प्राकृतिक सम्पदाको संरक्षण र व्यवस्थापनमा नेपाल विश्वमै उदाहरणीयः मन्त्री बस्नेत
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले प्राकृतिक सम्पदाको संरक्षण र व्यवस्थापनमा नेपालले उल्लेखनीय प्रगति गरेको दाबी गर्नु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले सोमवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले यस क्षेत्रमा नेपाल विश्वमै उदाहरणीय बनेको दाबी गर्नुभयो । प्राकृतिक सम्पदाको संरक्षणमा नेपालको समर्पण र अथक प्रयासहरू प्रसंशनीय रहेको र विश्वभरका संरक्षणवादीहरूका लागि उत्कृष्ट उदाहरणको रूपमा रहेको उल्लेख गर्नुभयो ।
“वर्तमान सन्दर्भमा जलवायु परिवर्तनका मुद्दाहरू मुख्य छन् । हिमाली राष्ट्रको रूपमा, नेपालले जलवायु परिवर्तनबाट गम्भीर खतराहरूको सामना गरिरहेको छ, हाम्रा हिमालय र हिमनदीहरू तीब्र रुपमा पग्लिरहेका छन् । यस संकटलाई निम्त्याउने उत्सर्जनको लागि हामी थोरै जिम्मेवारी वहन गर्दा पनि हामी यसको प्रभावलाई न्यूनीकरण गर्न र यसका चुनौतीहरूलाई अनुकूलन गर्ने हाम्रो प्रतिबद्धतामा प्रतिबद्ध छौं” मन्त्री बस्नेतले भन्नुभयो । यसमा विश्वको ध्यान जानुपर्ने उहाँको भनाई थियो ।
विगतका केही दशकमा, नेपालले हाम्रो प्राकृतिक वनको ढाँचा बढाउन र समुदायमा आधारित वन व्यवस्थापन अभ्यास लागू गर्न उल्लेखनीय प्रगति गरेको जानकारी गराउँदै मन्त्री बस्नेतले भन्नुभयो, “पछिल्लो दशकमा नेपालमा बाघको सङ्ख्या झण्डै तीन गुणा बढेको छ र एकसिङ्गे गैँडाको सङ्ख्यामा पनि उल्लेखनीय वृद्धि भएको छ । यस सन्दर्भमा, म विश्व समुदायलाई हामीले प्रदान गर्ने अमूल्य वातावरणीय सेवाको लागि नेपाललाई चिन्न र क्षतिपूर्ति दिन आह्वान गर्दछु । अर्बौं मानिसलाई पानीको प्रबन्ध गर्नेदेखि लिएर सङ्कटमा परेका प्रजातिको संरक्षणसम्म, विश्वव्यापी वातावरणीय स्थिरतामा नेपालको योगदान अतुलनीय योग्य छ ।”
कार्यक्रममा संयुक्त अधिराज्यको हाउस अफ लर्डस्का सदस्य एवं कोषका सदस्य क्यामोइजले नेपालले जैविक विविधता संरक्षणमा हासिल गरेको उपलब्धि र स्थानीयको सहभागिताको प्रशंसा गर्दै सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्यालले संरक्षण अभियानमा कोषको लामो अनुभव र हासिल गरेका उपलब्धि प्रशंनीय रहेको चर्चा गर्नुभयो । उहाँले संरक्षण अभियानमा नेपालले भोग्नुपरेका चुनौतीको सामना गर्न विश्व समुदायको वित्त र प्राविधिक सहयोगको आवश्यकता औँल्याउनुभयो ।
कोषका अध्यक्ष डा.कृष्णप्रसाद ओलीले नेपालले संरक्षण अभियानमा हासिल गरेका उपलब्धि र प्रक्रियाका बारेमा जानकारी गराउनुभएको थियो । त्यसैगरी कोषका सदस्य-सचिव शरदचन्द्र अधिकारीले कोषले गरेका कामका बारेमा चर्चा गर्नुभएको थियो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
उपत्यकामा श्रृंखलाबद्ध सिक्री लुट्ने ‘कर्मा समूह’का नाइकेसहित पाँच पक्राउ
काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा नगद लुटपाटमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












