ओलीले भने- संसद्मा एकसिट पनि नभएका मान्छे असार १५ गते प्रधानमन्त्री बन्छु भन्दै हिँडेका छन्
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा एकसिट पनि नभएका व्यक्तिहरू प्रधानमन्त्री बन्छु भन्दै हिँड्ने गरेको बताएका छन् ।
काठमाडौँमा शुक्रबार नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको सातौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले राष्ट्रिय मान्यता प्राप्त नगरेका दलबाट प्रधानमन्त्री हुन्छन् भने आफु पनि असार १५ गते प्रधानमन्त्री बन्छु भन्दै एकसिट पनि नभएका व्यक्तिहरू हिँड्ने गरेको बताएका हुन् ।
ओलीले एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई संकेत गर्दै यस्तो बताएका हुन् । समाजवादी पार्टीले थ्रेसहोल्ड नकटाएपछि राष्ट्रिय दलको मान्यता पाएको छैन । गठबन्धन सरकारमा आलोपालो प्रधानमन्त्री हुने केही समयअघि समाचारहरू सार्वजनिक भएको थियो ।
अहिलेको परिस्थितिमा को सरकारमा हुन्छ को हुँदैन भन्न नसक्ने अवस्था रहेको उनले बताए । उनले एमाले त्यस्ताभित्र पर्ने पार्टी नभएको र आफ्नो दृष्टिकोण र इतिहास बोकेको पार्टी भएको प्रष्ट पारे ।
अध्यक्ष ओलीले अहिलेको देशको अर्थतन्त्रलाई कोभिडले प्रभाव पारेको छ भन्नु गलत भएको भन्दै अर्थतन्त्र ओरालो लाग्नुको कारण वर्तमान गठबन्धन सरकार नै भएको आरोप लगाए । उनले सिर्जन संस्कृतिको विकासको लागि पठन संस्कृतिको विकास आवश्यक रहेको धारणा राखे ।
Comments
अरु समाचार
-
पाथिभरा केबलकारले धार्मिक आस्था खल्बल्याउँदैन, पहिचानको प्रवर्द्धन गर्छ : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयहरुको साथ रहेको दाबी गर्नुभएको छ ।...
-
प्रदेशहरूको बजेट खर्च निराशाजनक: छ महिनामा १६ प्रतिशत
काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा प्रदेशहरूको बजेट खर्च निराशाजनक देखिएको छ । सरकारले सार्वजनिक गरेको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार...
-
पोखरा भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
काठमाडौं । पर्यटकीय राजधानी घोषण भएको एक वर्ष पुग्दै लाग्दा पोखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष मनाउने...
-
खानेपानीमन्त्रीको कार्यकक्षमा आगलागीः ५० लाख बराबरको क्षति
काठमाडौं । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा...
-
सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी
काठमाडौं । सिंहदरबारस्थित खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयमा आगलागी भएको छ। शनिबार अहिले बिहान आगलागी भएको हो। प्रहरीले आगलागी नियन्त्रणमा...
-
कर्मचारी बिदा गर्ने ट्रम्पको निर्णयलाई न्यायाधीशले रोक लगाए
न्युयोर्क – युएस एजेन्सी फर इन्टरनेसल डेभलपमेन्ट (युएसएड) का २२ सय कर्मचारीलाई बिदा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयलाई न्यायाधीशले...
-
एसियन एम्पुटी फुटबलमा आज नेपाल र उज्वेकिस्तान भिड्दै
काठमाडौं– एसियन एम्पुटी फुटबल च्याम्पियनसिप प्रतियोगितामा आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान साढे ११ बजे बङ्गलादेशको ढाकास्थित...
-
आजको राशिफल: २०८१ माघ २६ गते शनिवार
मेष दोहोर्याएर प्रयास गर्दा रोकिएकाे काम बन्नेछ। आफ्नो सूचना बाहिरिन सक्छ, गोपनीयतामा ध्यान पुर्याउनुहोला। हडबड गर्ने बानीले पनि काम बिग्रन...
-
बैंकिङ क्षेत्रसम्बन्धी अफवाह र त्रास फैलाउनेलाई कारबाही गर्न माग
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था सम्बद्ध संस्थाहरूले बैंकिङ क्षेत्रलाई सुरक्षित राख्न तथा अफवाह र त्रास फैलाउनेलाई कानूनी कारबाही गर्नका...