दुग्ध किसानको बक्यौता तुरुन्तै भुक्तानी गराउन प्रधानमन्त्रीको निर्देशन
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दुध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिलाउन निर्देशन दिएका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल र मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई सिंहदरबारस्थित कार्यालयमा बोलाएर उनले किसानको दुधको बक्यौता तुरुन्तै भुक्तानी गराउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले निजी क्षेत्रबाट किसानले पाउनुपर्ने भुक्तानीसमेत तुरुन्त असुली गर्न र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउनसमेत निर्देशन दिएका छन् । ‘दुग्ध किसानले महिनौँसम्म भुक्तानी नपाएको विषयमा प्रधानमन्त्रीले गम्भीर चासो राख्नुभयो, किसानको समस्याप्रति गम्भीर हुन कृषिमन्त्रीलाई निर्देशन दिनुभएको छ,’ मुख्यमन्त्री अर्यालले भने ।
प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रबाट किसानलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । ‘किसानहरूले महिनौँसम्म दुधको भुक्तानी नपाउनुको कारण के हो ? यसलाई गम्भीरतापूर्वक लिनुस्,’ प्रधानमन्त्रीको निर्देशन थियो, ‘निजी क्षेत्रबाट किसानहरूलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्नुस् ।’
दुध बिक्रीको करिब ६ अर्ब रुपैयाँ बक्यौता उठाउन देशभरका किसानले सोमबारबाट आन्दोलन सुरु गरेका छन् । केन्द्रीय दुग्ध सहकारी संघको अगुवाइमा किसानले सोमबार सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर बक्यौता असुलीका लागि दबाब दिएका थिए । केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमर कुँवरले सोमबार मात्र ४० जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको बताए । उनले भने, ‘भोलि अन्य जिल्लामा पनि बुझाउँछौँ, त्यसपछि सडकमा आउने तयारीमा छौँ ।’
केन्द्रीय दुग्ध सहकारी संघका महासचिव रामप्रसाद आचार्यले दुई हप्ताअघि नै प्रधानमन्त्रीलाई भुक्तानीको समस्याबारे ज्ञापनपत्र बुझाउँदा पनि कृषिमन्त्रीलाई तत्काल निर्देशन दिएकामा अहिलेसम्म कार्यान्वयनमा नगएको बताए । ‘हामीले ज्ञापनपत्र बुझाउँदा पनि प्रधानमन्त्रीले कृषिमन्त्रीलाई हाम्रै अगाडि फोन गरेर निर्देशन दिनुभएको थियो, तर अब हाम्रो आन्दोलन रोकिन्न,’ उनले भने ।
Comments
अरु समाचार
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...












