तीन जना मन्त्रीको राजीनामासहित संसद्मा एमालेले फेरि माग्यो प्रधानमन्त्रीको जवाफ
काठमाडाैँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विवादमा परेका ३ जना मन्त्री प्रकाश ज्वाला, मोहनबहादुर बस्नेत र सुदन किराँतीको राजीनामा माग गरेको छ ।
आइतवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा एमाले प्रमुख सचेतक पदम गिरीले तीन जना मन्त्रीमाथिको कारबाहीबारे संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गरेका हुन् ।
‘बालकुमारी घटनामा छानबिन आयोगले दोषी ठहर्याएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, अख्तियारको निगरानीमा रहेका स्वास्थ्य मन्त्री मोहन बस्नेत र पुरातात्त्विक क्षेत्र रामग्रामलाई व्यक्तिको जिम्मा लगाउन खोज्ने संस्कृति मन्त्री सुदन किराँतीलाई राजीनामा गर्नुपर्ने मागबारे हामीले फागुन ६ गते देखि उठाइरहेका छौं, उनीहरुलाई तत्काल बर्खास्त गरियोस् ।’
सचेतक गिरीले प्रधानमन्त्रीले सिंगो संसदलाई जवाफ दिनुपर्नेमा छलेर हिँडिरहेको आरोप लगाए । ‘प्रतिपक्षलाई बेवास्ता गरेर बलमिच्याइँ गरेमा विगतमा संसद अवरोध भएका अनुभव छन, हामी वेल घेर्न जान नपरोस्’, गिरीले भने ।
उनले प्रधानमन्त्रीलाई संसद्मा जवाफ दिनको लागि रुलिङ गर्न सभामुखसँग माग गरे । जवाफमा सभामुख देवराज घिमिरेले एउटै विषयमा पटक पटक निर्देशन गर्नु वाञ्छनीय नहुने बताए । ‘संसदमा मन्त्रीहरू उपस्थित हुनुभएको छ । प्रधानमन्त्रीको जवाफ माग भएको सम्बन्धमा सिंगो संसदको ध्यानाकर्षण गराउँछु’, सभामुख घिमिरेले भने ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












