वर्षाले डढेलो नियन्त्रणमा राहत
काठमाडौं । हिउँद लागेपछि नेपालमा डढेलोले ठूलो रूप लिन्छ, ठूलो जनधनको क्षति हुँदै आएको छ । नेपालमा अहिले डढेलोको प्रकोप छ, ६ चैतमा मात्रै देशभरि ३९ ठाउँमा आगलागी हुँदा १४ वटा वनमा डढेलो लागेको थियो । मंगलबार आगलागीबाट एक जनाको मृत्यु भयो ।
पूर्वी पहाड, मधेश र बागमती प्रदेशमा लागेको डढेलो मंगलबार राति र बुधबार बिहान परेको पानीले नियन्त्रणमा राहत मिलेको छ ।
‘अधिकांश स्थानमा डढेलो नियन्त्रण गर्न सकस परिरहेका बेला हल्का वर्षाले पनि धेरै राहत मिलेको छ । पानी नपर्दा सुक्खा भएर ह्वात्तै बढ्ने आगो नियन्त्रण लिन सजिलो हुन्छ,’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका एक अधिकारीले भने, ‘केही स्थानको डढेलो निभेको समेत छ ।’
उनका अनुसार विशेषगरी कोशी प्रदेश पहाडी क्षेत्रमा आगलागी घटना बढिरहेको बेला पानी पर्दा ठूलो राहत मिलेको हो ।
प्राधिकरणका अनुसार यो वर्ष वैशाखदेखि ६ चैत मंगलबारसम्म ३ सय २१ ठाउँमा वन डढेलो लागेको थियो । जसबाट पाँच जनाको मृत्यु भएको छ भने १७ जना घाइते छन् ।
जसमध्ये अधिकांश चैत लागेपछिका घटना हुन् । प्राधिकरणका अनुसार यो वर्ष ४३ घरपरिवार डढेलोबाट प्रत्यक्ष प्रभावित भएका छन् । डढेलोबाट मात्रै ५७ लाख २५ हजार रुपैयाँ बराबर क्षति भएको अनुमान गृह मन्त्रालयले गरेको छ ।
Comments
अरु समाचार
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...











