भट्टराई कुलवंश प्रतिष्ठान कोशीको अधिवेशन औपचारिक रुपमा सम्पन्न
उर्लाबारी । भट्टराई कुलवंश प्रतिष्ठान कोशी प्रदेश समितिको अधिवेशन औपचारिक रुपमा सम्पन्न भएको छ । नवनिर्वाचित पदाधिकारीहरुलाइ्र्र प्रमाणपत्र वितरण गरेपछि औपचारिकरुपमा अधिवेशन सम्पन्न भएको हो । नवगठित समितिले यही २०८० साल चैत १६ र १७ गते चितवनको देवघाटमा हुने केन्द्रीय भेलामा सक्रिय भूमिका निर्वाह गर्ने भएको छ ।
उर्लाबारी-४ स्थित जय वशिष्ठ रिसोर्टमा सम्पन्न भएको दोस्रो कोशी प्रदेश अधिवेशनबाट मोरङ उर्लाबारीका चन्द्रबहादुर भट्टराई (भरत) को अध्यक्षतामा ४३ सदस्यीय प्रदेश समिति चयन भएको छ। अधिवेशनबाट समितिको उपाध्यक्षमा सुनसरी इटहरीका मणिन्द्र भट्टराई, झापाका ओमप्रकाश भट्टराई, तेह्रथुमबाट महिला उपाध्यक्षमा रेनुका भट्टराई, सचिवमा मोरङको उर्लाबारीका चन्द्रप्रसाद भट्टराई ,सहसचिवमा झापाका भिमबाबु भट्टराई र कोषाध्यक्षमा मोरङको सुन्दरहरैंचाका शिव भट्टराई भोजपुरे चयन हुनु भएको छ । कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुर भट्टराई (भरत)ले आफ्नो नेृत्वमा रहेको प्रदेश समितिले गतिशीलरुपमा काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
भट्टराई कुलवंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यमा भएको अधिवेशनको अवसरमा कोशी प्रदेशका १४ जिल्लाका ३ सय जना प्रतिनिधिको उपस्थिति रहेको थियो । अधिवेशनको अवसरमा केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराई, उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई, भट्टराई कुल वंश प्रतिष्ठान मोरङ जिल्ला अध्यक्ष तेजकुमार भट्टराईलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक अग्निप्रसाद भट्टराईले प्रमाणपत्र प्रदान गर्नुभयो ।
भट्टराइ कुलबंश प्रतिष्ठान कोशी प्रदेश समितिले पूर्वका विभिन्न ठाउँमा सक्रियरुपमा समाजसेवा गर्दै आएको छ । प्रतिष्ठानले गरिवदु:खीलाई सहयोग गर्ने, आपतविपत परेकालाई सहयोग गर्ने, रक्तदान कार्यक्रम, छोरीबुहारीलाई पनि समितिको नेतृत्वमा राख्ने, विभिन्न विद्यालय सहजरुपमा सञचालन गर्नका लागि भौतिक तथा समाजिक सहयोग गर्ने, गरिव तथा निमुखा विद्यार्थीलाई छात्रवृति प्रदानलगायतका कामहरु गर्दै आएको छ । पछिल्लो समयमा भट्टराई कु्लवंश प्रतिष्ठानले विश्वभरिका भट्टराईलाई गोलबन्द गरेर लैजाने रणनीति अपनाएको छ ।
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...











