । उक्त वडामा १ करोड ६३ लाख रुपैयाँको अलैंची निकासी भएको स्थानीय भूपिन्द्र कोयी राईले बताए । सुङ्देलमा गत वर्षको तुलनामा उत्पादन घटे पनि मूल्य पाएकाले राम्रो आम्दानी भएको उनको भनाइ छ । ‘पोहोरको तुलनामा उत्पादन निकै घटे पनि मूल्य पाएकाले राम्रो आम्दानी भयो,’ उनले भने, ‘यस वर्ष हामीकहाँ प्रतिमन ७० हजारका दरले किनबेच भयो ।’
खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका किसानले पनि अलैंचीबाट मनग्गे आम्दानी गरेका छन् । उक्त वडामा ३ करोड ५० लाख रुपैयाँ भित्रिएको गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले बताए । ‘हाम्रो एउटै वडामा ५ सय मनभन्दा बढी अलैंची बिक्री भएको छ,’ उनले भने, ‘पहिल्लो अवधिमा प्रतिमन ७५ हजारले बिक्री हुँदा ३ करोड ५० लाख रुपैयाँको अलैंची निकासी भएको छ ।’
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











