संयुक्त राष्ट्रसंघीय महासचिवद्वारा गाजा र वरपरका क्षेत्रमा तनाव कम गर्न आवाश्यक कदम चाल्न आह्वान
गाजा । संयुक्त राष्ट्रसङ्का महासचिव एन्टोनियो गुटेरेसले बुधबार गाजालगायत छिमेकी क्षेत्रमा तनाव कम गर्न तत्काल कदम चाल्न आग्रह गर्नुभएको छ । असहज परिस्थितिलाई समयमै नियन्त्रण गरी यस क्षेत्रलाई थप हिंसाबाट बचाउन तत्काल कदम चाल्न महासचिव गुटेरेसले आह्वान गर्नु भएको हो । संयुक्त राष्ट्रसङ्घका शिर्ष अधिकारीले प्यालेस्टिनी जनताको अपरिहार्य अधिकारको अभ्याससम्बन्धि समितिको बैठकसमेतमा यो विषयको उठान गरेका थिए ।
महासचिवले गाजामा बढ्दो आवश्यकता सम्बोधन गर्न, पूर्वी जेरुसेलमसहित कब्जा गरिएको क्षेत्रको अवस्थामा पनि केन्द्रित रहेको बताउनुभयो ।यो श्रीङ्खलाबद्ध सबै हिंसा रोकी अपराधिलाई जवाफदेही बनाउनुपर्ने उहाँको भनाइ छ । महासचिवले प्यालेस्टाइनको लामो प्रश्न र बढ्दो हिंसाका बीचमा समितिको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्नुभयो ।
गाजामा भएको घटनालाई साझा मानवता र अन्तस्करणमा दाग भन्दै महासचिवले विगत एक सय २० दिनमा मृत्यु, बिनाश, विस्थापन, भोकमरी, क्षति र दुःख भएकोमा शोक व्यक्त गर्नुभयो । गाजामा मात्रै दुई तिहाइभन्दा बढी महिला तथा बालबालिकासहित २६ हजार सात सय ५० भन्दाबढी प्यालेस्टिनी मारिएको विषयमा जोड दिँदै उहाँले सर्वसाधारणको हत्या र अपाङ्गता भएका सैन्य आक्रमणमा असन्तुष्टि ब्यक्त गर्नुभयो ।
गुटेरेसले नागरिक पूर्वाधारमा गम्भीर असर परेको औँल्याउदै गाजामा घर, अस्पताल, विद्यालय, पानी र सरसफाइ सुविधाहरूसहित ७० प्रतिशतभन्दा बढी संरचना नष्ट भएको बताउनुभयो ।अन्तर्राष्ट्रिय मानवीय कानुनको सिद्धान्तलाई पुनःपुष्टि गर्दै उहाँले द्वन्द्वको कुनै पनि पक्ष अन्तर्राष्ट्रिय कानुनभन्दा माथि नहुने कुरामा जोड दिनुभयो ।
महासचिवले प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय राहतकार्य एजेन्सी (युएनआरडब्लुए)का कर्मचारी विरुद्धको गम्भीर आरोपहरूलाई सम्बोधन गर्दै आरोपबाट व्यक्तिगतरूपमा आफु डराएको बताउनुभयो । उहाँले युएनआरडब्लुएको महत्वपूर्णकार्य बताउँदै चालिएका कदमहरूको रूपरेखा प्रस्तुत गर्नुभयो । गाजाको मानवीय प्रणाली पतनको सङ्घारमा पुगेको बताउँदै २।२ मिलियन मानिसले सामाना गरिरहेको अमानवीय अवस्थामा महासचिवले द्रुत, सुरक्षित, निर्बाध, विस्तारित र दिगो मानवीय पहुँचको लागि आह्वान गर्नुभयो ।
उहाँले तत्काल मानवीय युद्धविरामका लागि निवेदनको साथसाथै भीड कम गर्न र निरन्तर मानवीय पहुँच सुनिश्चित गर्ने आवश्यकतामा जोड दिनुभयो । गुटेरेसले दुई–राज्य समाधानको दिशामा प्रगति गर्न आह्वान गर्नुभयो । दुई–राज्य समाधानले प्यालेस्टिनी जनताको अपरिहार्य अधिकारको प्राप्ति भई सो क्षेत्रमा न्यायपूर्ण र स्थायी शान्ति र स्थिरता सुनिश्चित गर्न सक्ने उहाँको भनाइ छ । उहाँले अन्तर्राष्ट्रिय समुदायलाई अर्थपूर्ण शान्ति प्रक्रियालाई अगाडि बढाउन आफ्नो प्रतिबद्धतामा अडिग रहन पनि आग्रह गर्नुभएको छ ।
Comments
अरु समाचार
-
रुसद्वारा आयोजित ओपन डायलगमा डा. विशाल ढकालः घरमै स्वास्थ्य सेवाको प्रवर्द्धनमा जोड
काठमाडौं । हेल्थ एट होमका फाउण्डर तथा नेपालका युवा स्वास्थ्य उद्यमी डा. विशाल ढकालले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो नवीन अवधारणा प्रस्तुत...
-
वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ : असंलग्न र सन्तुलित परराष्ट्र नीतिमा विज्ञको जोड
काठमाडौँ । नेपाल अफ्रो–एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१ औँ वार्षिकोत्सव काठमाडौँमा सम्पन्न गरेको छ। काठमाडौँस्थित होटल येलो प्यागोडामा आयोजित...
-
म्यानमानरकी नेत्री आङसान सुकीलाई जेलबाट घरमै नजरबन्दमा सारियो
काठमाडौं । । म्यानमारको सैनिक सरकारले थुनामा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सूकीलाई घरमा नजरबन्दमा सारिएको जनाएको छ । थुनामा...
-
मेटामाथि औपचारिक रूपमा ईयूको दबाब, सामाजिक सञ्जालमा बालबालिकाको सुरक्षा गर्न असफल भएको आरोप
काठमाडौं । बालबालिकाको सुरक्षामा गम्भीर कमजोरी देखिएको भन्दै युरोपेली सङ्घ (ईयू) ले प्रविधि कम्पनी मेटामाथि औपचारिक रूपमा दबाव बढाएको छ...
-
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत...
-
नयाँ सम्झौता नभएसम्म इरानको बन्दरगाहमा लगाइएको नाकाबन्दी हटाइँदैन: ट्रम्प
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म उसको बन्दरगाहमा लगाइएको ‘ब्लकेड’ (नाकाबन्दी) नहटाउने स्पष्ट पारेका छन् ।...
-
युद्ध अन्त्यको प्रयासमा ट्रम्प, अमेरिकी वार्ताकारहरू आज पुनः पाकिस्तानमा
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताएका छन्।...
-
हर्मुज जलमार्ग खुला गर्ने इरानको घोषणा, ट्रम्प भन्छन्- विश्वका लागि सकारात्मक कदम
तेहरान । इरानले विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग मानिने हर्मुज मार्ग व्यापारिक जहाजका लागि खुला गर्ने घोषणा गरेको छ ।...
-
Chinese Embassy in Nepal Launches ‘Chinese Embassy Youth Pioneer Program’
Kathmandu: The Chinese Embassy in Nepal has launched the 'Chinese Embassy Youth Pioneer Program' with the objective of empowering Nepali...












