बुढासुब्बा गोल्डकप: एनआरटी र मोरङ फुटबलबीच आज फाइनल
धरान । धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा उपाधिका लागि आज शनिबार न्यूरोड टिम एनआरटी र मोरङ फुटबल एशोसिएसनबीच प्रतिस्पर्धा हुने भएको छ ।
हिजो पत्रकार सम्मेलन गर्दै एकपटक उपाधि पाइसकेको एनआरटी दोस्रोपटक उपाधि नजिक पुगेको छ भने मोरङ फुटबल एशोसिएसन पहिलोपटक फाइनल पुगेको हो । एनआरटी बुढासुब्बा गोल्डकपको १०औँ संस्करणको विजेता बनिसकेको आयोजकले जनाएको छ ।
विभागीय त्रिभुवन आर्मी र गत वर्षको उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पराजित गर्दै फाइनलमा पुगेको एनआरटी दोस्रोपटक उपाधि जित्ने दाउमा छ । यो सिजनमा चारवटा प्रतियोगितामा फाइनल खेलको अनुभवलाई एनआरटीले मोरङसँग प्रतिस्पर्धा गर्ने टिम म्यानेजर राकेश लामाले जानकारी दिनुभयो ।
यता चारपटकको विजेता नेपाल पुलिस र आयोजक टिम धरानलाई हराउँदै पहिलोपटक फाइनलमा पुगेको मोरङ पनि उपाधि जित्ने दाउमा छ । ‘ए’ डिभिजन लिग खेलिसकेका अनुभवी खेलाडी समावेश गरेको मोरङ टिमका कोच रानु रानाले एनआरटीलाई अनुभवी र कडा प्रतिस्पर्धीको रूपमा लिएको बताउनुभयो । युवा खेलाडी आफूहरूको टिममा भएकाले उपाधि जित्न सक्ने उहाँको भनाइ छ ।
धरान फुटबल क्लबको आयोजनामा शनिबार धरान रङ्गशालामा हुने फाइनल खेलको विजेताले ट्रफीसहित नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाख पुरस्कार पाउने धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिनुभयो । प्रतियोगितामा सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज क्लबसहित आठ टिमको सहभागिता रहेको थियो ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












