नेपाली लगानीकर्तालाई विदेश पठाउने मर्मका साथ विद्युत् विधेयक ल्याइयोः अध्यक्ष कार्की
काठमाडाैँ । सरकारले संसदमा पेस गरेको विद्युत् विधेयकमा गरिएका व्यवस्थाहरू निजीक्षेत्रमैत्री नभएको भन्दै संशोधन हुनुपर्ने माग उठ्दै आएको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की सरकारले आफूहरूलाई कुनै न कुनै रूपमा विस्थापित गर्न खोजेको बताउँछन् ।
‘सरकारले १०० मेगावटभन्दा माथिका विद्युत आयोजनाहरू विदेशीहरूलाई दिँदै जाने हो भने नेपालीहरूले गर्नसक्ने ठाउँ छैन,’ कार्की भन्छन्, ‘विधेयकको मर्म हेर्दा विदेशीहरू आएर आयोजनाहरू बनाउँदै जाने नेपाली लगानीकर्ताहरू नेपालमा केही गर्ने भन्दा पनि विदेशमा नै जानुपर्ने हो की भन्ने खालको भावना बोकेको देखिन्छ ।’
विधेयक आवश्यक भए पनि नेपाली र विदेशी लगानीकर्तालाई अटाउने गरी ल्याइनुपर्ने उनको मत छ । ‘सरकारले जलविद्युत्मा धेरै लगानीको अपेक्षा गरेर अघि बढेको छ । तर, विधेयकले लगानी खुम्च्याउने कुरा गर्ने हो भने विदेशी लगानी र स्वदेशी लगानीकर्ताले पनि बनाउँदैनन्,’ उनले भने ।
भारतले १० वर्षमा १० हजार मेगावट विद्युत खरिद गर्छु भनेकाले मुलुक ऊर्जामय बनेको उनले बताए । यसले केही हुन्छ कि भन्ने आशा जगाएको उनको भनाइ छ ।
‘अहिले जलविद्युत्का धेरै आयोजनाहरू पीपीएको पर्खाइमा बसेका छन् । धेरै वर्षदेखि पीपीए भएर बसेका छैनन् । यदी सरकारले मुलुकको जलविद्युत् क्षेत्रको विकास गर्ने हो भने अब ढिला भइसक्यो । सरकारले १० वर्षमा १० हजार मेगावट विद्युत् बेच्न र मुलुकभित्र १३ हजार मेगावट खपत गर्न खोजेको हो भने कहाँ छ विद्युत उत्पादन र बेच्न खोजिएको भन्न थालेका छौँ,’ उनले भने ।
तर, सरकारले ल्याएको विद्युत् विधेयकप्रति भने उनले असन्तुष्टि जनाए । ‘सरकारले ल्याएको विधेयकले कहीँ न कहीँ नेपाली लगानीकर्ताले जलविद्युत्मा लगानी गर्न हुँदैन । विस्थापित गर्दै जानुपर्छ भन्ने खालको विधेयक आएको छ । त्यसलाई सरकारले संशोधनसहित पास गर्नुपर्छ,’ उनले भने ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












