खोटाङमा १ अर्ब ५ करोड बढीको अलैंची उत्पादन
काठमाडौं । खोटाङ जिल्लामा यस वर्ष १ अर्ब ५ करोड बढीको अलैंची उत्पादन भएको छ । जिल्लाको १ हजार ६५ हेक्टरमा ६ सय १.६४ मेट्रिक टन उत्पादन हुँदा १ अर्ब ५ करोड २८ लाख ७० हजार रुपैयाँ बराबरको अलैंची उत्पादन भएको हो ।
कृषि ज्ञान केन्द्र खोटाङका प्राविधिक सहायक कृष्ण तामाङका अनुसार सबैभन्दा बढी केपिलासगढी गाउँपालिकामा उत्पादन भएको छ । उक्त पालिकाको ६ सय ९ हेक्टरमा ३ सय ४४.९ मेट्रिकटन अलैंची उत्पादन भएको छ । खोटेहाङ गाउँपालिकामा २ सय ९६ हेक्टरमा १ सय ६७ दशमलव २४ मेट्रिक टन अलैंची उत्पादन भएको छ । साकेला गाउँपालिकामा ४० हेक्टरमा २५.९९ मेट्रिकटन उत्पादन भएको छ । त्यस्तै दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ४५ हेक्टरमा २५.४३ मेट्रिकटन अलैंची उत्पादन भएको तामाङले बताए ।
बराहापोखरी गाउँपालिकामा २५ हेक्टरमा १४.१३ मेट्रिक टन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १७ हेक्टरमा ९.५२ मेट्रिक टन, ऐसेलुखर्क गाउँपालिकामा १५ हेक्टरमा ८.४८ मेट्रिक टन, जन्तेढुंगा गाउँपालिकामा १० हेक्टरमा ५.६५ मेट्रिक टन र रावाबेसी गाउँपालिकामा २ हेक्टरमा १.१३ मेट्रिकटन अलैंची उत्पादन भएको कृषि ज्ञान केन्द्र खोटाङको रेकर्डमा उल्लेख छ ।
केपिलासगढी गाउँपालिका–१ फेदीमा ३ करोड रुपैयाँ भित्रिएको वडाध्यक्ष निरकुमार राईले बताए । यस वर्ष अघिल्लो वर्षको तुलनामा अलैंची उत्पादन बढेको उनले बताए । उनका अनुसार यस वर्ष १० प्रतिशतले अलैंची उत्पादनमा वृद्धि भएको छ । यसबाट राम्रो आम्दानी भएको उनको भनाइ छ । ‘पोहोरको तुलनामा यस वर्ष १० प्रतिशतले अलैंची उत्पादन बढेको छ,’ वडाध्यक्ष राईले भने, ‘ठेकेदारले घरमै आएर प्रतिमन ६७ हजार रुपैयाँका दरले किनेर लग्यो ।’
उक्त पालिकाकै वडा नं ७ सुङदेलमा पनि अलैंची उत्पादन बढेको छ । उक्त वडामा १ करोड ६३ लाख रुपैयाँको अलैंची निकासी भएको स्थानीय भूपिन्द्र कोयी राईले बताए । सुङ्देलमा गत वर्षको तुलनामा उत्पादन घटे पनि मूल्य पाएकाले राम्रो आम्दानी भएको उनको भनाइ छ । ‘पोहोरको तुलनामा उत्पादन निकै घटे पनि मूल्य पाएकाले राम्रो आम्दानी भयो,’ उनले भने, ‘यस वर्ष हामीकहाँ प्रतिमन ७० हजारका दरले किनबेच भयो ।’
खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका किसानले पनि अलैंचीबाट मनग्गे आम्दानी गरेका छन् । उक्त वडामा ३ करोड ५० लाख रुपैयाँ भित्रिएको गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले बताए । ‘हाम्रो एउटै वडामा ५ सय मनभन्दा बढी अलैंची बिक्री भएको छ,’ उनले भने, ‘पहिल्लो अवधिमा प्रतिमन ७५ हजारले बिक्री हुँदा ३ करोड ५० लाख रुपैयाँको अलैंची निकासी भएको छ ।’
Comments
अरु समाचार
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...












