बाबा रामदेव र उनका सहयोगी बालकृष्णले अदालतसँग मागे माफी
नयाँ दिल्ली । योग गुरुको रुपमा चर्चित बाबा रामदेव र उनका सहयोगी आचार्य बालकृष्णले भ्रामक विज्ञापन गरेको विषयमा माफी मागेका छन् । आज नयाँ दिल्लीस्थित सर्वोच्च अदालतमा उभ्याइएका उनीहरुले इजलासमै माफी मागेका हुन् । रामदेव पतञ्जलीका संस्थापक हुन् भने आचार्य बालकृष्ण अहिले कम्पनीको म्यानेजिङ डाइरेक्टर र सिइओ छन् । कोराना महामारीका बेला पतञ्जलीले आफ्नो आयुर्वेदिक औषधीको प्रयोगले मात्रै कोभिड संक्रमणबाट बच्न सकिने भन्दै भ्यासिनेशन र एलोप्याथीविरुद्ध गलत प्रचार गरेको थियो ।
त्यसविरुद्ध सन् २०२२ अगस्ट १७ मा इन्डियन मेडिकल एसोसियशनले पतञ्जलीविरुद्ध सर्वोच्चमा रिट दायर गरेको थियो । उक्त रिटउपर बहसको लागि गत महिना पेशी तोकिएमा पतञ्जलीका संस्थापक रामदेवलाई इजलासमा अनिवार्य उपस्थित हुन अदालतले आदेश दिएको थियो । तर, अदालतको आदेश अटेर गर्दै उनले आफ्ना वकिल बलिविर सिंहलाई बहसमा पठाएका थिए ।
सर्वोच्चले वकिल सिंहमार्फत् रामदेवलाई अन्तिम पत्र पठाउदै अप्रिल २ (आज)को मिति तोकेर अदालतमा उपस्थित नभए कम्पनीमाथि नै कारवाही हुने चेतावनी दिएपछि आज आचार्य बालकृष्णसँगै उनी अदालतमा उपस्थित भए । न्यायाधिशद्वय हिमा कोहली र अमान तुल्लाहको संयुक्त इजलासले रामदेवलाई विभिन्न प्रश्नहरु गर्दै इजलासमा र्याखर्याख्ती पारेको थियो । ‘सर्वोच्च अदालतको मात्र होइन, देशको जुनसुकै अदालतको आदेश तपाईले मान्नुपर्छ । तर तपाईले त अदालतको आदेश नै उल्लंघन गरेर सीमा नाघिसक्नुभयो’ इजलासमा न्यायाधीशले चेतावनीको भाषामा सम्झाएका थिए ।
गत महिना सर्वोच्चले अनिवार्य उपस्थित हुन आदेश जारी गरेपछि रामदेवले अटेरी गर्दै उल्टै अदालतका न्यायाधिशविरुद्ध धावा बोलेका थिए । सोही प्रंसगमा संयुक्त इजलाशले थप भनेको छ, ‘अबको ७ दिनभित्र चित्त बुझ्दो जवाफ दिनुभएन भने हामीविरुद्ध झूठो बयानबावी गरेको केसमा हामी नै तपाईलाई हिरासतमा राख्न आदेश दिनेछौ । भ्रम फैलाउनुको पनि हद् हुन्छ, तपाईले हद नाघिसक्नु भयो ।’ जवाफमा रामदेवले माफी मागेको र सर्वोच्चले सुनाउने फैसला आफूलाई मान्न हुने बताएको दैनिक भाष्करले उल्लेख गरेको छ । मुद्धाको अन्तिम सुनुवाई आगामी १० अप्रिलमा हुनेगरी तोकिएको छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन...
-
एमाले नेता सूर्य थापाको टिप्पणी : ‘१२ भाइले छाड्नुस् भन्न मिल्छ, पुनर्गठन भन्न मिल्दैन’
काठमाडौं । नेकपा (एमाले) का नेता सूर्य थापाले पार्टीभित्रको नेतृत्व तथा संगठनात्मक विषयलाई लिएर सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
विराटनगर । मोरङको बेलबारीबाट राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । यनी आइतबार बिहान पक्राउ परेका हुन् । दाहालविरुद्ध...
-
संविधान दिवस र राष्ट्रपतिको सन्देश: ‘सुशासनको आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस्’
काठमाडौँ । नेपालको संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा आज संविधान दिवस तथा राष्ट्रिय दिवस । सरकारले हरेक...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...
-
रसुवा बाढीपीडितका लागि वायुसेवा निगमद्वारा ९८ लाख ३५ हजार ९७६ रुपियाँ सहयोग
काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल वायुसेवा निगमले प्रधानमन्त्री दैवी प्रकोप...
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...












