व्यावसायिक स्ट्रबेरीखेतीप्रति आकर्षण
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–५ समिचोकमा व्यावसायिक रुपमा लगाइएको स्ट्रबेरीखेती सबैको आकर्षणको केन्द्र बनेको छ । यहाँ फर्ममै स्ट्रबेरी टिपेर खान र फोटो खिच्न आउनेको दैनिकजसो घुइँचो लाग्ने गरेको छ । नेपाल एग्रोभाइन प्रालिमार्फत सात युवाले यहाँ व्यावसायिक स्ट्रबेरीखेती गरेका छन् । अनुसन्धानसँगै व्यावसायिक रुपमा गरिएको स्ट्रबेरीखेतीमा सबैको आकर्षण बढेपछि यहाँ काम गरिरहेका युवा उत्साहित छन् ।
चार वर्षदेखि गरिएको स्ट्रबेरीखेतीले यस वर्ष सबैभन्दा बढी प्रतिफल दिएको छ । फर्म सञ्चालकमध्येका एक शशन देवकोटाका अनुसार इजिप्टबाट ल्याइएका बिरुवाले यस वर्ष दुई किलोसम्म फल दिएका छन् । फर्ममै टिपेर खान आउनेहरु बढेका छन्भने नेपालका विभिन्न सहरबाट यहाँको स्ट्रबेरीको माग हुने गरेको उहाँले बताउनुभयो ।
फर्ममा छ प्रकारका स्ट्रबेरी रोपिएको छ । यहाँ अमेरिकन प्रकारका स्ट्रबेरी इजिप्टबाट ल्याएर रोपिएको हो । “फर्ममा आउनेहरुले आफैँ टिपेर जोखेर लैजान पाउँछन्”, उहाँले भन्नुभयो, “स्ट्रबेरीको जुससमेत खान पाइन्छ ।” रु सात सय किलोमा बिक्री हुने गरेको स्ट्रबेरी फागु पर्वको अवसर पारेर रु छ सयमा बिक्री गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार फर्ममा अहिलेसम्म रु ७० लाख लगानी भइसकेको छ । स्ट्रबेरीले राम्रो फल दिएपछि यस वर्ष एक विघामा स्ट्रबेरीको व्यावसायिक खेती विस्तार गरिएको छ ।
“तराईमा स्ट्रबेरीखेती सम्भव हुँदैन भन्ने सोच परिवर्तन गर्न हामीले चितवनमा स्ट्रेबेरी खेती सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “राम्रो फलेको छ, हाम्रो टोली सन्तुष्ट छ ।” उहाँले उत्पादन राम्रो भएका कारण क्षेत्र बढाएर स्ट्रबेरीखेती गरिरहेको बताउनुभयो ।
शशनले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट कृषिमा स्नातक र अमेरिकाको युनिभर्सिटी अफ फ्लोरिडाबाट स्नातकोत्तर गर्नुभएको छ । विगतका केही वर्ष स्ट्रबेरीमा अनुसन्धान गर्नुभएका उहाँको अग्रसरतामा नै यहाँ व्यावसायिक खेती गरिएको हो । उहाँको टोलीमा रहेका सबै युवाले कृषि नै पढेका हुन् । पढेका व्यक्तिले व्यावसायिकरुपमा कृषि गर्दा निकै राम्रो आम्दानी हुने उहाँको भनाइ छ । अब पढेका व्यक्तिले कृषि नगर्ने हो कृषि उत्पादन बढाउन नसकिने उहाँले बताउनुभयो ।
फर्ममा घुम्न आउनुभएका उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमन श्रेष्ठले व्यावसायिक रुपमा काम गर्न सके कृषि क्षेत्रबाट पनि सफलता मिल्न सक्छ भन्ने उदाहरण स्ट्रबेरी फर्मले प्रस्तुत गरेको बताउनुभयो । उहाँले फर्ममा आएर स्ट्रबेरी टिप्दा र खाँदा आफूलाई पनि आनन्द आएको जनाउँदै राज्यले कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
सामाजिक सञ्जालका कारण प्रख्यात बनेको यो फर्ममा स्ट्रबेरी टिप्न जानेको प्रत्येक वर्ष भीड नै लाग्ने गरेको छ । सामाजिक सञ्जालमार्फत भिडिओ हेरेर फर्म घुम्न आएको भरतपुर–१२ का शिव पौडेलले बताउनुभयो । उहाँले प्रत्येक वर्ष उक्त फर्ममा स्ट्रबेरी खान आएको जनाउँदै यस वर्ष परिवारसहित आएको बताउनुभयो ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि के हुँदैछ पहल ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












