आजको राशिफल : २०८० साल फागुन ६ गते आइतबार
मेष : सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । व्यवसायमा वृद्धि हुनेछ । कला मनोरञ्जनका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । मित्र सहयोग प्राप्त हुनुका साथै कार्य लाभका योग देखिन्छन् । पारिवारिक सुख मिल्नेछ । शत्रु पक्ष भने सबल रहनेछन् । कार्यमा सजगता अपनाउनु नै उचित हुनेछ । स्वास्थ्यमा पनि उतार चढाब रहनेछ ।
वृष” वाणिज्य क्षेत्रबाट विशेष उन्नति हुनेछ । पारिवारिक साथ सहयोग मिल्नेछ । स्वास्थ्यको क्षेत्र सबल रहने देखिन्छ । अध्ययनमा रुचि जाग्नुका साथै उल्लेख्य प्रगति हुने देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । आमदानीका स्रोत बढ्नुका साथै कार्य गर्ने उत्साह मनमा जागृत हुने देखिन्छ ।
मिथुन :यात्राको विशेष योग देखिन्छन् । अध्ययनमा रुचि जाग्नुका साथै विद्या क्षेत्रमा सफलता हातपर्ने देखिन्छ । परिवारको साथ सहयोग मिल्नेछ । बोलीमा ओज रहे पनि कार्यान्वयनको पक्ष फितलो रहने देखिन्छ । शत्रु क्षेत्र सबल रहने भएकाले सजग रहनु नै उत्तम हुनेछ । स्वास्थ्यको क्षेत्र मध्यम रहनेछ ।
कर्कट: मित्रप्रतिको विश्वास कार्य सम्मपन्नताका लागि कच्चा हुन सक्नेछ । शत्रु पक्ष पनि सबल रहनक्ने छन् । भौतिकवस्तु भने लाभदायी रहने देखिन्छ । कार्यमा उन्नति हुने देखिन्छ । प्रेममा सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जानेछ । स्वास्थ्यमा सजग रहनु नै उत्तम हुने देखिन्छ । गणेशजीको उपासना शुभफलदायी रहनेछ ।
सिंह : बोलीको विशेष प्रभाव रहनेछ । धनको क्षेत्र सबल रहे पनि खर्चमा भने वृद्धि हुनसक्ने देखिन्छ । यात्राका सुखद् अवसर प्राप्त हुनेछन् । भौतिक वस्तु लाभदायी रहनेछन् । मित्र सहयोग प्राप्त हुनुका साथै पदोन्नतिका अवसर पनि मिल्ने देखिन्छ । स्वास्थ्यको क्षेत्र सबल रहने देखिन्छ ।
कन्या : भौतिक वस्तु लाभदायी रहनेछन् । कृषि कर्ममा मन जानेछ । नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छन् । पारिवारिक साथ सहयोगले महिना सुखद् रहनेछ । प्रेममा सफलता प्राप्त हुनुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । सुखद् यात्राका योग पनि देखिन्छन् ।
तुला :श्रीवृद्धिका साथै कार्य प्राप्तिको योग पनि देखिन्छ । मित्रजनबाट सुख मिल्नेछ । सामाजिक मान प्रतिष्ठा बढ्नुका साथै मनमा उत्साह छाउनेछ । अध्ययन अध्यापनका क्षेत्रमा प्रगति हुने देखिन्छ । शत्रु पक्ष सबल रहनुका साथै कार्यमा व्यवधान खडा गर्न सक्नेछन् । स्वास्थ्यको क्षेत्रमा सजग रहनु उपयुक्त हुने देखिन्छ ।
वृश्चिक: भूधन लाभदायी रहनेछ । कार्य लाभका साथै सामाजिक मान प्रतिष्ठा पनि प्राप्त हुने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । शत्रु पक्ष सबल रहनेछन् । कार्यमा अस्थिरता रहनुका साथै बोलीमा पनि विकार रहनसक्नेछ । प्रेम जीवन मध्यम रहनेछ । धातुजन्य वस्तु हानिकारक रहन सक्नेछन् ।
धनु :भौतिक वस्तु लाभदायी रहनेछन् । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राका अवसर पनि मिल्नेछन् । प्रेम जीवन सुखद् रहनेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै नयाँ कार्य गर्ने उत्साह मनमा छाउनेछ । कर्म क्षेत्र बलवान् देखिन्छ । व्यवसायमा उन्नति हुने देखिन्छ ।
