स्थानीय भन्छन् – झोलुङ्गे पुल त बन्यो अब मोटरेबल पुल कहिले ?
जनकपुरधाम । धनुषा र सिरहा जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमाथि मोटरेबल पुल निर्माण सुरु भएको १२ वर्ष बितिसक्दा पनि पूरा भएको छैन । तर सोही निर्माणाधीन पुल नजिकै नेपालकै सबैभन्दा लामो ‘कठाल मल्हनिया मल्टिस्पान’ झोलुङ्गे पुल सम्झौता अवधिभन्दा झण्डै छ महिनाअघि सम्पन्न भएको छ ।
धनुषाको जनकनन्दिनी गाउँपालिका९६ कठाल र सिराहा नगरपालिका९ १३ मल्हनिया जोड्ने सो पुल निर्माण सक्नुपर्ने अवधि २०८१ साल असार ११ सम्म थियो । निर्माणको जिम्मा पाएको श्री सपनारउमा एण्ड कम्पनी र थानी जेभी बत्तिसपुतली काठमाडौँले समय अगावै अर्थात् गत माघ १८ गते नै पुल निर्माण पूरा गर्यो । सोही पुलको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विधिवत् उद्घाटन गर्नुभयो ।
त्यस अवसरमा प्रधानमन्त्री दाहाललाई स्थानीय र जनप्रतिनिधिले अब कमला नदीमाथिको निर्माणाधीन मोटरेबल पुललाई छिटोभन्दा छिटो टुङ्ग्याउने गरी पहलकदमी लिन आग्रह गर्नुभयो । “नदी तर्नका लागि त यो पुलले निकै सजिलो भएको छ तर मोटरगाडी नचल्ने भएकाले हाम्रा ठूला दुःख त बाँकी नै छन् । छिट्टै पुल निर्माण हुन्छ भन्ने आशा छ”, स्थानीय ८३ वर्षीय सत्यनारायण साहले भन्नुभयो ।
उहाँले नजिकैको पुल समय अगावै पूरा हुने र अर्को पुल १२ वर्षसम्म पनि पूरा नहुने भन्दै समस्या समाधान गर्न सरकारले ध्यान दिनुपर्नेमा जोडा दिनुभयो । “बजेट छैन भने सरकारले दिनुपर्यो । बजेट भएर पनि काम गरेको छैन भने ठेकेदारलाई छिटो गर्न भन्नुपर्यो”, उहाँले भन्नुभयो, “हामी झोलुङ्गे पुल बने पनि उताको दुःख कसरी बिर्सिन सक्छौँ रु”
स्थानीय राजुदेवी दासले पनि झोलुङ्गे पुलले केही राहत भए पनि वर्षौंदेखिको समस्याबाट मुक्तिका लागि उत्तम विकल्प मोटरेबल पुलको निर्माण नै भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री नै आएकाले अब मोटरेबल पुल चाँडो बन्ने आशा जागेको बताउनुभयो । “झोलुङ्गे पुलले नजिकका बस्ती, साइकल, मोटरसाइकलमा जानेलाई केही राहत भयो तर गाडी चल्ने पुल निर्माण नहुँदा सबै समस्या समाधान भएका छैनन् । त्यसैले त्यो पुल चाँडै बनाउनका लागि भन्नुपर्छ”, दासले रासससँग भन्नुभयो ।
दासको जस्तै भनाइ छ स्थानीय सरस्वतीदेवी दासको पनि । कमला नदीमा पानी बढेकाबेला जोखिम मोलेर जानुभन्दा झोलुङ्गे पुलको प्रयोग गर्नु आफूहरूका लागि सुरक्षित भएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “यो पुल निर्माण भएकोमा सरकारलाई धन्यवाद छ । अब १२ वर्षसम्म बन्न नसकेको पुल पनि चाँडै बनोस भन्ने चाहना छ । प्रधानमन्त्री नै आउनुभएपछि केही आशा पलाएको छ ।”
सत्यनारायण, राजुदेवी र सरस्वती मात्रै होइन धनुषा निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामकृष्ण यादव र प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले पनि प्रधानमन्त्री दाहाललाई हुलाकी सडकअन्तर्गतको मोटरेबल पुल चाँडो निर्माणका लागि पहलकदमी लिन आग्रह गर्नुभयो ।
पूर्वमन्त्री एवं प्रतिनिधिसभा सांसद यादवले हुलाकी सडकअन्तर्गत कमला नदीमाथि बनिरहेको पुल यथाशीघ्र निर्माणका लागि निर्देशन दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “निर्माण सुरु भएको वर्षौसम्म पनि कमला नदीमाथि मोटरेबल पुल बन्न सकेको छैन । प्रधानमन्त्रीले त्यसबारे जानकारी लिइ तत्काल निर्माण सम्पन्न गर्न निर्देशन दिन आवश्यक छ । त्यसका लागि म ध्यानाकर्षण गराउन चाहन्छु ।”
उहाँले कमला नदीकै कारण स्थानीयको उर्वरभूमि काम नलाग्ने अवस्थामा रहेकाले सुक्खाग्रस्त क्षेत्र घोषणा गरी राहत तथा मुआब्जाको व्यवस्था, मानवबस्ती तथा बाँकी भूभागको संरक्षणका लागि पक्की तटबन्ध निर्माणका लागिसमेत आग्रह गर्नुभयो ।
मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री यादवले मधेसमा रहेका बाटो, सिँचाइ तथा नदी कटान, शिक्षा तथा स्वास्थ्य क्षेत्रका समस्यालाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । “समथर र उर्बर भूमि भएर पनि मधेस प्रदेशमा समस्यामा छन् । आगामी आवको बजेटमा आवश्यक रकम बिनियोजन गरी यहाँका सम्भावना र समस्या सम्बोधनका लागि पहल हुनेमा विश्वास छ”, मन्त्री यादवले प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभयो ।
