बन्दुकधारीहरूद्वारा नाइजेरियाली विद्यालयबाट २८० भन्दा बढी विद्यार्थीे अपहरण
काठमाडौं । मुलुकको सबैभन्दा ठूलो सामूहिक अपहरणमध्येको एकका रूपमा बन्दुकधारीहरूले उत्तरपश्चिमी नाइजेरियाको एक विद्यालयमा छापा मारी दुई सय ८० भन्दा बढी विद्यार्थीलाई अपहरण गरेको एक शिक्षक र स्थानीय बासिन्दाले बताएका छन् ।
अफ्रिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक नाइजेरियामा फिरौतीका लागि अपहरण सामान्य हो । यहाँ आपराधिक गिरोहहरूले विगतमा विशेषगरी उत्तरपश्चिममा विद्यालय र कलेजलाई निशाना बनाएका छन् । यद्यपि हालै यस्तो आक्रमण कम भएको छ ।
कदुना राज्यमा स्थानीय अधिकारीहरूले बिहीबार कुरिगा विद्यालयमा अपहरणको आक्रमण भएको पुष्टि गरेका छन् तर कति विद्यार्थीलाई अपहरण गरिएको हो भन्नेबारे अझै पत्ता लगाउने काम भइरहेकाले अपहृतको यकिन सङ्ख्या दिएका छैनन् ।
चिकुन जिल्लाको जिएसएस कुरिगा विद्यालयका शिक्षकमध्ये एक सानी अब्दुल्लाहीले बन्दुकधारीहरूले हावामा गोली चलाइरहेका बेला विद्यार्थीसहित कर्मचारीहरू भाग्न सफल भएको बताए ।
“फेरि पनि हामीले अपहृतहरूको वास्तविक सङ्ख्या निर्धारण गर्न काम सुरु गरेका छौँ”, विद्यालय भ्रमण गर्ने अधिकारीहरूलाई उनले भने, “जिएसएस कुरिगामा एक सय ८७ विद्यार्थी बेपत्ता छन् भने प्राथमिक विद्यालयमा एक सय २५ विद्यार्थी बेपत्ता भए पनि २५ फर्केर आएका छन् ।”
“दुई सय ८० भन्दा धेरै विद्यार्थी अपहरण भएका छन्, हामीले सुरुमा दुई सय अपहरणमा परेको सोचेका थियौँ तर सावधानीपूर्वक गरिएको गणनापछि अपहृत विद्यार्थीको सङ्ख्या दुई सय ८० भन्दा केही धेरै छ”, स्थानीय बासिन्दा मुहम्मद एडमले भने ।
स्थानीय अधिकारी र प्रहरीले अपहृतको सङ्ख्याबारे कुनै आँकडा दिएनन् । प्राय हमलाबाट भागेका मानिसहरू घर फर्केपछि नाइजेरियामा अपहृत वा बेपत्ता मानिसको आँकडा कम गरिन्छ ।
Comments
अरु समाचार
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...











