टर्कीका राष्ट्रपतिद्वारा गाजामा इजरायली आक्रमणबिरूद्ध इस्लामिक देशहरूलाई एकताको लागि आह्वान
इस्तानबुल । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले शुक्रबार गाजा पट्टीमा जारी इजरायली आक्रमणको प्रतिक्रियामा एकताबद्ध भएर काम गर्न इस्लामिक देशहरूलाई आह्वान गर्नु भएको छ। इस्तानबुलमा आयोजित इस्लामिक सहयोग युवा मञ्चको पाँचौं महासभालाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
‘हामी हाम्रो कूटनीतिक सम्पर्क जारी राखिरहेका छौं ताकि इस्लामिक देशहरूले गाजामा इजरायली क्रूरता विरुद्ध एकजुट हुन सकून्,’ एर्डोगानले भन्नुभयो ।
इजरायलले गरेको मानवता विरुद्धको अपराध र युद्ध अपराधलाई अन्तरराष्ट्रिय क्षेत्रमा नजरअन्दाज नगर्ने कुरा सुनिश्चित गर्न कडा मेहनत गरिरहेको उहाँको धारणा छ। यसैबीच उहाँले स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न र विश्वव्यापी रूपमा मान्यता प्राप्त प्यालेस्टाइन राज्यको स्थापनालाई समर्थन गर्ने टर्कीको प्रतिबद्धता दोहोर्याउनु भएको छ ।
‘हामी हाम्रो संघर्ष जारी राख्नेछौं जबसम्म एक स्वतन्त्र र क्षेत्रीय रूपमा एकीकृत प्यालेस्टाइन राज्यको स्थापना पूर्वी जेरुसेलमको राजधानीको रूपमा १९६७ सीमानामा हुँदैन,’एर्डोगानले भन्नुभयो । हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा एक्कासी आक्रमण गरी १ हजार २०० जनाको हत्या गरेपछि इजरायलले हमास(शासित गाजा विरुद्ध ठूलो सैन्य आक्रमण गरिरहेको छ । त्यसयता इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २७ हजार ९४७ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












