मन्त्री क्वार्टरमा भीमकान्त मख्ख
काठमाडौं । एक्लै ठमठमी हिँड्न नसक्ने , दैनिक आठ किसिमका औषधीको सहारमा बाँचेको जीवनलाइ कष्टमाथि कष्ट थपिएको छ । सन्दर्भ कृष्णबहादुर महाराको हो, जो अहिले सुन प्रकरणमा प्रक्राउ परी उपचारका निम्ति नर्भिक अस्पताल भर्ना गरिएका छन् । महरा र उनका छोरा राहुले आफूलाई फलफूल व्यापारी भनी चिनाउने वाङ दावाजिनले होङसी र हवासिन सिमेन्ट फ्याक्ट्रीमा कार्यरत साथिहरुका निम्ति ल्याएको विद्युतीय चुरोट भन्सार अड्काइदियो, तपाईहरु निकट त्यहाँका हाकिम अरुण पोखरेललाई भनेर छुटाइदिनु पर्यो धनी ढाँट्दौ, छल्दै गरेको अनुरोध पत्याएको भरमा पटक पटक फोन गरेका थिए ।
त्यहि फोनले महारालाइ कष्टमाथि कष्ट दिएको हो । यसअघि छोरा राहुल पक्राउ परिसकेका थिए । वकिल लगाएर र धरौटी बुझाएर उनलाइ छिटो छुटाउन महरा केहि समयअघि दाङ गए । मुद्दा लड्न पैसा चाहिन्छ । उनी पैसाकौ खोजिमा दाङ पुगेका थिए । तर, आफैंले गुन लगाएका व्यपारीहरुले समेत पत्ताएनन् । त्यसपछि काठमाडौं फर्किए । सरकार फरियो नयाँ गृहमन्त्री आए । छोरा छुटाउने चिन्तामा रहेका महरालाई तुरुन्त समात्नु भनी नयाँ गृहमन्त्रीले आदेश दिए । फरी पनि महरा पैसा खोज्न रोल्पा र दाङतिरै जाने भनी हिँडेका थिए, तर कपिलवस्तुमा समातिए ।
पक्राउ पर्नु ३ दिनअघि पेरिसडाँडास्थित पार्टी मुख्यालयमा देखिएका थिए , हिँड्नै नसक्ने अवस्थामा । उनी कार्यलयबाट निस्किएको देखेर ड्राइभरले वरै गाडी ल्याए । त्यसपछि पिएसओले खुटा उचाल्दिए, अनि गाडीमा चढे । कुनै बेलाको भरभराउँदो अनुहार त्यसदिन कागती निचारेजस्तो थियो । कारण हो, भर्खरै ग्ल्याण्ड टिबीको अपरेशन हुनु । टिबीको औषधी खाएपछी शरीर फरक किसिमले घट्दै थियो ।
विडम्बना, उही काण्ड लागेका नायब सुब्बा भीमकान्त भण्डारी अर्थमन्त्रीको क्वाटर्मा खानपिन गर्दै थिए । पार्टी उपध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको हातमा भने हत्कडी लगाइँदै थियो । यहि काण्डमा आरोपित र माओवादी ४ मन्त्रीका पिए भीमकान्त भण्डारीलाइ जनआस्थाले महरा समातिएको दुई दिनअघि, अर्थात् शनिबार पुल्चोकस्थित अर्थ मन्त्री वर्षमान पुनको निवासमा देखेको थियो ।
उनी ओनसरी घर्तीका निम्ति केही सामान लिएर गएका थिए । मन्त्री सँग एकछिन गोप्य वार्ता पनि गर्न भ्याए । छोरा समातिएपछि घरको कचकचले महरा यसै पनि दिक्दार थिए । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँग छोरा र आफुलाइ सुनकाण्डमा नफसाइदिन सहयोग मागिरहेका थिए । तर, कुनै सहयोग पाएनन्, बरु छोरा राहुल समातिए । हिजो आफु सत्तामा हुँदा पार्टी र प्रचण्डलाइ सफल बनाउने नै महराहरु हुन् । आज आफू कमजोर हुँदा उनै प्रचण्डले वास्ता गरेनन् । त्यसमाथि छोरा समातिएपछि त बोलचाल पनि कमै थियो ।
Comments
अरु समाचार
-
राष्ट्रपतिसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन पेस
काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्यायपरिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को...
-
कस्तो छ सिंहदरबार परिसरमा निर्माणाधीन संसद भवन ?
काठमाडौँ । मुलुकमा संविधानसभा सदस्यको निर्वाचनपछि २०६५ जेठदेखि सिंहदरबारभन्दा बाहिर बस्दै आएको संसद् अधिवेशन १७ वर्षपछि सिंहदरबारमै बस्न लागेको छ...
-
पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन हुँदैनः देउवा पक्ष
काठमाडौं । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई नेपाली कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने...
-
वित्तीय लगानी न्यूनीकरणका लागि सहयोग गर्न गृह मन्त्रालयको आग्रह
काठमाडौं । गृह मन्त्रालयले सम्पत्ति शुद्धीकरणमा वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मन्त्रालयले एक...
-
निर्वाचनको समीक्षा गर्न आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, गगन थापा उपस्थित हुने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद...
-
निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन सर्वसम्मत नेतृत्व चयन गरौं : चन्द्र ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आवाजलाई सशक्त बनाउन आगामी निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन गर्न...
-
निर्वाचनको समीक्षा गर्न भोलि (मंगलबार) केन्द्रीय कार्यसमितिको बैठक, गगन थापाले सभापतित्व गर्ने
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव...
-
चलचित्र पत्रकार संघ सुनसरीमा नयाँ नेतृत्व, अध्यक्षमा सुवास संकल्प श्रेष्ठ र सचिवमा मनोज दाहाल चयन
धरान । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको तेस्रो अधिवेशनले चलचित्र पत्रकार सुवास संकल्प श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा...
-
प्रधानन्यायाधीश नियुक्तिमा वरिष्ठताको आधार अपनाउन वरिष्ठ अधिवक्ता भट्टराईको जोड
काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति वरिष्ठताको आधारमा हुनुपर्नेमा जोड दिएका छन्। उनले हाल वरिष्ठताको मापदण्ड...












