आजको राशिफल: २०८० चैत ६ गते मंगलवार
मेष : गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। साँझतिर भने केही सावधानी अपनाउनुपर्नेछ। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।
वृष: अध्ययनमा प्रगति हुनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता आउनेछ। साँझतिर जिम्मेवारी बढ्नेछ। रोकिएको काम बन्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान(सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।
मिथुन: ईर्ष्या गर्नेहरूले पनि काममा बाधा पुर्याउन सक्छन्। अरूको विषयमा चासो राख्दा व्यर्थैमा दुस्ख पाइनेछ। साँझतिर स्थितिमा सुधार आउनाले केही काम बन्नेछन्। कामको यश लिने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको अवसर जुट्नेछ। तर, स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। पहिले दिएको वचन पूरा गर्न नसक्ता आलोचित बन्नुपर्ला।
कर्कट: टाढाका साथीभाइसँगको सम्पर्कले यात्रा सम्भावना देखिन्छ। साँझतिर स्थितिमा सुधार आउनाले नयाँ काम गर्न सकिनेछ। व्यापारमा फाइदा हुनेछ। विभिन्न उपहार प्राप्त हुनेछन्। सहयोगीहरूको साथले रोकिएको काम बन्नेछ। सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ।
सिंह: रकम हातलागी भए पनि काममा ढिलाइ हुँदा लक्ष्यमा पुग्न विलम्ब हुनेछ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्न सक्छन्। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। नयाँ योजना कार्यान्वयनमा ल्याउन केही समय पर्खनुपर्ने देखिन्छ। साँझतिर खर्च बढ्नाले अर्थ अभाव देखापर्ला। आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। आर्थिक समस्या सुल्झाउन कर्जा लिनुपर्ला।
कन्या: कीर्तिमानी कामको यश लिँदै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा नाम र दाम कमाउने समय छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। कर्मयोगले आम्दानी समेत बढाउनेछ। मेहनतले आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। उठ्नुपर्ने रकम साँझतिर हातलागी हुनेछ। पेसा–व्यवसायमा मनग्य लाभ हुनाले धन सञ्चय हुनेछ।
तुला: आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। पहिले प्रतिस्पर्धा गर्नेहरू स्वतस् पछि हट्नेछन्। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएको कामले पनि निकास पाउनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा प्रतिष्ठा दिलाउन सक्छ। साँझतिर नयाँ कामतर्फ अग्रसर भइनेछ र दैनिकीमा पनि परिवर्तन आउनेछ।
वृश्चिक: स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। साँझदेखि स्थितिमा सुधार आउनेछ। रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। पछि फाइदा हुने काम गर्न सकिनेछ।
धनु: सुरुमा रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्यपूर्ण सत्कार पाइने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। तर आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। साँझतिर स्वास्थ्य कमजोर रहनेछ। आफ्नै वचनबद्धता पालना गर्न नसकिएला। अरूको सहयोगले काम बन्नेछ।
मकर: रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना शुभारम्भ हुनेछ। आँट गर्दा ठूलै काम पनि सम्पादन हुनेछन्। साँझतिर नयाँ काम गर्ने अवसर जुट्नेछ। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग रमाइलो भेटघाट हुनेछ।
कुम्भ :सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनमा प्रगति हुनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। साँझतिर पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ।
मीन : हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। बेसुरमा बोल्ने बानीले पनि दुस्ख पाइनेछ। अरूलाई दिएको वचन पूरा गर्न नसकिएला। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। साँझदेखि स्थितिमा सुधार आउनेछ। बौद्धिक कलाको प्रभाव बढ्नेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ।
Comments
अरु समाचार
-
दुबईबाट पोखरा अवतरण गरेको ‘फ्लाई दुबई विमान’लाई गरियो भव्य स्वागत
काठमाडौं । फ्लाई दुबईमार्फत पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमान तथा यात्रुलाई भव्य स्वागत गरिएको छ । असोज...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...












