महिलाको प्रगतिबाट सबै लाभान्वित : उपराष्ट्रपति
काठमाडौँ, २५ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महाशिवरात्रि, सेना दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले भन्नुभएको छ, “मधेसमा ‘जलधरी’, ‘शिवराइत’, ‘शिवरात’ आदि नामले लोकप्रिय महाशिवरात्रिमा भगवान् शिवलाई बेलपत्र, धतूरो, अबीर आदि अर्पित गर्दै पूजाआजा गर्ने परम्परा छ, यो पवित्र पर्वले काम, क्रोध, लोभ, मोह र अहंकार त्याग्न सबैलाई उत्प्रेरित गर्न सकोस्, नेपाल र सम्पूर्ण विश्वमा शान्ति, पवित्रता र प्रेमको सत–धर्म स्थापित गर्दै आध्यात्मिक उन्नतिका लागि सबैलाई अनुकूलित हुने अवसर यो पर्वले प्रदान गरोस् ।”
महाशिवरात्रि भगवान् शिवमा समर्पित पर्व हो । महाशिवरात्रिमा शिवलिङ्गलाई रुद्राभिषेक र जलाभिषेक गर्नुलाई अत्यन्त महत्वपूर्ण अनुष्ठान मानिन्छ । यो पर्वमा भगवान शिवको पूजाआजा र व्रत उपवास गरे सबै रोग र शारीरिक दोषबाट मुक्ति पाउने जनविश्वास रही आएको छ । महाशिवरात्रिका अवसरमा देशभरका शिवालय, महादेव मठ र शिवमन्दिरमा हिन्दू भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।
त्यसैगरी सेना दिवस–२०८० को अवसरमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले नेपाली सेना आफूलाई थप सशक्त, सबल तथा सुदृढ बनाउँदै परिवर्तित समय र युग अनुरुपको आधुनिकीकरण गर्दै अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । नेपाली सेनाका लागि आवश्यक सैन्य सामग्री र प्रविधि नेपालमा उत्पादन नहुने र हालको संरचनालाई आफ्नै आर्थिक–प्राविधिक क्षमताले थेग्न नसकेर दक्षता, सबलीकरण र आधुनिकिकरण गर्ने प्रक्रियामा परनिर्भरता बढ्दै जानु राष्ट्रिय हितको दृष्टिमा गैर–अनुकूलित र संवेदनशील विषय भएकाले यसमा सम्बन्धित सबैको ध्यान पुग्नपर्ने उपराष्ट्रपति यादवको भनाइ छ ।
यसैगरी उपराष्ट्रपति यादवले अन्तर्राष्ट्रिय महिला दिवस–२०८० को अवसरमा शुभकामना व्यक्त गर्दै महिलाको समानता, समावेशिता र प्रगतिले हामी सबै लाभान्वित हुने विषयमा कसैको दुई मत हुन नसक्ने बताउनुभयो ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