मकर: आफन्त एवं परिवारजनबाट पनि विशेष लाभ हुनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै सुखद् यात्राको योग पनि देखिन्छन् । कर्म क्षेत्र बलवान् छ । शत्रु पक्ष भने सबल रहनेछन् । स्वास्थ्यमा प्रतिकूलता रहने भएकाले शीतजन्य वस्तुको प्रयोगमा सजगता अपनाउनु शुभ रहनेछ ।
कुम्भ: मित्र प्राप्तिका साथै कार्य लाभका योग देखिन्छन् । स्वास्थ्यको क्षेत्र मध्यम छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । सामाजिक कार्यमका विशेष रुचि जाग्नेछ । विद्याबाट लाभ हुनेछ । जलीय पदार्थ विशेष लाभदायी रहनेछन् । धार्मिक कार्यमा पनि मन जानेछ ।
मीन: प्रेम जीवन सुखद् रहने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्रबाट पनि लाभ हुनेछ । सन्तान सुखका साथै व्यापार व्यवसायबाट पनि लाभ हुने देखिन्छ । बोलीमा भने विकार रहनसक्नेछ । महिनाको उत्तराद्र्धमा स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै कार्यमा अस्थिरता पनि रहनसक्ने देखिन्छ ।
Comments
अरु समाचार
-
६ सांसदले समयमा सम्पत्ति विवरण बुझाएनन्, पाँच जना रास्वपाका
काठमाडौँ — प्रतिनिधिसभाका ६ जना सांसदले तोकिएको समयभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन असफल भएका छन्। संघीय संसद् सचिवालयका अनुसार जेठ...
-
पत्रकार किशोर श्रेष्ठलाई धम्क्याउने प्रयासप्रति नेपाल पत्रकार महासंघको आपत्ति
काठमाडौं । नेपाल पत्रकार महासंघले समाचारका विषयवस्तुलाई लिएर पत्रकार किशोर श्रेष्ठलाई प्रहरी प्रयोग गरी धरपकड गर्ने प्रयास भएको भन्दै गम्भीर...
-
वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथिको सरकारी धरपकड र दबाब निन्दनीयः प्रेस चौतारी नेपाल
काठमाडौं । प्रेस चौतारी नेपालले प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठमाथि भइरहेको दुर्व्यवहारको भत्सर्ना गरेको...
-
गोर्खा ब्रुअरी कर छली मुद्दा सर्वोच्चमा स्थगित
काठमाडाैं । गोर्खा ब्रुअरीविरुद्ध सर्वोच्च अदालतमा चलिरहेको मुद्दा आजपनि स्थगितमा परेको छ। प्रधानन्यायाधीशमा मनोज शर्माको इन्ट्रिसंगै रास्वपा सरकारले भन्दै आएको...
-
गलत काम गरिन्न, गलत गर्नेलाई छाडिन्न : वरिष्ठ पत्रकार श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले आफूले पनि गलत काम नगर्ने र गलत काम गर्नेलाई पनि नछाड्ने बताएका छन् ।...
-
जनआस्था कार्यालयमा नगद र रक्सी प्रकरण: चिनियाँ दूतावासले जनायो आपत्ति
काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपाली सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा फैलिएको “चिनियाँ नागरिकले केही पत्रकारलाई घुस दिन खोजेको” भन्ने...
-
सपनामाथि मनोजको प्रतिशोध बारले रोकेपछि….
काठमाडाैं । न्याय परिषद्को सदस्यबाट समेत प्रतिशोध साँध्न प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले चालेको कदममा ब्रेक लागेको छ। न्याय परिषद्मा प्रधानन्यायाधीश,...
-
पूर्वराजदूत ओलीद्वारा सिचाङको ‘पर्यावरणीय सभ्यता’ मोडेलको प्रशंसा
काठमाडाैं । चीनका लागि पूर्व नेपाली राजदूत कृष्णप्रसाद ओलीले सिचाङ (तिब्बत) केन्द्रित ‘पर्यावरणीय सभ्यता’ अवधारणाको प्रशंसा गरेका छन्। सिचाङ ‘शान्तिपूर्ण...
-
आज पनि एमालेको सचिवालय बैठक, कस्तो होला निष्कर्ष ?
काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास...












