नेपाल ‘ए’ ले आज क्यानडाविरुद्ध सिरिजको दोस्रो खेल खेल्दै
काठमाडौं । नेपालमा पहिलो पटक घोषणा भएको नेपाल ‘ए’ क्रिकेट टिमले आज क्यानडाविरुद्ध सिरिजको दोस्रो खेल खेल्दैछ। नेपाल ‘ए’ टिमले आइतबार (फागुन ६ गते) क्यानडाविरुद्ध तीन खेलको सिरिजको पहिलो खेल खेलिसकेको छ। पहिलो खेलमा चार विकेटले पराजित भएको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ। दोस्रो खेल मंगलबार बिहान ९ बजेर १५ मिनेटमा मुलपानीस्थित क्रिकेट मैदानमा सुरु हुँदैछ। सिरिजको अन्तिम खेल फागुन १० गते बिहीबार हुनेछ। नेपाल ए टिमको कप्तान विनोद भण्डारी हुन्।
नेपाल ‘ए’मा ज्ञानेन्द्र मल्ल र कमल अलीलाई प्रशिक्षकको जिम्मेवारी तोकिएको छ। यो टिममा प्रधानमन्त्री कप क्रिकेट र यू(१९ विश्वकप क्रिकेट खेलेर खाएका अधिकांश खेलाडीलाई समेटिएको छ। राष्ट्रिय टिम व्यस्त हुँदै गएपछि त्यसको ब्याकअपका रुपमा क्यानले नेपाल ‘ए’ घोषणा गरेको हो।
नेपाल ‘ए’को पहिलो खेल
पहिलो खेलमा क्यानडा एघारले आइतबार मूलपानी क्रिकेट मैदानमा नेपाललाई ४ विकेटले पराजित गरेको हो। नेपालले दिएको २१७ रनको लक्ष्य पछाएको क्यानडाले ४९।३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो। नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २ सय १६ रन बनाएको थियो।
Comments
अरु समाचार
-
ताप्लेजुङमा प्रहरी र केबलकारविराेधी समूहबीच फेरि झडप
काठमाडौं । नाे केलकार समूह मसालसहित फुङलिङ बजार प्रवेश गरेपछि प्रहरीसँग झडप भएकाे छ । झडपका क्रममा केही प्रहरी र...
-
भारतको ‘केआइआइटी’ मा अध्ययनरत नेपाली विद्यार्थी स्वदेश फर्कने क्रम रोकिएन
काठमाण्डौ । भारतको उडिसामा रहेको कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा अध्ययनरत २० जना विद्यार्थी काँकरभिट्टा नाका हुँदै नेपाल फर्किएका...
-
प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण
काठमाडौं । प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’ लोकार्पण भएको छ । काठमाडौंमा आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको...
-
कुम्भ मेलामा स्नान गरेर फर्किँदा स्कारपियो दुर्घटना, चार जनाको मृत्यु
काठमाडौं । भारतको युपि राज्य अन्तर्गत प्रयागराज (कुम्भ) स्नान गरेर फर्किँदै गर्दा स्कारपियो गाडी दुर्घटना हुँदा सप्तरीका तीन सहित चार...
-
प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री कप (पुरुष) राष्ट्रिय क्रिकेट प्रतियोगिताका २०८१ का सम्पुर्ण खेल लुम्बिनी प्रदेशमा हुने भएका छन् । फागुन २५...
-
‘केआईआईटी’ का विद्यार्थीमा त्रास कायमै, अनुहार छोपेर पत्रकार सम्मेलन
काठमाडौं । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत विद्यार्थीहरुले अनुहार छोपेर पत्रकार सम्मेलन गरेका छन्...
-
भारतीय अण्डा अवैध रूपमा आयात, नेपाली उद्पादनकाे मूल्य घट्यो
काठमाडौं । भारतीय अण्डा अवैध रूपमा आयात भएपछि नेपाली कुखुरा किसानले अण्डाको मूल्य घटाएका छन् । नेपाल लेयर्स कुखुरा पालक...
-
सेनाका जनरलहरुको सम्मेलन सुरु, राष्ट्रिय सुरक्षा चुनौतीबारे समीक्षा गरिने
काठमाडौं । नेपाली सेनाका उच्च अधिकृतहरु सहभागी हुने पृतनापति समन्वयात्मक बैठक जंगीअड्डामा सुरु भएको छ । सेना दिवसको पूर्वसन्ध्यामा जंगीअड्डामा...
-
माघमा देशभर ४ सय ७८ आगलागीका घटना, २२ जनाको मृत्यु
काठमाण्डाै। माघ महिनामा आगलागीमा परी २२ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार माघमा देशभर ४...