पाथिभरा केवलकार निर्माण तत्काल अघि बढाउन जिल्लाका सबै राजनैतिक दलको आग्रह
फुङ्लिङ (ताप्लेजुङ) । पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको पाथिभरा (मुकुलुङ) मा केवलकार निर्माणको काम तत्काल अघि बढाउन सबै राजनैतिक दलहरुले आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यलय, ताप्लेजुङको आह्वानमा जिल्लामा बसेको संसदमा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरुको बैठकले केवलकार निर्माण सम्बन्धी आ-आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै केवलकार निर्माणको कामलाई सहजीकरण गर्दै अधि बढ्ने निर्णय गरेका हुन् ।
केवलकार कम्पनीले केवलकारको निर्माण कार्य तत्काल सुरुगर्ने र त्यसको लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेपछि प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय वैठकले यो निर्णय गरेको हो । उक्त बैठकमा उपस्थित राजनैतिक दलहरुले आ–आफ्नो आधिकारिक धारणामार्फत केवलकार निर्माणमा सहजीकरण गर्ने सहमती गरेका हुन ।
बैठकमा उपस्थित विभिन्न दलका प्रतिनिधिहरुले केवलकार जिल्लाको सर्वांगिण विकास, रोजगारी र पहिचानसँग जोडिएकोले यसको निर्माणको काम तत्काल अघि बढाउन आवश्यक वातावरण निर्माण गर्ने बताएका थिए । आइएमई समूहको अगुवाईमा ताप्लेजुङ जिल्लाको फुङ्लिङ ११, काफ्लेपाटीबाट पाथिभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माण गर्ने योजना रहेको छ । ताप्लेजुङ जिल्लामा रहेको पाथिभरा क्षेत्र पूर्वी नेपालको एक धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्वको क्षेत्र हो ।
Comments
अरु समाचार
-
हर्क साम्पाङले मागे प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा
काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह संसदप्रति गैरजिम्मेवार बनेको आरोप...
-
वालेन्द्रको अटेरीमा रास्वपाका दुई शब्दः परिवर्तन र क्रमभंगता, कहिलेसम्म टिक्ला यस्तो चर्तिकला ?
काठमाडौं । अघिल्लो संसद्मा प्रधानमन्त्री उपस्थित नभएको विषयलाई लिएर संसद अवरुद्ध पार्ने प्रमुख दलमध्ये एक थियो राष्ट्रिय स्वतन्त्र पार्टी। तत्कालीन...
-
चीनले इरानलाई हतियार नदिने र हर्मुज खोल्न सहयोग गर्ने प्रतिबद्धता जनाएको छ: ट्रम्प
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले स्ट्रेट अफ हर्मुज खोल्न अमेरिकालाई सहयोग गर्ने बताएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका...
-
प्रतिनिधिसभाः बहुमतले संशोधन प्रस्तावहरू अस्वीकृत
काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल सरकारको नीति तथा कार्यक्रमलाई पारित गरेको छ । नीति तथा...
-
पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न सरकारले बनायो समिति
काठमाडौं । सरकारले तत्कालीन गृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति...
-
सी र ट्रम्पबीच भयाे द्विपक्षीय वार्ता, द्वन्द्व नगरि साझेदार बनेर अघि बढ्नुपर्नेमा जोड
बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र चीनको राजकीय भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ दी...
-
एमाले सचिवालय बैठक शनिबार बस्दै
काठमाडौँ । नेकपा एमाले को सचिवालय बैठक शनिबार बस्ने भएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली को स्वास्थ्य अवस्थालाई ध्यानमा...
-
गैरकानुनी सम्पत्ति छानबिनका लागि आयोगको सार्वजनिक सूचना
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले गैरकानुनी रूपमा आर्जित सम्पत्तिबारे उजुरी दिन सर्वसाधारणलाई आह्वान...
-
जडीबुटी प्रशोधनको आवरणमा ‘प्रकृतिको अवैध दोहन’
काठमाडौं। नेपालको पहाडी र हिमाली भेगका जडीबुटीलाई आर्थिक समृद्धिको आधार मानिन्छ। तर, यही समृद्धिको नारालाई ढाल बनाएर केही विदेशी लगानीकर्ता...












