भट्टराई कुलवंश प्रतिष्ठान कोशीको अधिवेशन औपचारिक रुपमा सम्पन्न
उर्लाबारी । भट्टराई कुलवंश प्रतिष्ठान कोशी प्रदेश समितिको अधिवेशन औपचारिक रुपमा सम्पन्न भएको छ । नवनिर्वाचित पदाधिकारीहरुलाइ्र्र प्रमाणपत्र वितरण गरेपछि औपचारिकरुपमा अधिवेशन सम्पन्न भएको हो । नवगठित समितिले यही २०८० साल चैत १६ र १७ गते चितवनको देवघाटमा हुने केन्द्रीय भेलामा सक्रिय भूमिका निर्वाह गर्ने भएको छ ।
उर्लाबारी-४ स्थित जय वशिष्ठ रिसोर्टमा सम्पन्न भएको दोस्रो कोशी प्रदेश अधिवेशनबाट मोरङ उर्लाबारीका चन्द्रबहादुर भट्टराई (भरत) को अध्यक्षतामा ४३ सदस्यीय प्रदेश समिति चयन भएको छ। अधिवेशनबाट समितिको उपाध्यक्षमा सुनसरी इटहरीका मणिन्द्र भट्टराई, झापाका ओमप्रकाश भट्टराई, तेह्रथुमबाट महिला उपाध्यक्षमा रेनुका भट्टराई, सचिवमा मोरङको उर्लाबारीका चन्द्रप्रसाद भट्टराई ,सहसचिवमा झापाका भिमबाबु भट्टराई र कोषाध्यक्षमा मोरङको सुन्दरहरैंचाका शिव भट्टराई भोजपुरे चयन हुनु भएको छ । कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुर भट्टराई (भरत)ले आफ्नो नेृत्वमा रहेको प्रदेश समितिले गतिशीलरुपमा काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
भट्टराई कुलवंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यमा भएको अधिवेशनको अवसरमा कोशी प्रदेशका १४ जिल्लाका ३ सय जना प्रतिनिधिको उपस्थिति रहेको थियो । अधिवेशनको अवसरमा केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराई, उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई, भट्टराई कुल वंश प्रतिष्ठान मोरङ जिल्ला अध्यक्ष तेजकुमार भट्टराईलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । नवनिर्वाचित पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक अग्निप्रसाद भट्टराईले प्रमाणपत्र प्रदान गर्नुभयो ।
भट्टराइ कुलबंश प्रतिष्ठान कोशी प्रदेश समितिले पूर्वका विभिन्न ठाउँमा सक्रियरुपमा समाजसेवा गर्दै आएको छ । प्रतिष्ठानले गरिवदु:खीलाई सहयोग गर्ने, आपतविपत परेकालाई सहयोग गर्ने, रक्तदान कार्यक्रम, छोरीबुहारीलाई पनि समितिको नेतृत्वमा राख्ने, विभिन्न विद्यालय सहजरुपमा सञचालन गर्नका लागि भौतिक तथा समाजिक सहयोग गर्ने, गरिव तथा निमुखा विद्यार्थीलाई छात्रवृति प्रदानलगायतका कामहरु गर्दै आएको छ । पछिल्लो समयमा भट्टराई कु्लवंश प्रतिष्ठानले विश्वभरिका भट्टराईलाई गोलबन्द गरेर लैजाने रणनीति अपनाएको छ ।
Comments
अरु समाचार
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै, हनुमानढोकामा घटस्थापना गरी पूजाआराधना
काठमाडौं । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु गरिँदै छ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका दरबारमा...
-
बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्, ‘दुर्घटना लगत्तै चालकले इन्जिन अफ गर्नुभयो’
खोटाङ । केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट...
-
जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीमध्ये एक हजार २०० हाराहारीमा अझै फरार
काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्यालयका सूचना...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
पार्टीका नवनिर्वाचित सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्...












