आईपीएलमा मुम्बइ इन्डियन्स सुरुवाती तिन खेलमा पराजित
काठमाडौं । हार्दिक पान्ड्याको कप्तानीमा पाँच पटकको च्याम्पियन मुम्बइ इन्डियन्स इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२४ मा सुरुवाती ३ खेलमा पराजित भएको छ । सोमबार राति मुम्बइ राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भयो । जारी आईपीएलमा जितविहीन हुनेमा मुम्बइ एक्लो टोली हो ।
जितको लागि १२६ रनको लक्ष्य राजस्थानले १५.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । रियान पराग ३९ बलमा ५ चौका र ३ छक्कासहित ५४ रनमा नट आउट रहे । यशस्वी जैसवाल १०, जस बटलर १४, सन्जु स्यामसन १३ र रविचन्द्रन आश्विन १६ रनमा आउट भए । मुम्बइका क्वेना मफकाले १ र आकाश मधवालले ३ विकेट लिए ।
त्यसअघि घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बइले २० ओभरमा ९ विकेट गुमाउँदै १२५ रन बनाएको थियो ।मुम्बइका कप्तान हार्दिकले २१ बलमा ६ चौकासहित सर्वाधिक ३४ रन बनाए । तिलक बर्मा २९ बलमा २ छक्कासहित ३२ रन बनाए ।
इशान किशन १६, रोहित शर्मा, डेवाल्ड ब्रेभिस र नमन धिर शून्यमा आउट भए । पीयूष चवाला ३ र टिम डेविड १७ रन बनाए ।राजस्थान रोयल्सका ट्रेन्ट बोल्टले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । युजभेन्द्र चहलले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । नाद्रे बर्गर २ र आवेश खानले १ विकेट लिए ।
यस सिजन देखी रोहित शर्मालाई हटाउदै हार्दिकलाई मुम्बईले कप्तानको रुपमा फर्काएको थियो । गुजरात टाइटन्स छाडेर मुम्बइ आएका हार्दिकको भारतीय क्रिकेटमा चर्को आलोचना भएको छ ।आईपीएलमा आज बेंग्लोर र लखनउबिच खेल हुनेछ । राजस्थान ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । कोलकाता २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । चेन्नाइ ३ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