जवाफमा प्रधानमन्त्रीले मधेसको विकास नभई मुलुक विकास नहुने भन्दै मधेसको विकासमा आफू निरन्तर लागिपर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले हुलाकी सडकअन्तर्गत कमला नदीमा निर्माण भइरहेको मोटरेबल पुलको समस्या समाधान गर्न आफूले पहल गर्ने बताउनुभयो ।
“यो झोलुङ्गे पुलले धनुषा र सिरहाका जनतालाई धेरै ठूलो राहत पु¥याएको छ । वर्षायाममा यहाँका जनताले भोग्नुपर्ने समस्या अन्त्य भएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “भत्केको पुलका विषयमा पनि मेरो गम्भीर ध्यानाकर्षण भएको छ । त्यहाँको समस्या समाधानका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उचित व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्न चाहन्छु ।”
प्रधानमन्त्री दाहालले कमला नदीमा पक्की तटबन्ध नभएका कारण खेतीयोग्य जमिन बगरमा परिणत भएकाबारे ध्यानाकर्षण भएको बताउँदै तराईमा सिँचाइ विस्तार गरी उत्पादकत्व वृद्धि गर्न सरकारले सहयोग गर्ने बताउनुभयो ।
देशभर १० हजारभन्दा बढी झोलुङ्गे पुल
त्यसअवसरमा सहरी विकासमन्त्री सीता गुरुङले आधारभूत सेवा प्रवाहका लागि आवश्यक पुलको पहिचान गरी तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने योजनाका साथ सरकारले काम गरिरहेको बताउनुभयो ।
उहाँले हाल तीनै तहका सरकार र दातृ निकायसमेतको सहयोगमा देशभर १० हजार चार सय १० वटा पुल निर्माण भइसकेका र चालु आर्थिक वर्षमा छ सय पुल निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेका जानकारी दिनुभयो ।
सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले सरकारले विसं २०७५ मा सार्वजनिक तुइनलाई प्रतिस्थापन गर्न ल्याएको नीतिअनुसार हाल एक सय ४३ मध्ये तीन वटा तुईन मात्र प्रतिस्थापन गर्न बाँकी रहेको बताउनुभयो ।
उहाँले हाल झोलुङ्गे पुलको प्रविधि र सीपका क्षेत्रमा अन्य देशलाई सहयोग गर्न आफूहरू सक्षम भएको र नेपालले ताञ्जेनिया, इथियोपियाजस्ता देशलाई प्राविधिक सहयोगसमेत उपलब्ध गराएको बताउनुभयो ।
सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको बुँदा नं ७६ मा ‘आगामी तीन आर्थिक वर्षभित्र बढीमा एक घण्टा हिँडाइको दूरीमा झोलुङ्गे पुल निर्माण गरिने’ र बजेट वक्तव्यको बुँदा नं ३३५ मा ‘दुर्गमा क्षेत्रमा आवागमन सहजता एवं सम्भाव्यताका आधारमा झोलुङ्गे पुल निर्माणलाई अघि बढाइने र छ सय झोलुङ्गे पुल निर्माण सम्पन्न गरिने’ उल्लेख छ ।
आवागमन सहजताका लागि झोलुङ्गे र अन्य पुल निर्माण गर्ने सरकारको नीतिअनुसार धनुषा र सिरहा जोड्ने सो झोलुङ्गे पुल विसं २०७९ मा निर्माण सुरु भएको थियो । एक हजार पाँच सय दशमलव ४४ मिटर लामो यो पुल ठेक्कामार्फत करिब २५ करोड ८० लाख र सस्पेन्सन ब्रिज डिभिजन कार्यालय पुल्चोकले उपलब्ध गराएका रु तीन करोड पाँच लाख बराबरको लठ्ठालगायत सामग्रीको लागतमा पुल निर्माण गरिएको हो ।
पाँच सय ४० मेट्रिकटन भारवहन क्षमता ९करिब ३८८६ पैदलयात्री० को यो पुलको चौडाइ चार फिट रहेको छ । यस हिसाबले चौपाया, साइकल र मोटरसाइकल आवागमन गर्न सहज भएको छ । पूर्वपश्चिम राजमार्गबाहेक यस क्षेत्रमा नदी तर्ने अर्को विकल्प थिएन । विसं २०६८ मा तीन वर्षभित्र निर्माण गरिसक्ने सम्झौता भएको हुलाकी सडकअन्तर्गत कमला नदीमाथिको पुल अहिलेसम्म बनेको छैन । पुल अन्तिम चरणमा पुगेको भनिएका बेला विसं २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भाँसिएपछि थप समस्या भएको छ ।
नेपालकै लामो झोलुङ्गे पुल निर्माण भएपछि यहाँका नागरिक उत्साहित भएका छन् । यसअघि नेपालकै लामो मानिएको कञ्चनपुरको महाकाली नदीमाथिको ‘दोधारा चाँदनी मल्टिस्पान पुल’ को लम्बाइ एक हजार चार सय ५२ दशमलव ९६ मिटर रहेको थियो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












