सोलेडाँडामा थपिँदै पर्यटन पूर्वाधार
काठमाडौं । बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र गण्डकी प्रदेश सरकारले पर्यटन पूर्वाधार निर्माण गर्न थालेका छन् ।
गाउँपालिकाले छ वर्षदेखि नै सहिदपार्क, शौचालय, खानेपानी व्यवस्थापन, पिकनिक स्पट लगायतका संरचना बनाउँदै आएको थियो भने प्रदेश सरकारले यसवर्ष रु १० लाख विनियोजन गरेर पर्यटकका लागि सत्तल निर्माण गर्न थालेको छ । समुद्री सतहदेखि दुई हजार ६३० मिटरको उचाइमा अवस्थित सोलेडाँडा प्राकृतिक सौन्दर्य भरिपूर्ण छ । गाउँपालिकाले संरचना निर्माणसँग प्रचारप्रसारलाई जोड दिएपछि आन्तरिक पर्यटकसमेत बढ्न थालेका छन् ।
गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रलायले विनियोजन गरेको बजेट उद्योग तथा पर्यटन कार्यालय बागलुङमार्फत् कार्यान्वयमा आएको छ । रु दश लाखले सत्तल बनाउनका लागि उपभोक्ता समितिसँग सम्झौता भएर काम अगाडि बढेको उद्योग तथा पर्यटन कार्यालय बागलुङका नायब सुब्बा नारायण रिजालले जानकारी दिए।
आगामी वैशाखसम्म सक्ने गरी काम भइरहेको उनको भनाइ छ । रिजालले सोलेडाँडामा पुग्ने पर्यटकलाई विश्रामका लागि सत्तल निर्माण गर्न थालिएको बताउनुभयो । उनले भने– “पालिकामै पुगेर पुस महिना महिनाको २५ गते सम्झौता गरेका थियौँ, अहिले धमाधम काम भइरहेको छ, निर्माण समितिले वैशाखमा सक्ने गरी काम गरेको छ, सत्तल मौलिकता बोकेको हुनेछ, स्थानीय काठ, ढुङ्गाको प्रयोग गरेर निर्माण हुने छ, जसले पानी, झरी पर्दा, हावाहुरी चल्दा बाहिरबाट घुम्न आएका पर्यटकलाई ओत लाग्नका लागि सहज हुने छ, अहिले सामान्य छाप्रा छन्, त्यहीँ पर्यटकले विश्राम गर्दै आएका रहेछन् ।”
हिमशृङ्खला र सूर्योदय÷सूर्यास्त अवलोकनका लागि उपयुक्त मानिने सोलेडाँडा बाह्रै महिना पर्यटकको रोजाईमा पर्ने गरेको छ । वनभोज, रात्रि ‘क्याम्प’ र पदयात्राका लागिसमेत मानिस सोलेडाँडा पुग्छन् । यहाँबाट देखिने हिमशृङखला र दर्जनौँ प्राकृतिक मनोरम दृश्यले धेरैलाई लोभ्याउने गर्छ । उच्च पहाडी क्षेत्रमा रहेको यसडाँडामा शान्त वातावरण, स्वच्छ हावापानीसँगै जीवजन्तुको चिरवीर आवाजले मन मस्तिष्कलाई आनन्दित बनाउँछ । गाउँपालिकाले अघिल्लो वर्ष सहिदपार्क निर्माण गरेर सालिक राखेको छ ।
नेपालका प्रथम सहिद लखन थापा, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दसहित सशस्त्रद्वन्द्वका बेला तमानोलाका विभिन्न गाउँबाट ज्यान गुमाएका स्थानीयवासी दुर्गाबहादुर बुढा, प्रेम घर्तीमगर, ओमकार बुढा र गङ्गाबहादुर पुनको सालिक राखेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए। यसवर्ष त्यस डाँडाको पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाले पनि रु पाँच लाख विनियोजन गरेको उनको भनाइ छ । उक्त रकमले सहिद पार्कभित्र पदमार्ग निर्माण गर्ने बताए। टायल लगाएर व्यवस्थित पदमार्ग निर्माण गरेपछि बाहिरबाट आउने पर्यटकले सहिदपार्कमा सहज रुपमा घुम्न सक्ने अध्यक्ष बुढामगरको भनाइ छ । गाउँपालिकाले हालसम्म करिब रु ३० लाख बढीको संरचना निर्माण गरेको उनले बताए।
“यो ठाउँ वर्षौँदेखि चर्चित छ, तर हामी निर्वाचित भएर आउँदासम्म पर्यटन संरचना निर्माण भएको थिएन, हामीले सुरुको वर्षदेखि निरन्तर काम गर्दै आएका छौँ, पूर्वधार निर्माण भएपछि पर्यटक पनि बढेको पाएका छौँ, पहिले खुल्ला डाँडो मात्रै थियो, अन्य संरचना केही थिएन” अध्यक्ष बुढा मगरले भने – “अहिले कम्तीमा पर्यटकले पिउने पानी, पाएका छन्, शौचालय, विश्राम गर्ने ठाउँ बनेको छ, सहिदको सम्मानमा पार्क निर्माण गरेर सालिक पनि राखेका छौँ, अन्य पूर्वाधार विस्तारै थप्दै जाने छौँ ।”
Comments
अरु समाचार
-
निरन्तर हिमपात : अन्नपूर्ण आधार शिविरबाट ७२ जना पर्यटकको उद्धार
म्याग्दी । हिमपातका कारण समस्यामा परेका १७ जना विदेशी सहित ७२ जना पर्यटकहरुलाई सुरक्षाकर्मीहरुको टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरबाट उद्धार...
-
नुम्बुर हिमालको चुचुराेमा पहिलाे पटक मानव पाइला !
काठमाडाैं । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –१ मा अवस्थित नुम्बुर हिमालको पहिलो पटक सफल आरोहण भएको छ । प्रसिद्ध धार्मिकस्थल दुधकुण्ड...
-
रामेछाप-काठमाडौँ सातामा तीन दिन उडान हुने
काठमाडाैं । बुधबारदेखि रामेछाप–काठमाडौँ रुटमा हवाई उडान हुने भएको छ । स्थानीय प्रशासन, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाजलगायतको पहलमा आजदेखि...
-
टिकटको मिति हेरफेर गर्दा शुल्क लाग्दैनः हिमालय एयरलाइन्स
काठमाडौं । हिमालय एयरलाइन्सले प्रतिकूल मौसमका कारण प्रभावित यात्रुहरूको टिकटको मिति हेरफेर गर्दा शुल्क नलिने भएको छ । एयरलाइसन्ले सोमबार...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिए, २२ प्रतिशतले आगमनमा वृद्धि
काठमाडौं । सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको...
-
बाैद्वमा २५ र २६ गते गाई-राेपाई जात्रा भव्य रूपमा मनाइने, विभिन्न विधाका प्रतियाेगिलाई पुरस्कार समेतकाे व्यवस्था
काठमाडौं । श्री बाैद्वनाथ स्तुपा परिसर बाैद्व क्षेत्रमा यही साउन २५ र २६ गते श्री बाैद्व तामाङ गुठीकाे आयाेजनामा गाईजात्रा...
-
नेपालमा बाघको संख्या ३५५ पुग्यो
काठमाडाैं । पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१०...
-
वनमन्त्री शाहीले गरे नागार्जुन रिसोर्टको औपचारिक उद्घाटन
काठमाडौं । ओसो तपोवन नजिकै फोर स्टार लक्जरी नागार्जुन रिसोर्ट मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । तारकेश्वर नगरपालिकाभित्र ठूलो...












