नेपाल ‘ए’ र क्यानडाबीच आज सिरिजको अन्तिम खेल खेल्दै
काठमाडौँ । नेपाल ‘ए’ र क्यानडा–११ बीच तीन खेलको एकदिवसीय क्रिकेट सिरिजको अन्तिम तथा तेस्रो खेल आज हुँदैछ । काठमाडौँको मूलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुने खेल सिरिजको निर्णायकको रुपमा रहेको छ ।
यसअघिका दुई खेलमा सिरिजमा १–१ को बराबरी गरेका नेपाल र क्यानडा आजको खेल जित्दै सिरिज आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छन् । पहिलो खेलमा नेपाल पराजित भएको थियो भने दोस्रो खेलमा क्यानडाले हारेको थियो । क्यानले क्यानडाविरुद्ध खेल्न विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टिम बनाएको छ ।
नेपाल ‘ए’ टीममा विनोद भण्डारी ९कप्तान०, आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् । नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।
नेपाल क्रिकेट संघ ९क्यान० ले आफ्नो क्रिकेट इतिहासमा ‘ए’ टिम बनाएर खेल सुरु गरेको पहिलो पटक हो । क्यानडाले पनि आफ्नो आगामी लिग–२ को तयारी स्वरूप नेपाल ‘ए’ सँग खेलिरहेको छ । क्यानडाले यही फेब्रुअरी २८ देखि युएईमा स्कटल्याण्ड र युएई सम्मिलित त्रिकोणीय सिरिजबाट आफ्नो लिग–२ को यात्रा सुरु गर्दैछ । आजको खेलपछि क्यानडा युएई जाने छ ।
Comments
अरु समाचार
-
पूर्वराजा शाह चार्टर्ड विमानबाट काठमाडौं आइपुगे
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह समिट एअरको चार्टर्ड विमानबाट केही समयअघि काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता तेजबहादुर पौड्यालले...
-
वुमन्स डे कप: युगाण्डामाथि नेपालले रोमाञ्चक जित
काठमाडौं । युगाण्डामा जारी वुमन्स डे कप टी–२० आई प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ । टस...
-
पूर्व राजालाई स्वागत गर्न राजावादीहरु सडकमा
काठमाडौं । एकसाता लामो पोखरा घुमघामपछि काठमाडौं फर्कन लागेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा भब्य स्वागत गर्न राजावादीहरु सडकमा जम्मा...
-
रवि लामिछाने आज कास्की जिल्ला अदालतमा उपस्थित हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज कास्की जिल्ला अदालतमा दोस्रो तारेखका लागि उपस्थित हुनेछन्। लामिछाने...
-
सुदूरपश्चिम प्रदेश सभालाई प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्दै
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) सुदूरपश्चिम प्रदेश सभालाई विशेष सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले दिनको १ बजे...
-
संवैधानिक दायराभित्र रहन पूर्वराजालाई दलहरूको आग्रह
काठमाण्डाै ।पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न कार्यक्रममा सहभागी भइरहँदा र राजावादीहरूले सक्रियता बढाउँदै गर्दा मुख्य दलहरू सशङ्कित भएका छन् । सत्तारूढ...
-
च्याम्पियन्स ट्रफी: उपाधिका लागि आज भारत र न्युजिल्यान्ड खेल्दै
काठमाण्डाै । आईसीसी च्याम्पियन्स ट्रफीको उपाधिका लागि आज भारत र न्युजिल्यान्ड खेल्दैछन् । फाइनल खेल दुबईमा दिउँसो पौने ३ बजे...
-
आजको राशिफल : २०८१ फागुन २५ गते आइतबार
मेष विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने...
-
तिब्बतमा भूकम्प गयो, काठमाडौंमा समेत धक्का महसुस
काठमाडौं । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । उक्त भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको छ...