दोषी मन्त्रीलाई कारबाही नगरेर प्रधानमन्त्रीले सुशासनका कुरा कसलाई सुनाएको ? : एमाले महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दोषी ठहर भएका मन्त्रीलाई कारबाही नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् । शुक्रबार विहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले सरकार आफैंले गठन गरेको छानबिन आयोगले दोषी किटान गर्दा पनि थाह नपाएजस्तो गर्नु ठिक नभएको टिप्पणी गरेका छन् ।
महासचिव पोखरेलले ‘प्रधानमन्त्री पुष्पकमल दाहालले दोषी मन्त्रीलाई कारबाही नगरेर कसलाई सुशासनका कुरा सुनाएको होला ?’ भन्ने प्रश्न गरेका छन् ।आयोगले दोषी किटान गर्दा थाह नपाएजस्तो गर्ने मन्त्रीसँगै क्याबिनेट वैठक बसेर सुशासनका कुरा प्रधानमन्त्रीले सुनाउनु व्यवहारिक नभएको महासचिव पोखरेलको तर्क छ ।
महासचिव पोखरेल सामाजिक सञ्जालमा लेख्छन्, ‘भ्रष्टाचारको छानबिन गर्ने प्रमुख निकाय अख्तियारले छानविनका लागि बोलाउदा झण्डा हल्लाउँदै बयान दिन जाने मन्त्री र सरकार आफैंले गठन गरेको छानबिन आयोगले दोषी किटान गर्दा थाह नपाएजस्तो गर्ने मन्त्रीसँगै क्याबिनेट वैठक बसेर सुशासनका कुरा प्रधानमन्त्रीले कसलाई सुनाएको होला ? आफैलाई कि अरु कसैलाई, साह्रै अलमल भो । राजिनामा माग्नुरवर्खास्त गर्नु पर्दैन ।’
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












