आजदेखि धेरै स्थानमा वर्षाको सम्भावना, पश्चिमी भूभाग बढी प्रभावित हुने
काठमाडौं । आज (सोमबार)देखि नेपालका धेरै स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले हिजो आइतबार विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीको असरले वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सोमबारदेखि शुक्रबारसम्म नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ । शनिबारदेखि मात्र मौसम सुधार हुँदै जाने छ ।
यो प्रणाली गत माघ तेस्रो साताको प्रणालीभन्दा शक्तिशाली छ। त्यसैले त्यतिबेलाको भन्दा यसपटक अलि बढी बादल र वर्षा हुने प्रक्षेपण छ । पश्चिमी वायु नेपाल छिरिसकेकाले अधिकांश स्थानमा आइतबार अपराह्नदेखि नै बादल लागिसकेको छ । तर वर्षा आज (सोमबार)देखि सुरु हुने सम्भावना छ ।
यो प्रणालीको असर देशभर एकनासको भने हुनेछैन । ‘यसको प्रभाव पश्चिम नेपालमा बढी हुनेछ, मध्य भेगमा हल्का र पूर्वी तराइमा ज्यादै न्यून प्रभाव रहने देखिन्छ,’ त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। विनोद पोखरेल भन्छन्, ‘अब लगातार तीन दिनसम्म घाम नलाग्ने नै देखिन्छ ।’
उनका अनुसार आजदेखि पश्चिमी भूभाग, विशेष गरी सुदूरपश्चिम र कर्णाली प्रदेशका माथिल्लो भेगमा राम्रै वर्षा हुने सम्भावना छ । मंगलबार यसको असर अझै बढी देखिने छ । त्यसैले सुदूरपश्चिम र कर्णाली प्रदेशभर मंगलबार पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना छ । बुधबारदेखि पानी पर्ने क्रम कम हुँदै जाने छ । तर बादल भने डम्मै लाग्ने सम्भावना छ । आज नै लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
थोरै स्थान भन्नाले १० देखि ३० प्रतिशतसम्म ओगटिएको क्षेत्र भन्ने बुझिन्छ भने केही स्थान भन्नाले ३० देखि ५० प्रतिशतसम्मको क्षेत्रलाई बुझिन्छ । हल्का वर्षाले १० मिलिमिटरभन्दा कम वर्षालाई जनाउँछ भने मध्यम वर्षा भन्नाले १० मिलिमिटरभन्दा बढी र ५० मिलिमिटर भन्दा कम वर्षालाई बुझिन्छ ।
पश्चिमी वायुको अहिलेको प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जानेछ । त्यसक्रममा मंगलबारदेखि बुधबारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बिहीबार बागमती, मधेश र कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
शुक्रबार भने गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा। पोखरेलका अनुसार लुम्बिनी प्रदेशको पश्चिमी भाग बढी प्रभावित हुनेछ ।
यो प्रणालीको असर काठमाडौं उपत्यकामा पनि देखिने छ । काठमाडौंमा पनि मंगलबारदेखि नै असर देखिन थाल्ने छ । काठमाडौंमा हल्का वर्षाको सम्भावना छ । ‘काठमाडौंमा अस्तिको बेलामा भन्दा बढी वर्षा हुने देखिन्छ,’ मौसमविद पोखरेलले भने । मधेश प्रदेशमा भने वर्षाको सम्भावना ज्यादै कम रहेको उनले बताए । ‘मधेशमा पानी परिहालेछ भने पनि छिटफुट होला, त्यो पनि ज्यादै कम सम्भावना देख्छु,’ उनले भने । कोशी प्रदेशमा भने पहाडी भेगमा वर्षाको सम्भावना छ ।
यस वर्षको हिउँदयाम सकिन दुई हप्ताभन्दा कम समय बाँकी छ । तर हिउँदयाममा जति पानी पर्नुपर्ने हो त्यति अझै परेको छैन । अहिलेको वर्षाले पनि पानीको अभावलाई पूर्ति नगर्ने मौसमविद बताउँछन् । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा नेपालका अधिकांश स्थानमा सरदरभन्दा बढी हिउँदे वर्षा हुने प्रक्षेपण गत मंसिरमा सार्वजनिक गरेको थियो । नेपालमा मंसिर १५ गतेदेखि फागुन १५ गतेसम्मको अवधिलाई हिउँदयाम मानिन्छ ।
यो अवधिमा ६०।१ मिलिमिटरसम्मको वर्षालाई सरदर मानिएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद सुदर्शन हुमागाईंका अनुसार हिउँदमा वर्षभरि हुने वर्षामध्ये करिब ४ प्रतिशत पानी पर्ने गर्छ । तर यस वर्षको हिउँदयाम सकिनै लाग्दा पनि पूर्वप्रक्षेपण अनुसार वर्षा भएको छैन ।
‘अब यो हिउँद सकिन १०/१२ दिन मात्र बाँकी छ । हालसम्म हिउँदयाममा सरदर ७।६ मिलिमिटर मात्र वर्षा भएको छ । यो हिउँदको वर्षाको करिब १३ प्रतिशत मात्र हुन्छ,’ हुमागाईंले भने । अहिलेको प्रणालीले सुदूरपश्चिम र कर्णाली प्रदेशका उत्तरी भूभागमा बढी पानी पर्ने भएकाले त्यसले सरदरको अलि नजिक पुग्ने देखिए पनि बाँकी भूभागमा भने सरदरको नजिक पनि नपुग्ने उनले बताए ।
अर्का वरिष्ठ मौसमविद डा पोखरेलले पनि अहिलेको प्रणालीले हिउँदयामको वर्षाको सरदर मात्र नपुग्ने बताए। ‘धेरै ठाउँमा अहिले पनि वर्षा शून्य प्रतिशत नै छ । पानी परेका ठाउँमा पनि जति पर्नुपर्ने हो त्यसको लगभग १०–१५ प्रतिशतभन्दा बढी परेको छैन । अलिकति बढी पानी परेको कर्णाली प्रदेशतिर मात्र हो,’ मौसमविद पोखरेलले भने, ‘अहिलेको वर्षाले पनि त्यसलाई पूर्ति गर्ने देखिँदैन ।’
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
विदेश भाग्ने तयारीपछि क्यानका महानिर्देशक प्रदीप अधिकारी अख्तियारको नियन्त्रणमा
काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी विदेश भाग्ने तयारीमा जुटेपछि पक्राउ परेका छ्न् । बुधबार तारेखका...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...












