किन मागियो रवि लामिछाने र जीबी राईको बैंक खाता विवरण ?
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र सहकारी ठगी प्रकरणमा फरार रहेका ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक गीतेन्द्रबहादुर राईको बैंक खाताबारे अनुसन्धान थालेको छ ।
विभागले २०८० माघ ८ गते काठमाडौंमा रहेका सबै वाणिज्य बैंकहरुलाई पत्र लेखेर बैंक खाता भए नभएको र भएमा कस्तो खाता छ भनी सोधेको छ । त्यस्तै बैंक खाताको सबै विवरण,बैंक स्टेटमेन्ट,खाता खोल्दा पेश गरेका कागजात र हालको मौज्दात रकमको समेत विवरण माग गरेको हो । बैंकहरुमा प्राप्त पत्र भर्खरै लिक भएको छ । जसमा लामिछाने र राईमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको जाँचबुझका सिलसिलामा खाता विवरण चाहिएको भनिएको छ ।
स्रोतले दुवैजनामाथि उजुरी परेकाले छानविनको प्रारम्भिक चरणमा बैंकहरुबाट खातासम्बन्धी विवरण मागिएको जनाएको छ । कुनै पनि व्यक्तिको बारेमा उजुरी परेपछि यहि प्रक्रियाबाट विवरण माग्ने गरिएको र यो पनि त्यस्तै प्रकृतिको पत्र भएको दावी विभागका एक उच्च अधिकारीको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रधानमन्त्री मातहत रहेको छ । रवि लामिछानेलाई जीबी राईको सहकारी घोटाला प्रकरणमा मुछ्ने प्रयास भइरहेका बेला प्राप्त उजुरीमाथि छानबिन गर्न यो कदम चालिएको स्रोतको दाबी छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












