महिला अधिकारकालगि ११ बुँदे घोषणापत्र जारी
काठमाडौं । महिला अधिकारका लागि विश्व महिलावादी मञ्चद्वारा अनुमोदित ११ बुँदे घोषणापत्र सार्वजनिक गरिएको छ । आज महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले यहाँ पत्रकार सम्मलेन गरी उक्त घोषणापत्र सार्वजनिक गरेको हो ।
ओरेक नेपालका अध्यक्ष डा रेनु अधिकारीले घोषणापत्र सार्वजनिक गर्दै विश्वव्यापी रुपमा वातावरणीय ह्रास, पर्यावरणीय अन्यायले महिला पछाडि पारिएका भन्दै न्यायको लागि महिलावादी नेतृत्व, नीति सुधार र स्रोतको न्यायोचित वितरण गर्नुपर्नेमा जोड दिइन् ।
उनले युवा, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पूँजीवाद, औपनिवेशिक र पितृसत्ताले जीवनमा पारेका प्रभावको पहिचान तथा विश्लेषण गर्नुपर्ने, रुपान्तरणका लागि राजनीतिमार्फत युवाको नेतृत्व निर्माण गर्नुपर्ने बताइन् ।
डिजिटल रुपमा हुने सबै प्रकारका भेदभाव, हिंसा, मूल्यमान्यता र यसको सम्बोधनका लागि बनेका विभेद्पूर्ण नीतिको अन्त्य गर्नुपर्ने माग राख्दै पछाडि पारिएका किशोरी, महिला तथा यौनिक र लौङ्गिक अल्पसङ्ख्यक समुदाय अनुकूल कानुन र नीतिको निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उक्त घोषणापत्रमा उल्लेख गरिएको छ ।
विश्वव्यापी रुपमा महिलालाई सबैभन्दा बढी यौनकर्मी, आप्रवासी, मनोरञ्जन क्षेत्रमा काम गराउने, उनीहरुलाई सेवामूलक काममा मात्र सिमित गर्ने र महिलाको शरीरलाई उपभोग्य नाफा कमाउने माध्यमका रूपमा परिणत गरेको आरोप लगाउँदै यस्तो कार्यको सुधार गर्नुपर्ने माग घोषणापत्रमा राखिएको छ ।
घोषणापत्रमा सैन्यीकरण र पूँजीवादको चर्को द्वन्द्वका कारण स्रोतको दोहन, हिंसा र असमानताले महिला र बालबालिकामा असमान प्रभाव परेको उल्लेख गर्दै न्याय, समानता, मानव अधिकारको प्रत्याभूति र हातहतियार उत्पादनमा रोक लगाउँदै विश्वभरि चलिरहेको युद्धको तत्काल युद्धविरामको माग गरको छ ।
त्यस्तै गरिब, आदिवासी, भूमिहीन र ग्रामीण किसानको भूमि र आवासको अधिकार सुनिश्चित गर्नको लागि आन्दोलनलाई थप अगाडि बढाउन आग्रह गरेको छ ।
नियन्त्रित बजारद्वारा निर्देशित भएको अर्थतन्त्र, अन्यायपूर्ण विकास र निर्यातयोग्य नीतिले मानिसको शरीरलाई वस्तुमा परिणत गरी जबरजस्ती बसाइँसराइ, शरणार्थी, शोषण र बेचबिखनमा पार्न बाध्य पारेको घोषणपत्रमा उल्लेख गरिएको ओरेकका अध्यक्ष डा अधिकारीले जानकारी दिइन् ।
Comments
अरु समाचार
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुन्छ: ट्रम्प
काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर्ने बताउनुभएको...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट विनियोजन गरेको छ...
-
कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि, न्यूनतम ४० हजार
काठमाडौं । सरकारले महँगी भत्तालाई निरन्तरता दिँदै तलबमानमा २१ प्रतिशत बृद्धि गर्ने निर्णय गरेको छ । कर्मचारीको न्यूनतम तलब ४०...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
आज आव २०८३/८४ को बजेट सार्वजनिक गर्दै सरकार, सुशासनलाई प्राथमिकता
काठमाडौँ । सरकारले आज आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट सार्वजनिक गर्दैछ । बजेटमा अनावश्यक खर्च कटौती र वित्तीय अनुशासनलाई...












