केही प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राती भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज सूर्योदय बिहान ६ बजेर २९ मिनेट र सूर्यास्त साँझ ६ बजेर ४ मिनेटमा हुनेछ ।
Comments
अरु समाचार
-
रामजानकी विवाह महोत्सव:अयोध्याबाट आएका जन्तीलाई मटिहानीमा स्वागत
महोत्तरी, १८ मङ्सिरः जनकपुरधाममा हुने रामजानकी विवाह महोत्सवमा सरिक हुन आएका जन्तीलाई मटिहानीमा स्वागत गरिएको छ । भारतको अयोध्याबाट आएका...
-
नक्कली सुन देखाइ ठगी गर्ने छ जना पक्राउ
मोरङ: जिल्ला प्रहरी कार्यालय मोरङले नक्कली सुन देखाइ ठगी गर्ने छ जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । जिल्ला...
-
आजको राशिफल: २०८१ साल मंसिर १८ गते मंगलवार
मेष अस्वस्थताले काममा खट्न समस्या पर्नेछ। कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। आफ्ना...
-
एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा लिङ्थेप नियुक्त
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा विदुरकुमार लिङ्थेप (सुब्बा) नियुक्त भएका छन्। सोमबार मुख्यमन्त्री एवं एमाले...
-
उपराष्ट्रपति यादवद्वारा गढीमाई मेला शुभाराम्भ
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बारा जिल्लास्थित प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिर परिसरमा हरेक पाँच वर्षमा लाग्ने ‘श्री गढीमाई पञ्चवर्षीय मेला’...
-
अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित
काठमाडौं । कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार दोस्रो जित हात पारेको छ...
-
एनपीएल: कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य
काठमाडौं । कर्णाली याक्सले एनपीएलमा जनकपुर बोल्टस्लाई १४२ रनको लक्ष्य प्रस्तुत गरेको छ । कर्णालीका अर्जुन घर्ती र सोमपाल कामीले...
-
कीर्तिपुरमा कांग्रेसको अग्रता कायमै, एमाले दोस्रो स्थानमा
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि आइतबार भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । निर्वाचन आयोगले जारी गरेको पछिल्लो...
-
जनकपुर बोल्ट्सविरूद्धको खेलमा कर्णाली याक्सले टस जित्यो
काठमाडौं । नेपाल प्रिमियर लिग (नपिएल) अन्तर्गत जनकपुर बोल्ट्सविरूद्धको खेलमा कर्णाली याक्सले टस जितेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको...