वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन
काठमाडौं । मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०-८१ को आठ महिनाको अवधिमा रु ९९ अर्ब ७१ करोड १७ लाख ४६ हजार राजस्व सङ्कलन गरेको छ । साउनदेखि फागुन मसान्तसम्ममा सो परिमाणमा राजस्व सङ्कलन भएको हो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले चालु आवको आठ महिनाको अवधिमा वार्षिक लक्ष्यको ४० दशमलव ५५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको बताउनुभयो । ‘विकास निर्माण लक्षित पुँजीगत खर्च हुने समय भर्खरै सुरु भएकाले पनि चालु आवमा राजस्व सङ्कलनमा सुधार हुने पर्याप्त सम्भावना रहेको छ’, उहाँले भन्नुभयो, ‘चालु आर्थिक वर्षमा वार्षिक लक्ष्यको कम्तीमा पनि ७२ देखि ७५ प्रतिशत राजस्व सङ्कलन गर्ने लक्ष्यसहित काम गरिरहेका छौँ ।’
भन्सार कार्यालयले सरदर दैनिक रु ४० करोडको हाराहारीमा राजस्व सङ्कलन गर्ने गरेको छ । कार्यालयले विशेष गरी १२ शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको प्रमुख भन्सार प्रशासक पन्थीले बताउनुभयो । यसअन्तर्गत भन्सार महसुल ९आयात०, मूल्यअभिवृद्धि कर, अन्तःशुल्क, अग्रिम आयकर, स्वास्थ्य जोखिम कर, पूर्वाधार कर, कृषि सुधार शुल्क, भन्सारसम्बन्धी अन्य आय र सडक मर्मत तथा सुधार दस्तुर, सडक निर्माण तथा सम्भार दस्तुर र विलासिता शुल्क उठाउँदै आएको छ । भन्सार विभागले चालु आवमा कार्यालयलाई रु दुई खर्ब ४५ अर्ब ८८ करोड ५० लाख ८२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ ।
प्रमुख भन्सार प्रशासक पन्थीका अनुसार साउनमा रु ११ अर्ब ८६ करोड राजस्व सङ्कलन भएको छ । भदौमा रु १२ अर्ब ७१ करोड, असोजमा रु १४ अर्ब २७ करोड, कात्तिकमा रु १० अर्ब ३२ करोड, मङ्सिरमा रु १२ अर्ब ८२ करोड, पुसमा रु १२ अर्ब ७४ करोड, माघमा रु ११ अर्ब ८३ करोड तथा फागुनमा रु १३ अर्ब १३ करोड राजस्व सङ्कलन भएको छ ।
आव २०७९-८० को आठ महिनाको अवधिमा रु एक खर्ब ६८ अर्ब २३ करोड ८६ लाख ८५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक खर्ब एक अर्ब ५३ करोड ८० लाख ७५ हजार राजस्व सङ्कलन गरेको प्रमुख भन्सार प्रशासक पन्थीले बताउनुभयो ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवाल नेपालका उद्योगधन्दा धरासायी अवस्थाबाट गुज्रिरहेकाले पनि पर्याप्त मात्रामा उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ आयात नहुँदा राजस्व घटेको हुन सक्ने बताउनुहुन्छ ।
‘सरकारले उद्योगी व्यवसायीलाई प्रवद्र्धन गर्ने खालको नीति ल्याउन जरुरी छ’, उहाँले भन्नुभयो ।
प्रमुख भन्सार प्रशासक पन्थी भने चालु आवमा भन्सारको राजस्व घट्नुमा विविध कारण भएको बताउनुहुन्छ । ‘चालु आवमा इन्धनबाट चल्ने सवारी साधनको आयात निकै घटेको छ । आएका सवारीसाधन पनि अधिकांश विद्युतीय सवारीसाधन भएकाले राजस्वमा प्रत्यक्ष असर देखिएको हो’, उहाँले भन्नुभयो, ‘कच्चा खानेतेलको आयात ६२ प्रतिशतले गिरावट आएको छ । यसका साथै औद्योगिक क्षेत्रमा आवश्यक पर्ने कच्चापदार्थ र सुर्तीजन्य पदार्थको आयात घटेकाले राजस्व सङ्कलनमा प्रत्यक्ष असर देखिएको हो ।’
कार्यालयले आव २०७८-७९ मा रु दुई खर्ब चार अर्ब राजस्व सङ्कलन गरेको थियो । आव २०७९-८० मा रु एक खर्ब ५७ अर्ब १५ करोड ४९ लाख २१ हजार सङ्कलन गरेको थियो । यस्तै कार्यालयले चालु आर्थिक वर्षका आठ महिनाको अवधिमा भने रु ९९ अर्ब ७१ करोड राजस्व सङ्कलन गरेको छ ।
राजस्व सङ्कलनमा वीरगञ्ज भन्सार कार्यालय मात्रै होइन, समग्रमा सङ्घीय सरकारले पनि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकिरहेको छैन । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको २०८० चैत १४ गतेसम्मको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार राजस्व शीर्षकमा लक्ष्यको ४६ दशमलव ३५ प्रतिशत अर्थात् रु ६ रु खर्ब ५९ अर्ब ३४ करोड मात्रै सङ्कलन भएको छ । सरकारले चालु आर्थिक वर्षमा राजस्व शीर्षकमा रु १४ खर्ब २२ अर्ब ५४ करोड सङ्कलन गर्ने लक्ष्य राखेको छ ।
Comments
अरु समाचार
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...
-
‘मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैन’
काठमाडौँ । आगामी मौद्रिक नीतिमार्फत कर्जा प्रवाह विस्तार, उत्पादनमुखी लगानी प्रोत्साहन र नीतिगत स्थायित्व सुनिश्चित गर्न नसके अर्थतन्त्रले अपेक्षित गति...












